- पूर्णप्रसाद न्याैपाने

ओखलढुंगा-  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओखलढुंगाको अध्यक्षमा मोहन खड्का र सचिवमा मोहन श्रेष्ठ चयन  भएका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले कम्युनिष्ट पार्टी स्थापना दिवसको अवसर पारेर जिल्ला नेतृत्वको नाम घोषणा गरेको हो ।

ओखलढुंगा जिल्लाको अध्यक्ष र सचिवमा पूर्व एमाले र पूर्व माओवादीबाट अन्य नेताहरुको नाम चर्चामा रहेको भएपनि खासै चर्चा नभएका नेताहरुले पार्टी नेतृत्वको जिम्मेवारी पाएका छन् । पूर्व एमालेबाट नेत्र भटराई, नानीबाबु बुढाथोकी र पूर्व माओवादीबाट बाबुराम गौतम लगायतको नाम चर्चामा थियो ।
पहिले जनप्रतिनिधिलाई दोहोरो जिम्मेवारी नदिने (एक व्यक्ति एक पद) अवधारणा सार्वजनिक गरेको नेकपाले आईतबार जनप्रतिनिधिलाई पनि जिम्मेवारी दिन सकिने निर्णय गरेको थियो । सोही निर्णयलाई आधार मान्दै नेकपाले ओखलढुंगामा अध्यक्ष र सचिव दुवै पदमा जनप्रतिनिधि समेत रहेका नेतालाई चयन गरेको छ । अध्यक्ष मोहन खड्का प्रदेशसभा सदस्य एवम् प्रदेश नम्बर १ का अर्थ समितिका सचिव हुन् भने सचिव मोहन श्रेष्ठ सिद्धिचरण नगरपालिकाका मेयर हुन् ।

तपाईको प्रतिक्रिया

छोरालाई शिक्षकले जुत्ता चटाएको भन्दै यसरी गुनासो गरिन् रिकेशकी आमाले (आवाज सुन्नुहोस् ) Download Listen
राजकुमार मगरको ‘सुनकोशीको पुल’ बजारमा Download Listen
अागलागी र बाढी पहिराे राेकाैं Download Listen
बालविवाह नगराैं / नगराअाैं Download Listen
जनहितमा जारी सन्देश : दशै‌ंमा जुवा तास नखेलौं Download Listen
audio 3 Download Listen
audio 2 Download Listen
asudio 1 Download Listen