- पूर्णप्रसाद न्याैपाने

रामहरि खतिवडा

आफ्नो आङलाई कन्याएर खरानी झार्नु जस्तो खराब काम अरु केहि पनि होईन । एउटा साथिले अर्को साथीलाई अपमान र गाली गरेर समस्याकोे समाधान हुँदैन ।
हिजो प्रजातान्त्रिक आन्दोलनमा काग्रेस र कम्युनिष्ट सँगै मिलेर लोकतन्त्र पुनरवहाली गर्ने क्रममा हामीले आन्दोलन ग¥यौं । आन्तरिक पार्टीमा आएका विभेदहरुलाई आन्तरिक रुपमा समाधान गर्नुपथ्र्यो । बाहिर छताछुल्ल पारेर देखाउनु हाम्रो कमजोरी हो । पार्टीलाई छताछुल्ल पारेर कसैको ईज्जत बढ्ने होईन । केही साथीहरुले घमण्डता र केही साथीहरुले मुर्खता देखाउँदा ओखलढुंगा कांग्रेसमा विवाद बढ्यो त्यो त्यागेर अघि बढ्नुपर्छ । पार्टीलाई सर्वोपारी मानेर हामी हिडनुपर्छ । म दुबै पक्षका साथिहरुलाई एक भएर फेरी पनि काग्रेसलाई एक बनाउने काममा लागि पर्न आग्रह गर्दछु ।

प्रदिप सुनुवार

अहिलेको हाम्रो पार्टीको विवाद प्रत्यक्ष रुपमा आधिकारीक उम्मेदवारलाई हराउन लागि परेको कुरालाई लिएर त्यो ढाकछोप गर्ने मानसिकताको उपज हो । त्यो गल्ति ढाकछोप गर्नका लागि हामीले गल्ती गरेका छैनौ, पार्टीको निर्णय पालना गर्नुपर्छ भन्दा पालना नगर्ने अनि उल्टै कार्यक्रम भाँड्ने गतिविधि देखाउनु राम्रो होईन । साथीहरु कांग्रेस पार्टीको विधि विधान विपरित बिद्रोहमा उठेर यो अवस्था आएको छ । अनुशासन समितिले छानबिन गरेर बैठक बसि निर्णय गर्न बाँकि छ । त्यसैले सबै आम नेपाली काग्रेसका शुभचिन्तकहरुलाई म बिचलित नभई अघि बढ्न आग्रह गर्दछु । पार्टीलाई कमजोर बनाउन होईन बलियो बनाउन लाग्नुपर्छ । पार्टीको विधि विधान अनुसार मैले पार्टी संचालन र कमिटिको विधि सम्बत निर्णय गर्ने गरेको छु । निर्वाचित कार्यसमिति भन्दा बाहिर गएर काम गरेको छैन । सभापति एक्लैले केहि गर्न सक्दैन त्यसका लागि सबैको सहकार्य आवश्यक छ । हामीसँग २ वटा विकल्प छन् सहमतिको बाटो र विधि संगत निर्वाचन प्रणाली जुन बाटोबाट छिटो निकास निस्कन्छ त्यो बाटो हामी अघि बढ्छौं । साथीहरुले मलाई लगाएका सबै आरोपहरुमा सत्यता छैन ।

