- पूर्णप्रसाद न्याैपाने

ओखलढुंगा- ओखलढुंगाका सांसद अम्बिारबाबु गुरुङ भ्रष्टहरुको भण्डाफोर गर्ने बताएका छन् । भिजन समाचारसँग कुरा गर्दै प्रदेश सासद गुरुङले विकासका नाममा थुप्रै अनियमिता भएको भन्दै आफु त्यसको विरुद्धमा उभिएको बताएका हुन् ।
राजनितिक दलका नेताको संलग्नता र संरक्षणमा अनियमिता गर्नेहरुको मनोबल बढ्ने गुनासो बढेकाले आफुले गैरकानुनी काम गर्नेहरु विरुद्ध अभियान चालेको उनको भनाई छ ।
जनप्रतिनिधिहरु प्रति सर्वसाधारणले थुप्रै अपेक्षा गरेकाले जनताको मनोभावना अनुसार काम गर्न सक्नुपर्ने उनको तर्क छ । स्थानीय तहमा देखिएका केही अनियमितताका सवालमा आफुले कुरा उठाउँदा त्यसलाई गलत व्याख्या गर्न खोजिएको उनको भनाई छ । ‘समन्वय गरेर नितिगत काम गरौं जिल्लाको विकास गरौं भनेर मैले भनेको हो र म भनिरहन्छु’ गुरुङले भने ‘केही साथीहरुले मेरो कुराको जवाफ दिने प्रयास गर्नुभएछ मलाई जवाफ चाहिएको होईन । जनताको भावना अनुसार काम गर्नुपर्छ त्यता तिर लाग्न म साथीहरुलाई आग्रह गर्न चाहन्छु ।’ पदको दुरुपयोग गर्ने जनप्रतिनिधिहरुलाई जनताले माफी नदिने उनले बताए । नियम विपरित काम गर्ने आफ्नोपार्टी जुनसुकै दलका कार्यकर्ता भएपनि उनिहरुले संरक्षण पाउनु नहुने उनको भनाई छ । ‘मेरो कुनै व्यक्तिगत स्वार्थ छैन । म विकास गर्न आएको हुँ मलाई कसैसँग कुनै सम्झौता गर्नुछैन त्यसैले विकास विरोधीको म विरोध गर्छु ।’ उनले भने ‘म नेकपाकै कार्यकता भएपनि छाड्दिन अरु नेता र दलहरुले पनि विकास विरोधीलाई संरक्षण गर्न हुँदैन, भन्ने मेरो भनाई हो ।’ वेथिती अन्त्य गर्दै गाउँको विकासका लागि स्थानीयहरु पनि चनाखो बन्नुपर्ने उनले बताएका छन् ।

तपाईको प्रतिक्रिया

छोरालाई शिक्षकले जुत्ता चटाएको भन्दै यसरी गुनासो गरिन् रिकेशकी आमाले (आवाज सुन्नुहोस् ) Download Listen
राजकुमार मगरको ‘सुनकोशीको पुल’ बजारमा Download Listen
अागलागी र बाढी पहिराे राेकाैं Download Listen
बालविवाह नगराैं / नगराअाैं Download Listen
जनहितमा जारी सन्देश : दशै‌ंमा जुवा तास नखेलौं Download Listen
audio 3 Download Listen
audio 2 Download Listen
asudio 1 Download Listen