- पूर्णप्रसाद न्याैपाने

ओखलढुंगा- ओखलढुंगाको देम्बाडाँडामा मुक्ती मण्डला गुम्बा चैते बनाईने भएको छ । विश्व शान्तिको कामना गर्दै पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले ३ हजार १ सय ५० को उचाईमा रहेको जिल्लाकै अग्लो डाँडामा मुक्ती मण्डला गुम्बा चैते निर्माण गरिने भएको हो ।


बौद्ध धर्मावलम्बीहरुको धार्मीक संस्था शेर्पा बौद्ध शेडुब केन्द्रले गुम्बा चैते निर्माणको तयारी गरेको छ । संस्थाका अध्यक्ष तथा प्रमुख लामा फुर्वा सेराप दोर्जे (रिम्पोक्षे)ले आफ्नै निजी जग्गामा उक्त संरचना निर्माण गर्न लागेका हुन् ।

पुन्य भूमिमा पवित्र कार्य गरेर विश्वमा शान्ति स्थापना गर्ने चाहना अनुसार चैते निर्माणको तयारी गरिएको प्रमुख लामा फुर्वा शेर्पा (रिम्पोक्षे) ले बताए । ‘आफ्नो गाउँ ठाउँमा केही गरौं भन्ने चाहाना अनुसार गाउँमै रोजगारी दिन र पर्यटक भित्राउन यो मण्डला निर्माण गर्न लागेका हौं ।’ लामाले भने ‘विश्वमा हत्या,हिँसा र अन्याय गर्नुहुँदैन भन्ने सन्देश दिन पनि यसले मद्दत पुग्छ ।’ यो संरचना निर्माणमा सहयोग गर्न उनले सबैलाई आग्रह गरेका छन् ।

मुक्ती मण्डला गुम्बा चैते निर्माणको चैत्र २२ गते शिल्यान्याश गरिने भएको छ । देम्बा महोत्सव उद्घाटन गर्न पुगेका प्रमुख अतिथिले चैते निर्माणको शिल्यान्याश गर्ने जनाईएको छ ।
देम्बामा मुक्ती मण्डला निर्माणका लागि करिब ५ करोड भन्दा बढि लागत लाग्ने अनुमान गरिएको छ ।

तपाईको प्रतिक्रिया

समुदायमा सांसद : यज्ञराज सुनुवार र उनैका मतदाताबिच खराे बहस सुन्नुहाेस् Download Listen
बाढी पहिराे राेकाैं Download Listen
बालविवाह राेकाैं Download Listen