तेजेन्द्र खनाल
गत निर्वाचन पश्चात हाम्रो पार्टी भित्र केहि साथिहरु अनुशासन विपरित चल्नुभयो । पार्टीका उम्मेदवारहरुको विरुद्धमा लागेर असहयोग गर्नु भयो । केही साथीहरुले स्वतन्त्र उम्मेदवारी पनि दिनुभयो । त्यस पछि हामी सबै कार्य समिति देखि उम्मेद्वार सम्म बैठक बसेर पार्टीको हित विपरित काम गरेको ठहर गर्दै कारवाही गर्नका लागि सिफारिस गरेका छौं । अनुशासन समिति नबन्दा त्यो विषय केन्द्रमा अझै पनि अन्यौलमा छ । त्यसको रिसले केही साथीहरुले नेपाल विद्यार्र्थी संघको अधिवेशनमा आएर भाड्न खोज्नुभयो तर हामीले अधिवेशन सफल बनायौं । अराजक अनि पटक पटक कारबाहीमा परेका साथीहरु नेविसंघको अधिवेशन भाड्न आउनुभयो हामीले त्यसको प्रतिकार गरेका हौं । त्यसैको परिमाण स्वरुप कांग्रेसको विवाद यो सतहमा आयो । केन्द्रले छानबिन गरेपछि कारवाही गर्ने वा माफि दिने भन्नेमा जव जवाफ आउछ त्यस पछि एकताबद्ध भएर अगाडी बढ्नुपर्छ । पार्टीको कन्द्रिय अनुशासन समितिको बैठक पछि आउने निर्णय अनुसार हामी अगाडी बढ्ने भएकाले सबैमा धैर्य रहन अनुरोध गर्दछु ।

रुद्र अधिकारी
यो कुनै पनि संस्था वा राजनैतिक दल जीवन्त रहन्छ । त्यो वैधानिक हुन्छ । यो एउटा कानुन,नियम, र विधान चल्ने गर्छ । चल्नुपर्छ । नेपाली काग्रेसको पनि विधान छ त्यो अनुसार चलिरहेको छ । तर ओखलढुंगामा कतिपय अवस्थामा विधानलाई स्विकार गर्न साथिहरुलाई असजिलो भएको कारणले विधान सम्वत काम पनि नगर्ने भुमिका चाहिँ विधान अनुसार खोज्ने कारणले गर्दा विवाद बढेको हो । एउटा जिवन्त पार्टी भित्र आन्तरिक छलफल, आन्तरिक बहस, आन्तरिक असहमति र त्यसको समस्या समाधानका बाटाहरु हुन्छन् । त्यसको समस्या समाधानको कानुनी बाटाहरु छन् त्यो पनि पार्टी भित्रै । तर बैकल्पिक बाटोहरु खोजिनुको सट्टा बाहिर निष्किएर चिच्याउने पद्धतिको विकास भयो खास समस्या त्यहि हो । यसलाई व्यवस्थापन गर्नु पर्दछ । यस्तो विषयलाई लिएर नआत्तिन समस्त नेपाली कांग्रेसका शुभ चिन्तक तथा जिल्लबासिमा म अनुरोध गर्दछु ।

नबराज केसी

नेपाल विद्यार्थी संघको अधिवेशनमा नेताहरुले विवाद गरे यो विद्यार्थीहरुका अगाडी नेताहरुको व्यवहार ठिक भएन । वातावरण राम्रै थियो,खास असन्तुष्ट पक्षका साथिहरुले विवाद गर्न खोजेको हो । सर्वसम्मत रुपमा उद्घाटन भएकोमा पछाडी गएर असन्तुष्ट रहनु स्वभाविक हो तर नेपाली काग्रेसको पार्टीले अधिवेशनलाई लिएर अर्को प्यारालाल समिति गठन गरेको छ भन्ने सुनिएको छ । संस्थापन पक्ष र अर्को पक्ष बिच विवाद हिजो देखि नै थियो । यो विवादलाई समाधान गरेर कांग्रेस अगाडी बढ्छ । पार्टीलाई एक ढिक्का बनाएर लान म नेतृत्व तहमा सहमत छु । हिजोको दिनमा चुनावी प्रक्रियामा पार्टीले कारवाहीमा सिफारिस गरेको विषयलाई लिएर उहाँहरु असन्तुष्ट हुनुभएको छ । वास्तविक छानबिन गरेर सबै आन्तरिक विषयलाई सम्बोधन गरेर अगाडी बढ्नेमा हामी ढुक्क छौं ।

