- पूर्णप्रसाद न्यौपाने/रविन श्रेष्ठ

ओखलढुंगा- ओखलढुंगाको चिशंखुगढी गाउँपालिकाले आफ्नो गलत निर्णय सच्याएको छ । गत साउन २४ गते बसेको गाउँ कार्यपालिकाको बैठकले गरेको नीति विपरितको निर्णयका विषयमा चौतर्फि आलोचना भएपछि माघ १६ गते अर्को बैठक राखेर गाउँपालिकाले आफ्नै निर्णय बदर गरेको हो ।
गाउँपालिकाले आफ्नो क्षेत्र भित्रको नदि, खोलाको ढुंगा, गिटी, बालुवा निकासीका लागि भाद्र ३ गते शिलबन्दि बोलपत्र आवहन गरेर ठेक्का लगाएको थियो । करोडौं मूल्य पर्ने ढुंगा, गिटी, बालुवा वातावरणीय प्रभाव मुल्याङ्कन (ईआईए) समेत नगरि २ लाखमा ठेक्का लगाएको भन्दै प्रदेश सांसद अम्बिरबाबु गुरुङले पटक–पटक आवाज उठाएका थिए । ‘स्थानीय सरकारले मनपरि निर्णय गर्न मिल्दैन ईआईए समेत नगरि करोडौंको ढुंगा गिटि २ लाखमा ठेक्का लगाएको पाईयो यो सच्याउनुस्’ सांसद गुरुङले चिशंखुगढीको एक कार्यक्रममा भनेका थिए ‘सरकारी नीति स्थानीय सरकारले पनि पालना गर्नुपर्छ । बढि भन्दा बढि रकममा ठेक्का लगाएको भए गाउँपालिकाको आन्तरिक स्रोत नै बलियो हुन्थ्यो ।’ सांसद गुरुङले नीति विपरित निर्णय गरेर सार्वजनिक तथा प्राकृतिक सम्पत्तिको दोहन नगर्न सुझाएपछि चिशंखुगढी गाउँपालिकाको चर्को आलोचना भएको थियो ।

अधिकार प्रयोग गर्ने नाममा मनपरि नगर्न सांसद गुरुङले सार्वजनिक कार्यक्रममा सचेत गराउँदा आफ्नो अपमान भएको भन्दै गाउँपालिका अध्यक्ष निशान्त शर्माले विज्ञप्ती जारी गरेर अपत्ति जनाएका थिए । अध्यक्ष शर्माले सांसदलाई पदिय मर्यादामा रहेर बोल्न चेतावनी दिँदै आफ्नो कमजोरी ढाकछोप गर्ने प्रयास गरेका थिए । अन्तत : अध्यक्ष शर्माले गल्ती स्विकार गर्दै कार्यपालिकाको बैठकबाटै निर्णय बदर गराएका छन् ।

यस्तो थियो निशान्तले निकालेको विज्ञप्ती

ठोट्ने खोला, ओडारे धनमुडा र चार्खूको चिशंखुक्षेत्रमा पर्ने क्षेत्रको ढुंगा,गिटी, बालुवा र ग्राबेलको निकासी गर्न सिद्धिचरण नगरपालिका ४ का सविन श्रेष्ठसँग असोज ७ गते भएको सम्झौता बदर गर्ने निर्णय भएको भन्दै चिशंखुगढीले सार्वजनिक सुचना जारी गरेको छ । अब उप्रान्त त्यस क्षेत्रबाट ढुंगा गिटी बालुवा कोही कसैले निकासी नगर्न नगराउन सुचनामा भनिएको छ ।

यस्तो छ गाउँपालिकाले निकालेको सुचना


वातावरणीय प्रभाव मुल्याङ्कन (ईआईए) नगरि ठेक्का लगाउन नपाईने सरकारी नीति छ ।

तपाईको प्रतिक्रिया

छोरालाई शिक्षकले जुत्ता चटाएको भन्दै यसरी गुनासो गरिन् रिकेशकी आमाले (आवाज सुन्नुहोस् ) Download Listen
राजकुमार मगरको ‘सुनकोशीको पुल’ बजारमा Download Listen
अागलागी र बाढी पहिराे राेकाैं Download Listen
बालविवाह नगराैं / नगराअाैं Download Listen
जनहितमा जारी सन्देश : दशै‌ंमा जुवा तास नखेलौं Download Listen
audio 3 Download Listen
audio 2 Download Listen
asudio 1 Download Listen