- पूर्णप्रसाद न्याैपाने

ओखलढुंगा-  ओखलढुंगा कांग्रेसले पार्टीको विधि र पद्धती अनुसार नचल्ने नेता कार्यकर्तालाई कारबाही गर्ने भएको छ । सोमबार नेविसंघको जिल्ला अधिवेशन विथोल्न लागि पर्ने नेता कार्यकर्तालाई अनुशासनको कारबाही गर्ने कांग्रेसले निर्णय गरेको हो ।

नेविसंघको जिल्ला अधिवेशन चलिरहेका बेला कार्यक्रम विथोल्न प्रयास गर्ने नेता बालकृष्ण दाहाल,गोमा केसी सहितका कार्यकर्तालाई कारबाही गर्ने पार्टीको निर्णय भएको जिल्ला सभापति प्रदिप कुमार सुनुवारले बताए । पहिलो चरणमा स्पष्टिकरण सोध्ने र चित्त बुझ्दो स्पस्ष्टिकरण नआए पार्टीको नीति अनुसार थप कारबाही गरिने उनको भनाई छ ।

भातृ संगठनको अधिवेशनको विषयलाई लिएर कुटाकुट गरेका कांग्रेस नेताहरुका विषयमा सामाजिक सञ्जाल र सञ्चारमाध्यम मार्फत चर्को आलोचना भएपछि कांग्रेस जिल्ला समितिको मंगलबार विहान बैठक बसेको थियो । बैठकले विधि विपरित चल्नेलाई कारबाही गर्ने निर्णय गरेको मंगलबार साँझ पत्रकार सम्मेलन गरि कांग्रेसले जानकारी दिएको छ ।

पत्रकार सम्मेलनमा बोल्दै पूर्व सांसद समेत रहनुभएका कांग्रेस नेता रामहरि खतिवडाले ओखलढुंगा कांग्रेसको इतिहाँसलाई धमिल्याउने काम भएको भन्दै दुख व्यक्त गरे । ‘ओखलढुंगा जिल्ला कांग्रेसको किल्ला थियो चुनाव हारेपछि त्यो त बचाउन सकिएन, यो घटनाले ओखलढुंगा कांग्रेसको इतिहासलाई धक्का लागेको छ ।’ खतिवडाले भने, ‘सहमती मै अघि बढ्ने अर्को सहमती भएको थियो । एक्कासी साथीहरु आवेगमा आउनु भो प्रतिकार गर्दा झडप जस्तो हुन पुग्यो यस्तो गतिविधिले कांग्रेसको हित गर्दैन ।’ खतिवडाले दुवै पक्षलाई सहमतिमा आउन आग्रह समेत गरेका छन् ।

कार्यक्रममा अर्को पक्षले आफुहरु माथि आक्रमणको प्रयास गरेकाले त्यसको प्रतिकार गरेको जिल्ला उपसभापति तेजेन्द्र खनालको तर्क छ । औपचारिक कार्यक्रममा हातपात गर्न आएपछि प्रतिकार गरिएको तर कोही कसैलाई गलत व्यवहार गर्ने आफ्नो मनसाय नभएको जिकिर गर्दै खनालले भने,‘कसैलाई नराम्रो गरौं भन्ने थिएन । ठुलो घटना नहोस् भनेर प्रतिकार गरिएको हो । हामीले कुटेका होईनौं ।’

उता पौडेल पक्षधरका नेता कार्यकर्ताले भने नेता कार्यकर्ता माथि कुटपिट गरेको भन्दै जिल्ला सभापति प्रदिप सुनुवार र उपसभापति तेजेन्द्र खनालको राजीनामा माग गरेका छन् । छुट्टै पत्रकार सम्मेलन गरेर उनिहरुले सहमतीमा विद्यी र पद्धति अनुसार चल्न आग्रह गर्दा आफुहरु माथि आक्रमण भएको दावी गरेका छन् ।
आफुमाथि जिल्ला सभापति सुनुवारले दुव्र्यवहार गरेको भन्दै पूर्व सभापति गोमा केसीले कानुनी कारबाहीका लागि न्यायलयलाई अनुरोध गरेकि छन् ।

को कस्लाई आसन र भाषण दिने वा नदिने भन्ने विषयमा उत्पन्न भएको विवाद झडप सम्म पुगेको थियो । शेरबहादुर देउवा पक्षले विवादकै बिच नेविसंघको अधिवेशन गरिरहेको छ । भने पौडेल पक्षधरले बहिस्कार गरेर हिडिसकेको छ ।

नेविसंघ ओखलढुंगाको १२ अधिवेशन अहिले पनि जारी छ । सहमतिका आधारमा नेतृत्व सहित नयाँ कार्यसमिति चयन गर्ने नेताहरुको तयारी छ । रामचन्द्र पौडेल पक्षका विद्यार्थी नेताहरुले अधिवेशन बहिस्कार गरेकाले शेरवहादुर देउवा पक्षका विद्यार्थीहरुलाई मिलाएर समिति बनाउने नेताहरुको तयारी छ ।

तपाईको प्रतिक्रिया

छोरालाई शिक्षकले जुत्ता चटाएको भन्दै यसरी गुनासो गरिन् रिकेशकी आमाले (आवाज सुन्नुहोस् ) Download Listen
राजकुमार मगरको ‘सुनकोशीको पुल’ बजारमा Download Listen
अागलागी र बाढी पहिराे राेकाैं Download Listen
बालविवाह नगराैं / नगराअाैं Download Listen
जनहितमा जारी सन्देश : दशै‌ंमा जुवा तास नखेलौं Download Listen
audio 3 Download Listen
audio 2 Download Listen
asudio 1 Download Listen