गोमा केसी
नेतृत्वले सहि निर्णय नगर्दा ओखलढुंगा काग्रेसमा विवाद उत्पन्न भएको छ । नेपाली काग्रेस विधि र विधानले नचलेको अवस्था छ । नेतृत्व तहले विधि, विधान, प्रक्रिया, सहमति लगायतका विषयलाई पाखा लगाएर पार्टी सभापति प्रदिप सुनुवारले व्यक्तिगत तरिकाले काम गर्न खोजेका कारण समस्या आएको हो । उपसभापति तेजेन्द्र खनालको पनि भूमिका राम्रो भएन । सहि निर्णय लिनका लागि नेतृत्व असफल भएका कारणले पार्टी हुदै ने.वि.संघको अधिवेशन सम्म आईपुग्दा पार्टी पंक्तिमा सफल हुन सकेको छैन । मैले नेतृत्वलाई सजग र सम्मान जनक बनाउन विधि विधान अनुसार मिलेर चल्नुपर्छ भनेर खबरदारी गरेँ तर त्यो कसैले मानेनन् । ओखलढुंगा कांग्रेसको आफ्नै पहिचान थियो । चुनाव पनि हारियो यो अवस्थामा मिलेर विपक्षीका सामु समक्ष भएर प्रस्तुत हुनुपर्ने त्यो देखिएन । म एउटी महिलामाथी जिल्ला सभापति सुनुवारले र हाम्रो पक्षमा उभिएका नेता कार्यकर्तामाथी उपसभापति सहितका नेताहरुले आक्रमण गर्नुभयो । त्यो स्विकार्य छैन । कानुनी उपचारका लागि न्यायलयलाई मैले भनिसकेको छु । यस्ता असक्षम र गैरजिम्मेवार नेताहरुलाई पार्टीको नेतृत्वमा बस्ने अधिकार छैन । उहाँहरुले राजीनामा दिनुपर्छ ।

बालकृष्ण दाहाल
नेपाली काग्रेसको नेतृत्वसँग विवेक भईदिएको भए आज यो समस्या आउदैन थियो । नेपाली कांग्रेसको नेतृत्व जसरी अहिले प्रस्तुत भईरहेको छ यसरी पार्टी चल्दैन । नेतृत्वकर्ताहरु सबै सर्वस्व म नै हुँ भन्ने अहमका साथ अगाडी बढ्दै हाम्रा साथिहरु माथि सांघातिक आक्रमण भयो । एउटा सहमति गरेर अगाडी बढौं भन्दा पनि सभापतिले म मात्रै सबैकुरा हुँ पार्टीमा अरुको कुनै स्थान नै छैन भन्ने व्यवहार देखाउनुभयो । कांग्रेस कुनै एक व्यक्तिको होईन सबैको सबैको पार्टी बनाउने पहल गर्दा हामी माथि नै आक्रमण भयो । पार्टी अफिस बनाउने देखि विगतको समिक्षा लगायतका विषयलाई अगाडी बढाएर आन्तरिक सवाललाई समेटेर विधान बमोजिम काम गर्नुपर्नेमा उहाँहरुले चासो दिनुभएको छैन । मलाई कुट्नुभयो यो पाप लाग्छ पक्कै पनि उहाँहरुलाई । पछि झन विज्ञप्ती निकाल्नु भएछ मादक पदार्थ सेवन गरेर होहल्ला गर्न आयो भनेर । बालकृष्ण दाहाल मादक पदार्थ सेवन गर्छ कि गर्दैन कस्तो मान्छे हो भन्ने सबैलाई कण्ठ छ । पत्याउने कुरा केही नगर्ने आफुलाई स्वघोषित ठुलो ठालु ठान्ने सभापतिको बानी खराब छ । हामी चाहान्छौ नेपाली काग्रेस र नेविसंघ विधान अनुसार चलोस् तर पार्टी नेतृत्वले विधानलाई कागजको खास्टो भनेर वेवास्तागर्ने प्रविधि विकास भईरहेको छ । हाम्रो नेतृत्वलाई हामीले जे गर्यो त्यो ठिक हुन्छ सर्बस्व सबै नै मै हुँ भन्ने दम्भ र सोचाईका कारण पार्टी पंक्तिमा यसको नकारात्मक असर परिरहेको छ । म चुप बसेको थिएँ किन अरुलाई हसाउने भनेर अब म बोल्छु । कांग्रेस बचाउन लागि पर्छु ।

