- एसबी जेराे

ओखलढुंगा–ओखलढुंगामा दोस्रो थोलेदेम्बा पर्यटन महोत्सव सकिएको छ । ‘दिगो विकास र पर्यटन प्रवद्र्धनका लागि उत्सव, ऐतिहासिक दोस्रो थोलेदेम्बा महोत्सव’ भन्ने मुल नाराका आयोजित पर्यटन महोत्सव सम्पन्न भएको हो । यहि चैत २२ र २३ गते ओखलढुंगा जिल्लाकै अग्लो डाँडा थोलेदेम्बाको विकास र पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले आयोजित महोत्सव सम्पन्न भएको हो ।

दिगो विकाससँगै पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले गत वर्ष देखि वर्षेनी थोलेदेम्बा महोत्सव हुँदै आएको छ । त्यसैको निरन्तरता स्वरुप यसवर्ष दाश्रो थोलेदेम्बा पर्यटन महोत्सवको आयोजना गरिएको आयोजक पोकली थोलेदेम्बा पिके पर्यटन विकास संरक्षण समितिले जनाएको छ ।
महोत्सवको पहिलो दिन चैत २२ गते ३ हजार ३ सय ५० मिटर उचाईमा रहेको थोलेदेम्बा डाडाँमा “थोलेदेम्बा” शिर्षकमा कविता प्रतियोगिता र पहिलो महोत्सवको समिक्षा भएको थियो । प्रतियोगितामा खिजिदेम्बा गाउँपालिका–५ की सुदिक्षा घिमिरे प्रथम, ताराबल सुवर्ण द्वितिय र सरिता श्रेष्ठ तेश्रो भएकी छिन् । उनिहरुलाई क्रमशः नगद रु.पाँच हजार, तीन हजार दुईहजार र प्रमाण पत्र पुरस्कार प्रदान गरिएको थियो । कविता प्रतियोगितामा सहभागि सबै जनालाई प्रमाण पत्र दिईएको आयोजकले जनाएको छ । प्रतियोगितामा ११ जना कवि कवयत्रीहरु सहभागि भएका थिए ।

दोस्रो देम्बा महोत्सवको उद्घाटन थोलेदेम्बा डाँडामा र समापन २३ गते खिजीफलाटे बजारमा गरिएको थियो । समापन कार्यक्रममा उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेल, प्रदेश नम्बर १ का मुख्य मन्त्री शेरधन राई, संघिय सांसद यज्ञराज सुनुवार, प्रदेश सांसद अम्बिरबाबु गुरुङ्ग, मोहन खड्का, पूर्व सभाषद् रामहरि खतिवडा सहित सत्तापक्ष र प्रतिपक्षदलका शिर्ष नेताहरु उपस्थित हुने पुर्व निर्धारित कार्यक्रम भएपनि विहानै देखी मौषम खरावि कारण उनिहरु कार्यक्रममा सभगागि हुन सकेनन् ।
महोत्सव समापन कार्यक्रममा संघिय प्रतिनिधी सभाका सांसद यज्ञराज सुनुवार लगायत सिद्धिचरण नगरपालिकाका मेयर मोहन कुमार श्रेष्ठ, खिजिदेम्बा गाउँपालिकाका अध्यक्ष बेदबहादुर रोका, सुनकोशी गाउँपालिकाका अध्यक्ष रुद्रप्रसाद अधिकारी, मोलुङ्ग गाउँपालिकाका अध्यक्ष मनिराज राई र चम्पादेवी गाउँपालिकाका अध्यक्ष नवराज केसी सहभागि भएका थिए ।
गाउँपालिका भित्रको पर्यटन प्रबद्र्धन र पुर्वाधार विकासको लागि संघिय प्रतिनिधी सांसद सुनुवार मार्फत खिजिदेम्बा गाउँपालिकाले संघिय सरकार समक्ष माग पत्र पठाएको छ । उक्त माग पत्रमा गाउँपालिकाको तर्फबाट एकिकृत योजना तर्जुमा गरी माग पत्र तयार गरिएको हो गाउँपालिका अध्यक्ष बेदबहादुर रोकाले बताए । अति आवश्यक तर स्थानिय सरकार आफैले सम्बोधन गर्न नसक्ने योजनाहरु केन्द्र सरकार संग माग गरिएको उनको भनाई छ ।

