- भिजन समाचार

ओखलढुंगा–शनिबार सम्पन्न जलदेवी कप पुरुष भलिबल प्रतियोगिताको उपाधि चिम्दींग सेवा समाज सोलुखुम्बुले जितेको छ । जलदेवी समाज सेवि युवा क्लव सिद्धिचरण नगरपालिका–६ जन्तरखानिले आयोजना गरेको जलदेवि कप खुला पुरुष भलिबल प्रतियोगिताको उपाधि चिम्दींग सेवा समाजले जितेको हो । क्लवको २१ औँ वार्षिक उत्सवको अवसरमा प्रतियोगिताको आयोजना गरिएको हो । प्रतियोगितामा ईन्द्रवती देवी बालक्लव ‘ए’ दोश्रो भएको छ ।ओखलढुंगा र सोलुखुम्बुका १२ वटा समुहको सहभागिता रहेको खेलमा मिरमिरे युवा क्लव सोलुखुम्बु तेश्रो र जन्तरखानी माध्यमिक विद्यालयले सान्त्वना स्थान हासिल गरेका छन् । खुला पुरुष भलिबल प्रतियोगितामा पहिलो, दोश्रो, तेश्रो र सान्त्वना स्थान हासिल गर्ने समुहले क्रमशः नगद ३५ हजार शिल्ड मेडल प्रमाणपत्र, २५ हजार मेडल प्रमाणपत्र, २० हजार मेडल प्रमाणपत्र र सान्त्वना भएका खेलाडिहरुलाई प्रमाणपत्र प्रदान गरिएको थियो । जलदेवी कप पुरुष भलिबल प्रतियोगिताको समापन कार्यक्रमका विशेष अतिथी पुर्व साम्सद रामहरि खतिवडाले खेलाडीहरुलाई पुरस्कार हस्तान्तरण गर्नुभएको थियो । खतिवडाले प्रतियोगितामा विभिन्न स्थान प्राप्त गर्ने खेल समुहका खेलाडिहरुलाई बधाई दिनुभयो । यसै विच जलदेवी समाज सेवि युवा क्लव जन्तरखानिको नयाँ भवन निर्माणका लागि सहयोग गर्ने प्रतिबद्धता गर्नुभएकोे छ ।क्लवका अध्यक्ष मानबहादुर विकले आगामी दिनहरुमा पनि क्लव मार्फत विभिन्न कार्यक्रमहर सन्चालन गरिने बताउनुभयो । अध्यक्ष विकले क्लवको २१औँ वार्षिक उत्सवको अवसरमा खुला पुरुष भलिबल खेल प्रतियोगिता सन्चालन गर्न सहयोग गर्ने व्यक्ति तथा संघ सस्थाहरुलाई धन्यवाद दिनुभयो । आगामि दिनमा जिल्लाको सम्पुर्ण क्षेत्रमा क्लवको कार्यक्रम विस्तार गर्ने योजना रहेको विकको भनाई छ ।

तपाईको प्रतिक्रिया

समुदायमा सांसद : यज्ञराज सुनुवार र उनैका मतदाताबिच खराे बहस सुन्नुहाेस् Download Listen
बाढी पहिराे राेकाैं Download Listen
बालविवाह राेकाैं Download Listen