लिलाबल्दब दाहाल काका
नेपाल विद्यार्थी संघको यस अघिको अधिवेशनमा पनि पार्टी सभापति प्रदिप कुमार सुनुवारले म विकास कोईराला बन्न तयार छु तर प्रदिप बानियाँलाई सभापति नबनाई छोड्दिन भन्नुभयो । उहाँले चाहे अनुसार नै नेतृत्व चयन गर्नुभयो तर पनि हामी सभापतिको भनाई मान्नुपर्छ भन्ने हिसाबले अघि बढ्यौं । पार्टी नेतृत्वले चै जे गर्दा पनि हुन्छ भन्ने ढंगले दम्भका साथ अघी बढीरहनुभएको छ । पार्टीमा ज्यान भएका र धन भएकाको नेतृत्व छ । हिजो देखि संघर्ष गरेका कार्यकर्तालाई पूर्ण रुपमा बाईपास गरिएको छ । पार्टीको कार्यसमितिमा कति जनाको हुनुपर्ने हो भन्ने पार्टीको नेतृत्वलाई थाहा छैन । चुनावका समयमा जस्लाई मन लाग्यो उसैलाई आमन्त्रित सदस्य बनाउने कार्यभयो जसका कारण पार्टीमा योगदान पुर्याउनेका भावना माथि ठेस लागेको छ । नेविसंघको अधिवेशनमा निष्ठावान नेता माथि हातपात गर्ने काम भएको छ । यस्ले पार्टी कता जान्छ भन्नेमा यहाँहरु सचेत हुन जरुरी छ । सल्लाहकार र वुद्धिजिविहरुको सल्लाह विना नै पार्टी एकलौटी ढंगले चलार्ईएको छ । सभापति बढो काईदाको हुनुहुन्छ उहाँ चुनावमा आफ्नो क्षेत्र छाडेर अर्को क्षेत्रमा भाग्नुभयो अनि किन भन्ने कुरा भन्न सक्नुभएन । त्यहाँ पैसाको कारोबार भएको अझ उमेद्वारहरु बिचमा एकले अर्कालाई सहयोग नगरेको भन्ने कुरा उहाँहरुनै गर्दै हिड्नुहुन्छ अनि कारबाही चाँही हामीले भोग्नुपर्ने रे । पार्टी भित्र सबै छाै‌ं भनेर नगए पार्टीले ठुलो घाटा व्यहोर्नु पर्नेछ

कुमार लुइँटेल

वर्तमान नेपाली कांग्रेसको जिल्ला कार्यसमितिको नेतृत्व पदमा रहेका व्यक्तिहरुको अपरिपक्कता र विवेकहिनताको पराकाष्ठ हो अहिलेको विवाद । ओखलढुंगामा एउटा गतल संस्कारबाट नेपाली काग्रेस अगाडी बढेको छ । राजनैतिक हिसाबले अगाडी बढ्नका लागि कुशल नेतृत्व गर्न सक्ने व्यक्तिहरुलाई बडार्न पाए एक्लै राज गर्छु । जसरी चलाउदा नि हुन्छ भनेर हामी माथि कारवाही गर्ने योजना नेतृत्वले बनाएको छ । उहाँहरु विधि र विधानका कुरा गनुुहुन्छ तर आफुचाँही मनपरि गर्नुहुन्छ । जस्को हातमा ताल्चा साँचो छ उसै सँग दम्भ छ । मिल्नुपर्छ भन्ने उहाँहरुले हो तर उहाँहरुनै आक्रमणमा उत्रिएका कारण यो अवस्था आएको हो । अझै पनि नेविसंघ मा कस्लाई राख्ने तरुण दल मा को राख्ने भनेर आफ्ना खोज्ने अनि एकलौटी राजनिति गर्ने संस्कार विकास भयो भने प्रतिपक्ष सँग हामी मुकाबिला गर्न असमर्थ हुनेछौं ।

