- पूर्णप्रसाद न्याैपाने

ओखलढुंगा- ओखलढुंगाको चम्पादेवी गाउँपालिकाको विवाद दलहरुले राजनितिकरण गरेका छन् । गाउँपालिका अध्यक्षले ऐन विपरित काम गरेको भन्दै वडा अध्यक्ष सहितका स्थानीयले उठाएको मुद्दा दलहरुले राजनितिकरण गरेका हुन् ।
नेकपाबाट निर्वाचित जनप्रतिनिधि र नेकपाका स्थानीय नेताले गाउँपालिका अध्यक्ष र कार्यपालिका विरुद्ध आवाज उठाएको भन्दै नेपाली कांग्रेसले विज्ञप्ती निकालेर आपत्ती जनाएको छ । कांग्रेसले जिल्ला उपसभापति तेजेन्द्र खनालद्धारा हस्ताक्षरित विज्ञप्ती मार्फत गाउँपालिका अध्यक्षको सकृयता र कांग्रेसको लोकप्रियता देखेर नेकपा अत्तालिएको दावी गरेको छ ।

आन्दोलनमा ऐक्यवद्धता जनाउँदै कांग्रेसको विज्ञप्तीको जवाफ स्वरुप नेकपाले फेरि सोमबार विज्ञप्ती निकालेको छ । कार्यदल सदस्य नेत्र भटराई र खड्ग योगीद्धारा हस्ताक्षरित विज्ञप्तीमा कांग्रेसले अनियमितता ढाकछोप गर्ने प्रयास गरेको भन्दै आपत्ती जनाएको छ । आन्दोलनरत पक्षको माग प्रति समर्थन जनाउँदै निश्पक्ष छानविन गर्न नेकपाले प्रशासन र अदालतलाई आग्रह गरेको छ ।

 

तपाईको प्रतिक्रिया

राजकुमार मगरको ‘सुनकोशीको पुल’ बजारमा Download Listen
अागलागी र बाढी पहिराे राेकाैं Download Listen
बालविवाह नगराैं / नगराअाैं Download Listen
जनहितमा जारी सन्देश : दशै‌ंमा जुवा तास नखेलौं Download Listen
audio 3 Download Listen
audio 2 Download Listen
asudio 1 Download Listen