- भिजन समाचार

ओखलढुंगा-  नेपाली कांग्रेसका युवा नेता तथा पूर्व सांसद रामहरि खतिवडाले नागरिककाे सवालमा राज्य गम्भिर नबनेकाे बताएका छन् । सिद्धिचरण नगरपालिका वडा नं. २ चुहानछापका आगलागी पीडितलाई राहत सहयोग गर्न पुगेका खतिवडाले नागरिक विपद् झेलेर विचल्लीमा पर्दा पनि सरकारले नदेखेकाे भन्दै सरकारकाे ध्यानाकर्षण गराएका हुन् । अग्नि पीडितलाई राहत दिदैं खतिवडाले भने ‘जनता विचल्ली परिसके सरकार के हेर्दैछ ?’  खतिवडाले भने ।  शनिवार घटना स्थल पुगेर खतिवडाले राहत सामग्री पीडितलाई प्रदान गरेका हुन् ।


उनले त्रिपाल, चामल, लगाउने कपडा लगायतका उपभोग्य सामग्री सहयोग गरेको बताए । पीडितको पीडामा मल्हम लगाउन जो जस्ले जे सकिन्छ त्यही अभियान स्वरुप पीडितलाई आफूले पनि सहयोग गरेको खतिवडाको भनाई छ ।


आगलागीपीडितलाई नेपाल सरकारले छिटोभन्दा छिटो उचित राहत सामग्री उपलब्ध गराउन समेत खतिवडाले अनुरोध गरेका छन् । उनले आगलागी नियन्त्रणमा अहोरात्र खट्ने नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, स्थानीय युवाको प्रशंसा गरेका छन् ।

तपाईको प्रतिक्रिया

समुदायमा सांसद : यज्ञराज सुनुवार र उनैका मतदाताबिच खराे बहस सुन्नुहाेस् Download Listen
बाढी पहिराे राेकाैं Download Listen
बालविवाह राेकाैं Download Listen