डिल्लीराम खनाल
अनुशासन भएन भने कुनै पनि पार्टी राम्रो सँग चल्दैन । नेपाली काग्रेस भित्र एउटा ठुलो अनुसाशनको खडेरी परेको छ । यस्को सुरुवात भनेको नेताले चुनाव पचाउन सकेनन् । हाम्रो १३ औं अधिवेशन सम्पन्न भएपछि त्यो तिक्तता नेताहरु बिचमा रह्यो । म पनि १२ औ अधिवेशनमा प्रथम चरणमा मत प्राप्त गरेर सभापतिका लागि अघि बढ्दा ५१ प्रतिशत नपुगेर अर्को चरणमा चुनाव हुदाँ म पराजय भए प्रदिप जिले जित्नुभयो तर भोलिपल्ट बाट मैले पार्टीमा सहयोग गर्दै संग संगैअघि बढँे । अहिले तिक्तता आएर स्थानिय तह,प्रदेश र संघको निर्वाचनमा असर पर्यो । पार्टीमा टिकट माग्नु सबैको स्वभाविक नै हो सबै एक से एक योग्य हुनुहुन्छ राजनैतिक जिवनमा उहाँहरुले योगदान गर्नुभएको छ । उहाँहरुले धेरै दुख कष्ट गर्नुभएको छ । टिकट वितरण पछि हाम्रो पार्टीमा आफुले टिकट नपाएप्छि आफ्नै पार्र्टी भित्रको आफ्रनैलाई असहयोग गर्ने अनि अनुशासन हिन भएर हिड्ने पार्टीका विरुद्धमा कतै स्वतन्त्र उम्मेदवारी दिएर र कतै अन्तर्घात गरेर हराईएको छ । म आम नेपाली काग्रेसका शुभेच्छुकहरुलाई वास्तविकता छुट्याएर हिजो पार्टीमा निरन्तर लागेर पार्टीको सिद्धान्तमा हिडेर जिवनमरणमा साथ दिएर पार्टीका लागि हिड्ने मान्छे रपार्टीको विद्रोहमा हिड्ने मान्छेमा फरक छुट्याउन अनुरोध गर्दछु ।

मित्रसेन दाहाल

कांग्रेस मन देखिनै मिल्नुपर्ने बेलामा त्यो हुन सकेन । नेकपाको मेलमिलापले कांग्रेसलाई जोखिम छ । विचारको लडाई लडेको भए एउटा निकास पक्कै निस्कन्थ्यो तर ओखलढुंगा कांग्रेसमा तेरो मेरोको लडाई भयो । म साथीहरुलाई अनुरोध गर्छु त्यसो नगरौं । लोकतन्त्र बचाउन कांग्रेस मिल्नुपर्छ । साथीहरु विधि र विधान भन्दा बाहिर जान खोज्ने प्रवृतिको अन्त्य हुनुपर्छ ।
आन्तरिक विवादले कांग्रेसलाई मात्रै होईन कोही कसैलाई फाईदा पुगेको विगत छैन र भविष्यमा पनि हुँदैन । म धेरै केही भन्दिन यस विषयमा ।

