- पूर्णप्रसाद न्याैपाने

ओखलढुंगा– ओखलढुंगाको दुवै क्षेत्रका प्रदेश सांसदहरुले निर्वाचन क्षेत्र पूर्वाधार विककास कार्यक्रम अन्तरगतको बजेट विनियोजन गरेका छन् । सांसदहरु अम्बिरबाबु गुरुङ र मोहन खड्काले आफुहरु संयोजक रहेको पूर्वाधार विकास कार्यक्रम अन्तरगतको ४ करोड बजेट बाँडफाँड गरेका हुन् ।

निर्वाचन क्षेत्र ‘क’ का सांसद गुरुङले सडक स्तरोन्नतीलाई प्राथमिकता दिएका छन् । भने निर्वाचन क्षेत्र ‘ख’ का सांसद मोहन खड्काले खानेपानीलाई प्राथमिकता दिएका छन् । स्थानीय तहका जनप्रतिनिधि र गाउँका अगुवाको माग अनुसार योजना छनौट गरिएको सांसद अम्बिरबाबु गुरुङले बताए । ‘कतिपय चुनावी बाचा पनि पुरा गरियो,कतिपय योजनाहरु तल्लो स्तरबाट माग भए अनुसार छानियो’ सांसद गुरुङले भने,‘प्रदेश सरकारबाट थुप्रै योजनाहरु स्विकृत गराईएको छ, केही मागहरु यो बजेटले सम्बोधन ग¥यो । अरु माग र आवश्यकताहरु सम्बोधन गर्न बजेटको खाँचो हुँदैन ।’ प्रतिनिधिसभाका सांसद, प्रदेश सभाका दुवै सांसद र जिल्लाका सबै आठ वटै स्थानीय सरकारका प्रमुखहरुको बैठकले प्राथमिकिकरण गरेका सबै योजनाहरुलाई संयोजकहरुले अन्तिम रुप दिएका हुन् ।
विनियोजित बजेट सहि सदुपयोग गरेर विकास निर्माणमा जुट्न प्रदेश सांसद मोहन खड्काले स्थानीय सरकारलाई आग्रह गरेका छन् । स्थानीय तहका जनप्रतिनिधि र स्थानीय अगुवाले गाउँको विकासमा बढि चासो र चिन्ता गर्नुपर्ने सांसद खड्काको भनाई छ ।
यस अघि प्रतिनिधिसभाका सांसद मातहतको बजेट पनि प्रदेश सांसद र स्थानीय सरकारको बजेटमा नदोहोरिने गरि छुट्याईएको थियो ।
सांसदले बाँडेको बजेट……….
निर्वाचन क्षेत्र ‘क
चिशंखुगढी गाउँपालिमा साविक माम्खा गाविस वडा नम्बर १ देखि ९ सम्म पुग्ने सडक निर्माण १० लाख, सेर्ना माथिल्लो दलित बस्ति जोड्ने सडक ७ लाख, कुइभिर फुर्के मोटरबाटो ५ लाख, भदौरे आहाल डाँडा हुँदै चार्खु तिलंगे मोटरबाटो १० लाख, रातमाटे छेरुवा ठुलोवर मोटरबाटो १० लाख र पोखरे वालिङटार मोटरबाटो १० लाख, मोलुङ गाउँपालिकामा सैमल पिपलडाँडा–तल्लो भञ्ज्याङ–स्वास्थ्य चौकी–वडा कार्यालय सडक १५ लाख, पसलडाँडा–मान्द्रेदोभान सडक र दलित बस्ति खानेपानी आयोजना १५ लाख, पात्लेखोला लघुजनविद्युत योजना ७ लाख, खिजीदेम्बा गाउँपालिकामा लिखु पिपलडाँडा कुण्डली सडक स्तरोेन्नती १० लाख र खिजीफलाटे–नस्पु–चण्डेश्वरी उमावि सडक २५ लाख, सिद्धिचरण नगरपालिकामा तल्लो जरंगे–वेतिनी सडक १० लाख, लोकिल भञ्ज्याङ–गहते–कामी चौतारा सडक ७ लाख, चार्खु लिङ्गे सडक स्तरोन्नती ११ लाख,सोब्रु–रमाइलोडाँडा स्तरोन्न्ती ६ लाख, अँधेरी नारायणस्थान खेलकुद मैदान १० लाख, निशंखे खेलकुद मैदान १० लाख, शेर्पा समुदाय शवदाह संस्कार प्रतिक्षालय निर्माण १० लाख, काफलबोट–लुतापुजाने–गोरेटोबाटो सिँडि निर्माणका लागि १० लाख बजेट छुट्याईएको छ ।
