- भिजन समाचार

ओखलढुंगा- घरायसी विवादका कारण आमाको हत्या गर्ने चम्पादेवी गाउँपालिका, ५ का ३८ वर्षीय टंकबहादुर कार्कीलाई प्रहरीले पक्राउ गरेको छ । स्थानीयका अनुसार उनले बुधबार साँझ ६३ वर्षीय आमा नरमायालाई चिर्पट प्रहार गरी हत्या गरेका थिए ।

चिर्पट प्रहारबाट नरमायाको घटनास्थलमै मृत्यु भएको थियो । पक्राउ परेका टंकबहादुरले श्रीमतीसँगको रिसले आमाको टाउकोमा चिर्पट प्रहार गरेको स्वीकार गरेका छन् । घटनाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजिव श्रेष्ठले जानकारी दिए । कार्कीले यसअघि पनि मदिरा सेवन गरी परिवारमा झगडा गर्दै आएको स्थानीयले बताएका छन् ।

तपाईको प्रतिक्रिया

छोरालाई शिक्षकले जुत्ता चटाएको भन्दै यसरी गुनासो गरिन् रिकेशकी आमाले (आवाज सुन्नुहोस् ) Download Listen
राजकुमार मगरको ‘सुनकोशीको पुल’ बजारमा Download Listen
अागलागी र बाढी पहिराे राेकाैं Download Listen
बालविवाह नगराैं / नगराअाैं Download Listen
जनहितमा जारी सन्देश : दशै‌ंमा जुवा तास नखेलौं Download Listen
audio 3 Download Listen
audio 2 Download Listen
asudio 1 Download Listen