टेकराज भटराई
२०६४ देखि ७० हुँदै ७४ को स्थानीय निर्वाचनमा पार्टी सभापति प्रदिप जि र उहाँका साथिहरु काग्रेसका उम्मेदवारहरुलाई हराउन लाग्नुभयो । त्यो मैले भनिबस्न पर्दैन घाम जस्तै छर्लंग छ । चिशंखुगढीको निर्वाचनमा मलाई हराउनका लागि जिल्ला कार्य समितिका तत्कालिन सदस्य हंसराज वाग्लेलाई जिम्मा दिएर साधन श्रोत सहित माओवादीको उम्मेदवारलाई जिताउन उहाँले नै पहल गर्नुभएको तथ्य म सँग छ । अब उहाँलाई कारबाही कस्ले गर्ने ? केहि अतिवादी साथीहरुले प्रदिप सुनुवारका कुकर्ममा भयंकर साथ दिईरहनु भएको छ जस्का कारण काग्रेस विवादित भएको छ । काग्रेस सक्षम र सबल बनाउन सबै ढंगले मिलाएर जान जरुरी छ । मिलेर जानुपर्छ भन्दा हामीलाई सिध्याउन डण्डा प्रहार गर्ने कार्य भयो । आग्रह पूर्वाग्रह नत्याग्ने हो भने ओखलढुंगामा कांग्रेस र प्रदिप सुनुवारको पतन निश्चित छ ।

ज्ञानेन्द्र रुम्दाली
नेपाली काग्रेस भित्र हामी विधिको पक्षमा लड्ने असल सदस्य हौं । विधिको पक्षमा लड्नुपर्छ भनेर बारम्बार मैले नेतृत्व तहलाई खबरदारी गर्ने गरेको छु । धेरै साथिहरुलाई विधि संगत पार्टी चलाउनुपर्छ भन्ने छैन सिर्फ व्यक्तिगत स्वार्थ र मिसन पुरा गर्नको लागि राजनिति गर्ने परिपाटी विकास भएको देखिन्छ । पार्टी भित्र म विधिको पक्षमा लाग्दा धेरैलाई असन्तुष्ट लाग्दो रहेछ । हामी नेपाली काग्रेसलाई हराउने अनि पार्टीलाई असर गर्ने पक्षमा छैनौं अरु पार्टी भन्दा विधि संगत, वैचारिक रुपमा पार्टीलाई एक ढिक्का बनाउन र पार्टी सुदृढ गर्न लागि पर्ने मध्येका हौं । तर नेतृत्व तह यो विषयमा सजग छैन । हेर्दा हामी पार्टीको विरुद्धमा जस्तो देखिन्छौं तर वास्तविकता त्यो होईन । हामी सधै नेपाली काग्रेसलाई व्यवस्थित,संगठित र बलियो बनाउने पक्षमा छौं । हाम्रो पार्टी भित्र असल र संगठन गर्न सक्नेलाई होईन आसे पासे र अघि पछि गर्नेलाई मात्र अवसर दिने प्रवृति बढेको देखिन्छ । म सदैव पार्टी प्रति बफादार र विधिको पक्षमा सदैव अघि बढ्ने सच्चा सिपाही हुँ । म आशन र भाषणमा भन्दा पनि सक्षम नेतृत्व र संगठित पार्टी बनाउन सक्ने व्यक्तिको खाँचो देख्छु । नेतृत्व तहलाई खबरदारी गर्दै आएको छु । जब सम्म आवश्यकता पर्छ म खबरदारी गरिरहन्छु पनि । भिजन साप्ताहिकमा खबर छ । 

 

तपाईको प्रतिक्रिया

राजकुमार मगरको ‘सुनकोशीको पुल’ बजारमा Download Listen
अागलागी र बाढी पहिराे राेकाैं Download Listen
बालविवाह नगराैं / नगराअाैं Download Listen
जनहितमा जारी सन्देश : दशै‌ंमा जुवा तास नखेलौं Download Listen
audio 3 Download Listen
audio 2 Download Listen
asudio 1 Download Listen