- पूर्णप्रसाद न्याैपाने

ओखलढुंगा- मुलुकको विकासका लागि निजी क्षेत्रको भूमिका महत्वपूर्ण हुने प्रदेश नम्बर १ का मुख्य मन्त्री शेरधन राईले बताएका छन् । ओखलढुंगाको वर्णालुमा आईतबार रुम्जाटार अटो मोवाईल्सले सञ्चालन गरेको महेन्द्र कम्पनीको शोरुम उद्घाटन गर्दै मुख्य मन्त्री राईले यस्तो बताएका हुन् ।

सरकारले मात्रै समृद्धिको अभियानलाई पूर्णता दिन नसक्ने भएकाले यसमा सबै क्षेत्र र तहको भूमिका आवश्यक रहेको उनको भनाई थियो । ‘विकास र समृद्धिका लागि प्रदेश सरकार एक्लै होईन निजी क्षेत्रसँग हात्तेमालो गरेर अघि बढिरहेको छ ।’ मुख्यमन्त्री राईले भने,‘निजी क्षेत्रका साथीहरुले नाफा मनाउने उद्देश्य मात्रै बोक्नु हुँदैन । मुलुक निर्माणमा पनि भूमिका खेल्नुपर्छ ।’ प्रदेश नम्बर १ का सबै १४ जिल्ला लगानीका लागि उपर्युक्त भएको भन्दै लगानी बढाउन मुख्यमन्त्री राईले निजी क्षेत्रसँग आग्रह गरे ।
मुख्यमन्त्री राईले १ नम्बर प्रदेशलाई नमुना प्रदेश बनाउने बताए । प्रदेश भित्रका सबै जिल्लामा समानुपातीक बजेट र आयोजना सञ्चालन गरेर आफ्नो कार्यकाल भित्रै नमुना प्रदेश बनाउने प्रदेश सरकारको नीति अनुसार बजेट र कार्यक्रम तय गरेर आफुहरु अघि बढेको उनले सुनाए ।


कार्यक्रममा ओखलढुंगाका प्रदेश सांसद अम्बिरबाबु गुरुङले ओखलढुंगालाई औद्योगिक क्षेत्रको रुपमा विकास गर्ने बताए । जिल्लामा लगानी मैत्री वातावरण बनाएर ठुला उद्योेग सञ्चालनका लागि आफुले युवाहरुलाई जागरुक गराएको सांसद गुरुङको भनाई थियो । जिल्लामै रोजगारीको अवसर दिलाएर कामको खोजिमा विदेशीने क्रम रोक्न आफुले पहल गरिरहेको सांसद गुरुङले बताए । सांसद गुरुङले पहाडि जिल्लाको विकासलाई प्राथमिकता दिन मुख्यमन्त्रीको ध्यानाकर्षण समेत गराए । प्रदेश सांसद गुरुङकै पहलमा ओखलढुंगामा महेन्द्र कम्पनीको सबै सुविधा सम्पन्न शोरुम सञ्चालन आएको बताईएको छ ।


सोलुखुम्बुका सांसद बुद्धिकुमार राजभण्डारीले प्रदेश १ को नाम सगरमाथा राख्न माग गरे । सगरमाथाको देश भनेर विश्वले नेपालललाई चिनेको भन्दै नेकपाका प्रमुख सचेतक समेत रहेका सांसद राजभण्डारीले यो पहिचान जोगाउनका लागि पनि सगरमाथालाई नभूल्न मुख्यमन्त्री राईलाई सचेत गराए ।
कार्यक्रममा सोलुका प्रदेश सांसद उत्तमकुमार बस्नेत, महेन्द्र कम्पनीका म्यानेजिङ डाइरेक्टर क्याविनेट श्रेष्ठ, सिद्धिचरण नगरपालिकाका प्रमुख, उपप्रमुख, प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख सहितका सरोकारवालाहरु लगायतको उपस्थिती थियो ।
वर्णालुमा महेन्द्र कम्पनीले सोरुम राखेर सेवा सुरु गरेपछि महेन्द्र कम्पनीका सवारीको सबै सेवाका यहीँबाट उपलब्ध हुने रुम्जाटार अटो मोवाईलका म्यानेजीङ डाइरेक्टर राजन घलेले जानकारी दिए । ओखलढुंगा, खोटाङ र सोलुखुम्बुका लागि वर्णालुमा शोरुम खोलीएको कम्पनीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

छोरालाई शिक्षकले जुत्ता चटाएको भन्दै यसरी गुनासो गरिन् रिकेशकी आमाले (आवाज सुन्नुहोस् ) Download Listen
राजकुमार मगरको ‘सुनकोशीको पुल’ बजारमा Download Listen
अागलागी र बाढी पहिराे राेकाैं Download Listen
बालविवाह नगराैं / नगराअाैं Download Listen
जनहितमा जारी सन्देश : दशै‌ंमा जुवा तास नखेलौं Download Listen
audio 3 Download Listen
audio 2 Download Listen
asudio 1 Download Listen