- एसबी जेराे

ओखलढुंगा–साेमबार ओखलढुंगामा सवारी चालकको निःशुल्क स्वास्थ्य जाँच गरिएको छ । जिल्लामा सञ्चालित साना तथा ठुला सार्वजानिक सवारीका चालकहरुको निःशुल्क स्वास्थ्य परिक्षण गरिएको हो । जिल्ला प्रहरी कार्यालय र अस्थाई ट्राफिक प्रहरी कार्यालयको आयोजना तथा सिद्धिचरण नगरपालिका र ओखलढुंगा सामुदायिक अस्पताल तथा ओखलढुंगा सामुदायिक आँखा केन्द्रको सहयोगमा चालकहरुका लागि निशुल्क आँखा र प्रेसर जाँच शिविर सञ्चालन गरिएको ओखलढुंगा प्रहरी प्रमुख पुस्पराज मल्लले बताए ।सवारी दुर्घटना न्यूनिकरणका लागि कार्यक्रमको आयोजना गरिएको मल्लको भनाई छ । हेर्दा यो शिविर सानो देखिए पनी यसको ठुलो महत्व रहेको प्रमुख जिल्ला अधिकारी मनुका न्यौपानेले बताईन । ‘यात्रुको जीवन चालकको हातमा हुन्छ’ उनले भनिन् ‘त्यसैले समय समयमा चालकले आफ्नो स्वास्थ्य परिक्षण गराउन आवश्यक छ ।’ शिविरको उद्घाटन कार्यक्रमका प्रमुख अतिथी सिद्धिचरण नगरपालिकाका प्रमुख मोहन कुमार श्रेष्ठले चालक तथा यात्रुहरुका लागि महत्वपुर्ण कार्यक्रमको आयोजना भएको बताएका छन् । एक दिनका लागि आयोजना गरिएको स्वास्थ्य शिविरमा सवारी चालकको निःशुल्क आँखा र प्रेसर जाँच गरिएको छ ।

तपाईको प्रतिक्रिया

छोरालाई शिक्षकले जुत्ता चटाएको भन्दै यसरी गुनासो गरिन् रिकेशकी आमाले (आवाज सुन्नुहोस् ) Download Listen
राजकुमार मगरको ‘सुनकोशीको पुल’ बजारमा Download Listen
अागलागी र बाढी पहिराे राेकाैं Download Listen
बालविवाह नगराैं / नगराअाैं Download Listen
जनहितमा जारी सन्देश : दशै‌ंमा जुवा तास नखेलौं Download Listen
audio 3 Download Listen
audio 2 Download Listen
asudio 1 Download Listen