पहिलो थोलेदेम्बा महोत्सवको उपलब्धी स्वरुप केन्द्रीय सरकार बाट थोलेदेम्बाको पुर्वाधार विकासका लागि क्रमाग रु ५० लाख बजेट विनियोजन भएको संघिय सांसद यज्ञराज सुनुवारले बताएका छन् । ‘हालै नेपाल सकारले घोषणा गरेको सय पर्यटकिय गन्तव्यमा थालेदेम्बा छनौट हुनु पहिलो महोत्सको उपलब्धी हो ।’ सुनुवारले भने ‘थप बजेटको व्यवस्था गरेर पर्यटन प्रवद्र्धनका लागि काम गरिने छ ।’ थालेदेम्बा डाडाँमा भ्युटावर निमार्णको योजना बनाईएको उनको भनाई छ ।

थोलेदेम्बा डाडाँ खिजिदेम्बा गाउँपालिकाको मात्र नभएर सिंगो जिल्लाकै अग्लो र पर्यटकिय क्षेत्र भएकाले यसको विकासका लागि सबै तह लाग्नु पर्ने सिद्धिचरण नगरपालिकाका मेयर मोहन कुमार श्रेष्ठले बताएका छन् । देम्बाको माध्यमबाट जिल्लामा पर्यटक भित्राएर आर्थिक विकास गर्न सकिने उनको भनाई छ ।

चम्पादेवी गाउँपालिकाका अध्यक्ष नबराज केसीले थालेदेम्बामा पर्यटक बढाउनका लागि सबै भन्दा पहिले खानेपानीको व्यवस्था गर्न आवश्यक रहेको बताएका छन् । थालेदेम्बा डाडाँको सौन्दर्यता र देम्बा डाडाँबाट देखीने दृश्य अवलोकन गर्न आउने पर्यटकहरुका लागि सहजताका लागि खानेपानी, सडक, होटल तथा आवास निर्माण गर्न आवश्यक रहेको उनको सुझाव छ ।

