- एसबी जेराे

ओखलढुंगा–ओखलढुंगामा ९८ जना सवारी चालकको निःशुल्क स्वास्थ्य जाँच  गरिएको छ । जिल्लामा सञ्चालित साना तथा ठुला सार्वजानिक सवारीका चालकहरुको निःशुल्क आँखा र प्रेसर जाँच गरिएको हो । ९८ मध्ये २८ जनामा उच्च रक्तचाप (प्रेसर) र ६ जनामा आँखाको समस्या भेटिएको छ । उनिहरुलाई थप उपचारका लागि अन्यत्र रेफर गरिएको अस्थाई ट्राफिक प्रहरी कार्यालयका ईन्चार्ज पदम भट्टराईले जानकारी दिए । जिल्ला प्रहरी कार्यालय र अस्थाई ट्राफिक प्रहरी कार्यालयको आयोजना तथा सिद्धिचरण नगरपालिका र ओखलढुंगा सामुदायिक आँखा केन्द्रको सहयोगमा सवारी चालकहरुका लागि एक दिने निशुल्क स्वास्थ्य जाँच शिविर सञ्चालन गरिएको थियो ।सवारी दुर्घटना न्यूनिकरणका लागि सवारी चालकहरुको स्वास्थ्य जाँच शिविरको आयोजना गरिएको ओखलढुंगा प्रहरी प्रमुख पुस्पराज मल्लले बताए । हेर्दा यो शिविर सानो देखिए पनी यसको ठुलो महत्व रहेको प्रमुख जिल्ला अधिकारी मनुका न्यौपानेले बताईन् । ‘यात्रुको जीवन चालकको हातमा हुन्छ’ उनले भनिन् ‘त्यसैले समय समयमा चालकले आफ्नो स्वास्थ्य परिक्षण गराउन आवश्यक छ ।’ शिविरको उद्घाटन कार्यक्रमका प्रमुख अतिथी सिद्धिचरण नगरपालिकाका प्रमुख मोहन कुमार श्रेष्ठले चालक तथा यात्रुहरुका लागि महत्वपुर्ण कार्यक्रमको आयोजना भएको बताएका छन् । एक दिनका लागि आयोजना गरिएको स्वास्थ्य शिविरमा सवारी चालकको निःशुल्क आँखा र प्रेसर जाँच गरिएको छ ।

तपाईको प्रतिक्रिया

राजकुमार मगरको ‘सुनकोशीको पुल’ बजारमा Download Listen
अागलागी र बाढी पहिराे राेकाैं Download Listen
बालविवाह नगराैं / नगराअाैं Download Listen
जनहितमा जारी सन्देश : दशै‌ंमा जुवा तास नखेलौं Download Listen
audio 3 Download Listen
audio 2 Download Listen
asudio 1 Download Listen