- एसबी जेराे

ओखलढुंगा-सुनकोशी गाउँपालिका–१ बलखुका अग्नि पीडितहरुलाई सहयोग जुटिरहेको छ । आगलागि पीडित चार घरपरिवारलाई विभिन्न व्यक्ति तथा निकायहरुबाट राहत उपलब्ध भईरहेको हो । सुनकोशी गाउँपालिकाले घर जलेको अग्निपीडित परिवारलाई बासस्थानका लागि सामाग्रि र २० हजार नगद र अन्य लाई पाँचहजार नगद लगायतका अत्यावश्यक सामाग्रि उपलब्ध गराईएको अध्यक्ष रुद्रप्रसाद अधिकारले बताए । अध्यक्ष अधिकारी, उपप्रमुख दुर्गाकुमारी तामाङ्ग, वडा अध्यक्ष दिपहरि राई लगायतले पीडितहरुको घरमै पुरेर राहत सामाग्री हस्तान्तरण गरेका थिए ।यसैगरी संघिय साम्सद यज्ञराज सुनुवार र प्रदेश ‘ख’ का साम्सद मोहन खड्काले प्रत्येक परिवारलाई दश हजार आर्थिक सहयोग गरेका छन् । नेकपा स्थानिय कमिटी बलखुले अग्नि पीडित चारै घर परिवारलाई दुई बन्डलका दरले जस्तापाता सहयोग गर्ने जनाएको छ ।
पूर्व सभासद तथा नेपाली कांग्रेस नेता रामहरि खतिवडाले आगलागी पीडितलाई प्रति परिवार एक बोरा चामल सहितको खाद्यान्न, ओढ्ने ओछ्याउने कम्बल र परिवारका सम्पुर्ण सदस्यहरुलाई एक–एक जोर कपडा सहयोग गरेको उनका स्वकिय सचिव हुकुम राईले जानकारी दिएका छन् । नेता खतिवडाले शुक्रबार पीडितको घरैमा पुगेर राहत वितरण गरेका थिए । लायन्स क्लव अफ ओखलढुंगा र काठमाडौंले पनि आगलागि पीडित परिवारलाई राहत उपलब्ध गराएको सचिव कुमार लुईटेलले जनाएका छन् ।
सुनकोसी गाउँपालिका–१ बलखु बेशीँमा मंगलबार आगलागी हुँदा एक घरसहित तिन गोठ र १२ वटा पशु चौपाया जलेका थिए । धिर्जराज लुइँटेलको गोठबाट अचानक सुरु भएको आगोमा परि उनको सात वटा बाख्रा मरेका थिए । पिताम्बर लुइँटेलको घर र घरभित्र रहेको सम्पूर्ण धनमाल, नगद १ लाख, एकतोला सुनसमेत गरी करिब दश लाख बराबरको क्षति भएको श्रोतले जनाएको छ ।
मित्रलाल लुइँटेल र अम्बिका लुइँटेलको गोठ जलेको प्रहरीले जनाएको छ । अम्बिकाको गोठमा रहेको पाँच वटा खसि बाख्रा समेत आगोमा परि मरेका थिए । आगलागिबाट चार घरपारिवारको करिब १३ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।

तपाईको प्रतिक्रिया

समुदायमा सांसद : यज्ञराज सुनुवार र उनैका मतदाताबिच खराे बहस सुन्नुहाेस् Download Listen
बाढी पहिराे राेकाैं Download Listen
बालविवाह राेकाैं Download Listen