निर्वाचन क्षेत्र ‘ख’
लिखु गाउँपालिकामा जालपा मा.बि–भकारेढुंगा–लेती सडक निर्माण ७ लाख, यसम बसपार्क निर्माण १० लाख,सिन्खु खोला पसलटार लघु जलविद्युत आयोजना मर्मत सुधार १० लाख, भैसेपानी लक्ष्मीटार–पसलटार सडक निर्माण ५ लाख छुट्याईएको बिचरी आहाल भदौरे–रातमाटे–नौं बिसे सडक निर्माण ११ लाख, गाम्नाङटार खाल्टे खानेपानी योजना ५ लाख, ग्रामउन्नती आधारभूत विद्यालय खेल मैदान ३ लाख विनियोजन गरिएको छ ।
चम्पादेवी गाउँपालिकामा नवलपुर–पलापू पुनटार सडक स्तरुन्नती – २५ लाख, फेदी खर्क मुहान गरि चिलाउने खानेपानी योजना निर्माण ६ लाख,फुलबारी–सिलुङ–साइदुना स्कुल चिलाउने सडक निर्माण १३ लाख, सुनकोशी गाउँपालिकामा थोल्मेघाट–हस्पिटल–बलखु भन्ज्याङ–सिस्नेरी सडक निर्माण १० लाख, नागपानीटार–दिप्सीङ–टारखण्ड– आरुभञ्ज्याङ सडक निर्माण १० लाख, नयाँ बस्ति घ्याम्चाडाँडा–सादुम्की विनासे सडक निर्माण – ८ लाख, बानीयाँ च्यानम–डुम्रे सडक निर्माण १० लाख, च्यानम गैरीवारी खानेपानी योजना निर्माण २ लाख, खोल्मे मुहान गरि कटुन्जे दाहाल टोल–खनाल टोल खानेपानी योजना निर्माण ५ लाख, मूलखर्क गुम्बा उद्यान निर्माण ३ लाख विनियोजन गरिएको छ । मानेभन्ज्याङ गाउँपालिकामा सात सल्ले सहिद पार्क निर्माण १० लाख, तीन कन्या पन्चवती मन्दिर जिर्णोद्वार १५ लाख,मानेभन्ज्याङ युवा समुह भवन मर्मत ३ लाख, लिब्जु जन कल्याण युवा क्लव खेल मैदान निर्माण ३ लाख,लिब्जु सिँडी निर्माण ७ लाख,केतुके बजारमा ढल निर्माणका लागि ७ लाख विनियोजन गरिएको छ । त्यस्तै सिद्दीचरण नगरपालिकामा बेतिनी डाँडाचौर रिपिनी ओखलढुंगा सडक स्तरउन्नतीका लागि १० लाख बजेट छुट्याईएको छ ।

तपाईको प्रतिक्रिया

छोरालाई शिक्षकले जुत्ता चटाएको भन्दै यसरी गुनासो गरिन् रिकेशकी आमाले (आवाज सुन्नुहोस् ) Download Listen
राजकुमार मगरको ‘सुनकोशीको पुल’ बजारमा Download Listen
अागलागी र बाढी पहिराे राेकाैं Download Listen
बालविवाह नगराैं / नगराअाैं Download Listen
जनहितमा जारी सन्देश : दशै‌ंमा जुवा तास नखेलौं Download Listen
audio 3 Download Listen
audio 2 Download Listen
asudio 1 Download Listen