त्यस्तै सुनकोशी गाउँपालिकाका प्रमुख रुद्र प्रसाद अधिकारीले यस क्षेत्रको मात्र नभई जिल्लाको विकासका लागि थोलेदेम्बाको महत्वपुर्ण भुमिका हुने बताएका छन् । देम्बाको प्रचार प्रसार र विकास गर्न सके रोजगारीको ठुलो सम्भावना रहेको अधिकारीको तर्क छ । खिजीदेम्बा गाउँपालिकाको विकास भए छिमेकी अन्य तहहरुको पनी विकास हुने भएकाले यो अभियानमा सुनकोशी गाउँपालिकाले पनी साथ दिने प्रमुख अधिकारीले बताएका छन् ।
यसैगरी खिजिदेम्बा गाउँपालिकामा थोलेदेम्बाको विकास गर्ने योजना बनिरहदा मोलुङ्ग गाउँपालिकाका प्रमुख मनिराज राईले आफ्नो गाउँपालिकामा रहेको सेप्ली झरानाको विकास र प्रवद्र्धन गर्ने योजना बनेको बताएका छन् । थोलेदेम्बा महोत्सवबाट पाठ सिक्दै चाढै सेप्ली झरना महोत्सव गरिने उनको भनाई छ । यसका लागि बजेट विनियोजन गरि योजना अघि बढाईएको प्रमुख राईले जानकारी दिए । देम्बामा आएका पर्यटकलाई सेप्ली झरना अवलोकन गर्न आकर्षित गर्ने गाउँपालिकाको योजना रहेको राईले बताए ।पहिलो संगै दोश्रो थोलेदेम्बा पर्यटन महोत्सव पनी उपलब्धीमुलक बनेको पोकली थोलेदेम्बा पिके पर्यटन विकास संरक्षण समितीका अध्यक्ष डेन्डी शेर्पाले बताए । महोत्सवले पर्यटकलाई थोलेदेम्बाका बारेमा थप बुझ्न सहज भएको शेर्पाको भनाई छ । पहिलो महोत्सव पछी नेपालको एक सय गन्तव्यमा थोलेदेम्बा पर्नु, पुर्वाधार निर्माणका लागि ५० लाख रुपौया विनियोजन हुनु, स्थानिय सरकारले देम्बा क्षेत्रमा विभिन्न संरचनाहरु बनाउनु र निर्मागर्ने योजना बनाउन महोत्सवको उपलब्धी भएको उनको तर्क छ । उनले भने ‘हाम्रो संस्थाको उद्देश्य पनी यही हो ।’ ओझेलमा रहेको थाले देम्बा गत सालको महोत्सव पछी चर्चामा छ । ‘अब यसलाई प्रमुख पर्यटकिय गन्तव्यका रुपमा विकास गर्न हामी लागि रहेका छौँ ।’ अध्यक्ष शेर्पाले भने ‘सबैको साथ सहयोगको आवश्यक छ ।’
महोत्सवमा सुनुवार, शेर्पा, तामाङ्ग, गुरुङ्ग लगायतका जातजातिले झाँकी प्रदर्शन गरेका थिए । स्थानिय तथा राष्ट्रिय कलाकारहरुले साँगितीक प्रस्तुती मार्फत दर्शकलाई मनोरञ्जन प्रदान गरेका थिए । गायक इन्द्र गुरुङ्ग, आरबी लामा, सचिन राई, जीवन बम्जन, डान्सर रोमा न्यौपाने, सिता राई हाश्यकलाकार सुमन कार्की लगायतले आफ्नो प्रस्तुती मार्फत दर्शकलाई मनोरञ्जन दिलाएका थिए ।
महोत्सव समापन कार्यक्रममा विभिन्न राजनितिक दलका प्रतिनिधी, प्रमुख जिल्ला अधिकारी गणेश आचार्य लयागत विभिन्न सरकारी तथा गैर सकारी कार्यालयका प्रमुख तथा प्रतिनिधीहरुको सहभागिता थियो ।महोत्सवमा नेपाल सहित विभिन्न देशका पर्यटन विज्ञ आउने कार्यक्रम तय भएको भए पनी मौसमको खराबका कारण उनिहरु सहभागि भएनन् । ‘विज्ञहरु ल्याएर दुर्गम पहाडी जिल्लाको पर्यटकिय क्षेत्रको विकासका सम्भावना र चुनौतीका विषयमा अन्तरक्रिया समेत गर्ने कार्यक्रम तालिका थियो । संस्थाका महासचिव पुर्णप्रसाद न्यौपानेले भने ‘तर मौसमको खराबिका कारण त्यो सम्भव भएन ।’
पहिलो थोलेदेम्बा महोत्सव २०७४ बैशाख १ गते भएको थियो । राष्ट्रपति विद्यादेवी भण्डारीले महोत्सव उद्घाटन गर्दै थोलेदेम्बाको विकासको जिम्मा राज्यले लिनुपर्ने सुझाव दिएकी थिईन् । प्रचारप्रसारको अभावमा ओझेलमा परेको थोलेदेम्बा क्षेत्रमा पहिलो महोत्सवपछि विकासले प्राथमिकता पाएको छ ।
ओखलढुंगाको खिजीदेम्बा गाउँपालिकामा पर्ने थालेदेम्बा डाँडा नेपालका प्रमुख उस्ता उस्तै अग्ला सात वटा अग्ला डाँडा मध्येको एक हो । ओखलढुंगा जिल्लाकै उच्च भागमा रहेको देम्बा डाँडाको उचाई ३ हजार ३ सय ५० मिटर छ । देम्बाबाट दर्जनौं हिमश्रङखला सहितका मनोरम रमणीय दृष्यको प्रत्यक्ष अवलोकन गर्न सकिन्छ ।

तपाईको प्रतिक्रिया

छोरालाई शिक्षकले जुत्ता चटाएको भन्दै यसरी गुनासो गरिन् रिकेशकी आमाले (आवाज सुन्नुहोस् ) Download Listen
राजकुमार मगरको ‘सुनकोशीको पुल’ बजारमा Download Listen
अागलागी र बाढी पहिराे राेकाैं Download Listen
बालविवाह नगराैं / नगराअाैं Download Listen
जनहितमा जारी सन्देश : दशै‌ंमा जुवा तास नखेलौं Download Listen
audio 3 Download Listen
audio 2 Download Listen
asudio 1 Download Listen