- भिजन समाचार

ओखलढुंगा–पर्यटन प्रबद्र्धनका लागि ओखलढुंगामा आयोजित पिके–देम्बा हाफ म्याराथनमा गोरखाका भिमबहादुर र प्युठानकी हुमी प्रथम भएका छन् । शनिबार ओखलढुंगामा सम्मपन्न सोलुखुम्बुको पिके देखी ओखलढुंगाको खिजिदेम्बा सम्म भएको हाफ म्याराथनमा पुरुष तर्फ गोरखा जिल्लाका भिमबहादुर गुरुङ्ग र महिला तर्फ प्युठान जिल्लाकी हुमी बुढामगर प्रथम भएका हुन् ।
२१ किलो मिटरको दुरी गुरुङ्गले एक घण्टा ४९ मिनेट र बुढामगरले दुई घण्टा ४० मिनेटमा पुरा गरेका थिए । दुवै जनाले नगद रु ५०–५० हजार सहित प्रमाण पत्र पुरस्कार हात पारेका छन् । पुरुष तर्फ सोलुखुम्बुका सुमन कुलुङ्ग दोश्रो र खोटाङ्गका हेमराज बस्नेत तेश्रो भएका छन् । निर्धारित दुरी कुलुङ्गले एक घण्टा ५३ मिनेट र बस्नेतले एक घण्टा ५९ मिनेटका दौड पुरा गरेका थिए ।
यसै बिच महिला तर्फको म्याराथन दौडमा खिजिदेम्बा गाउँपालिका–३ ओखलढुंगाकी कष्णकुमारी भुजेल दोश्रो र मोलुङ्ग गाउँपालिका ओखलढुंगाकी छोटी शेर्पा तेश्रो भएकी छिन् । भुजेलले दुई घण्टा ५२ र शेर्पाले दुई घण्टा ५४ मिनेटमा दौड पुरा गरेका थिए । पुरुष र महिला तर्फ दाश्रो र तेश्रो भएका प्रतियोगिले क्रमशः नगद रु. ४० हजार र ३० हजार साथमा प्रमाण पत्र पुरस्कार पाएका छन् ।
ओखलढुंगा टुरिजम डेभलपमेन्ट कमिटीको आयोजनामा हाफ म्याराथन प्रतियोगिताको आयोजना गरिएको थियो । पिके–देम्बाको पर्यटन प्रबद्र्धनका लागि प्रतियोगिताको आयोजना गरिएको कमिटीका उपाध्यक्ष वाङ्दा शेर्पाले बताए । ४ हजार २ सय मिटर उग्लो सोलुखुम्बुको पिके देखी २ हजार ५ सय उचाईमा रहेको खिजिफलाटे सम्म २१ किलो मिटर हाफ म्याराथन गरिएको उनको भनाई छ । उपाध्यक्ष शेर्पाका अनुसार दौडमा दुवै तर्फ आठौँ स्थान सम्मका प्रतियोगीलाई नगद तथा प्रमाण–पत्रले पुरस्कृत गरिएको थियो ।
म्याराथनमा ओखलढुंगा, सोलुखुम्बु, खोटाङ्ग, भक्तपुर, प्युठान लगायतका जिल्लाका ९४ जना महिला तथा पुरुष धाबकहरु सहभागि भएका थिए ।

तपाईको प्रतिक्रिया

छोरालाई शिक्षकले जुत्ता चटाएको भन्दै यसरी गुनासो गरिन् रिकेशकी आमाले (आवाज सुन्नुहोस् ) Download Listen
राजकुमार मगरको ‘सुनकोशीको पुल’ बजारमा Download Listen
अागलागी र बाढी पहिराे राेकाैं Download Listen
बालविवाह नगराैं / नगराअाैं Download Listen
जनहितमा जारी सन्देश : दशै‌ंमा जुवा तास नखेलौं Download Listen
audio 3 Download Listen
audio 2 Download Listen
asudio 1 Download Listen