- एसबी जेराे/पूर्णप्रसाद न्याैपाने

ओखलढुंगा–जिल्लाको खिजीदेम्बा गाउँपालिकामा आयोजना गरिएको निःशुल्क दाँत परिक्षण शिविरमा चार सय ५० जनाले सेवा लिएका छन् । तीन दिन सम्म सन्चालन गरिएको निःशुल्क दन्त परिक्षण शिविरमा चार सय ५० जनाले स्वास्थ्य सेवा लिएका हुन् । शिविरमा दाँत परिक्षण, दाँत निकाल्ने तथा परामर्श र साधरण स्वास्थ्य परिक्षण गरिएको थियो ।शिविरमा आएका ग्याष्ट्रिकका विरामीहरुलाई निःशुल्क औषधी वितरण गरिएको थियो । दाँत जचाँउन आएका अधिकांश स्थानियहरुमा मुख सफा नगरेका कारण मुख गन्हाउने, दाँत किराले खाने समस्या पाईएको डा.एन्जिला गजुरेलले बताईन् । दन्त परिक्षण शिविर निलगिरी डेन्टल हस्पिटलको प्राविधिक सहयोग, खिजिदेम्बा गाउँपालिकाको समन्वय र तिरोल अस्ट्रिया हेल्प चुप्लुङ्ग नेपालको आयोजनामा खिजिफलाटे बजारमा तिन दिन सम्म दन्त जाँच शिविर सन्चालन गरिएको तिरोल अस्ट्रियाका अध्यक्ष आङ पासाङ शेर्पाले जानकारी दिए । यस संस्था मार्फत आगामि दिनमा स्वास्थ्य शिविर तथा अन्य कार्यक्रमहरु सन्चालन गर्ने योजना रहेको उनले बताए । केही महिना अघि मात्र यसै संस्था मार्फत खिजिफलाटेमा निःशुल्क आँखा परिक्षण शिविर सन्चालन गरिएको थियो ।

तपाईको प्रतिक्रिया

छोरालाई शिक्षकले जुत्ता चटाएको भन्दै यसरी गुनासो गरिन् रिकेशकी आमाले (आवाज सुन्नुहोस् ) Download Listen
राजकुमार मगरको ‘सुनकोशीको पुल’ बजारमा Download Listen
अागलागी र बाढी पहिराे राेकाैं Download Listen
बालविवाह नगराैं / नगराअाैं Download Listen
जनहितमा जारी सन्देश : दशै‌ंमा जुवा तास नखेलौं Download Listen
audio 3 Download Listen
audio 2 Download Listen
asudio 1 Download Listen