- पूर्णप्रसाद न्याैपाने / रविन श्रेष्ठ

ओखलढुंगा- ओखलढुंगाका प्रदेश सांसद अम्बिरबाबु गुरुङले आफ्नो निर्वाचन क्षेत्रका आगलागी पीडितलाई सहयोग गरेका छन् । प्रदेशसभा क का सांसद गुरुङले जिल्लाको सिद्धिचरण नगरपालिका २ स्थित चुहानछापका आगलागी पीडितलाई गाँस देखि बास समेत सहयोग गरेका हुन् ।


राहत सामाग्री बोकेर प्रभावित क्षेत्रमा पुगेका सांसद गुरुङले प्रति परिवार ४ देखि ८ बोरा चामल, सोही मात्रामा दाल, नुन, तेल, मिनिरल वाटर लगायतका खाद्य सामग्री सहित सिलिण्डर सहितको ग्याँस चुल्हो हस्तान्तरण गरेका छन् । सांसद गुरुङले अग्नी पीडितको आवास निर्माणका लागि ३० वण्डल जस्तापाता समेत सहयोग गरेका छन् ।
चुहानछापका आगलागी पीडित ८ परिवारलाई सांसद गुरुङले ५ लाख भन्दा बढिको राहत सामाग्री उपलब्ध गराएको हुन् । आगलागी भएको समयमा आफु प्रदेशसभाको महत्वपूर्ण काममा भएकाले केही दिन पछि भएपनि पीडितको पीडामा मल्हम लगाउन आएको गुरुङले बताए । ‘वास्तवमै ठुलो आगलागीको क्षति भोगेर मेरा मतदाताहरु समस्यामा परेको थाहा पाएँ त्यसबेला म प्रदेशमा थिए । तत्काल राहत सामाग्री खरिद गरेर लिएर आएँ ।’ पीडितमाझ गुरुङले भने,‘अहिलेलाई अरु सहयोग पनि जुटेको होला । मैले पनि केही समयलाई पुग्ने गरेर ल्याएको छु । अब नयाँ संरचना बनाउन जुट्नुस् । जस्तापाता पनि ल्याईदिएको छु अरु थप सहयोग गर्न पनि म तयार छु ।’ सांसद गुरुङले जिल्लामा विपद्मा परेकाहरुलाई व्यक्तिगत खर्चबाट राहत दिने गरेका छन् ।


सांसदको साथ पाएपछि अग्नि पीडितले खुसी व्यक्त गरेका छन् । ‘भोट माग्न मात्रै नेता आउँछन् पछि फर्केर हेर्दैनन् भन्ने लाथ्यो होईन रहेछ । मनकारी माननीय भेट्यौं । हामीलाई दुःखमा साथ दिनुभो असाध्य खुसी छौं ।’ अग्नि पीडित नरेन्द्र कार्कीले भने । उनि जस्तै अन्य पीडितहरुले पनि दुःखका बेला पाएको सांसदको सहयोगले ठुलै राहत पुगेको बताएका छन् ।


केही दिन अघि भएको आगलागीमा परि सिद्धिचरण नगरपालिका २ ठुलाछाप,चुहानछापका नरेन्द्र कार्की, गोविन्द खड्का, सत्यवती कार्की सहित ८ परिवारको घर गोठ, लत्ता कपडा खाद्यन्न सहितका सामान जलेर नष्ट भएको थियो ।


अग्नि पीडितलाई अरु सांसद र नेताको पनि उत्तिकै साथ मिलेको छ । पीडितको अवस्था बुझ्न चुहानछाप पुगेका प्रतिनिधिसभा सांसद यज्ञराज सुनुवार, प्रदेश ख का सांसद मोहन खड्का, कांग्रेस नेता रामहरि खतिवडा, कांग्रेसका अर्का नेता बालकृष्ण दाहाल र सिद्धिचरण नगरपालिकाका प्रमुख मोहन श्रेष्ठ, चिशंखुगढी गाउँपालिकाका अध्यक्ष निशान्त शर्मा, प्रमुख जिल्ला अधिकारी मुनका न्यौपाने सहितका सरोकारवाला र नेपाल रेडक्रस सोसाईटी सतिका सामाजिक संस्थाहरुले सहयोग गरिरहेका छन् ।

तपाईको प्रतिक्रिया

छोरालाई शिक्षकले जुत्ता चटाएको भन्दै यसरी गुनासो गरिन् रिकेशकी आमाले (आवाज सुन्नुहोस् ) Download Listen
राजकुमार मगरको ‘सुनकोशीको पुल’ बजारमा Download Listen
अागलागी र बाढी पहिराे राेकाैं Download Listen
बालविवाह नगराैं / नगराअाैं Download Listen
जनहितमा जारी सन्देश : दशै‌ंमा जुवा तास नखेलौं Download Listen
audio 3 Download Listen
audio 2 Download Listen
asudio 1 Download Listen