- भिजन समाचार

ओखलढुंगा–मोलुङ्ग गाउँपालिका–१ को सरस्वती मावि बुङनामका छात्राहरुलाई सेनेटरी प्याड उपलब्ध गराईएको छ । वडा अध्यक्ष प्रदिप बानीयाँको सहयोगमा छात्राहरुलाई महिनावारीको समयमा आवश्यक सेनेटरी प्याड विद्यालयमै ब्यवस्था गरिएको हो । वडा अध्यक्ष बानियाँले आफ्नो बैठक भत्ता बापतको १५ हजार रुपैया बाट विद्यालयमा छात्राहरुका लागि प्याडको ब्यवस्था गर्न सहयोग गरेका हुन् । १ हजार ३ सय ६० पिस प्याड खरिद गरेर विद्यालयमा रहेको किशोरी समूहलाई हस्तान्तरण गरिएको छ ।विद्यालय समयमा महिनावारी भएका छात्राहरुलाई निःशुल्क उक्त प्याड वितरण गर्ने व्यवस्था गरिएको विद्यालयले जनाएको छ । प्याड वितरणका लागि विद्यालयमा दुई शिक्षिका र दुई छात्राको समुह बनाईएको छ । ग्रामिण महिला जागरण समूहको पहलमा जोखिममा परेका महिला तथा किशोरीहरुलाई सशक्तिकरण द्वारा संरक्षण गर्ने कार्यक्रम अन्तरर्गत वडा अध्यक्षको आर्थिक सहयोगमा विद्यालयका किशोरीहरुका लागि सेनेटरी प्याडको व्यवस्था गरिएको हो ।

तपाईको प्रतिक्रिया

राजकुमार मगरको ‘सुनकोशीको पुल’ बजारमा Download Listen
अागलागी र बाढी पहिराे राेकाैं Download Listen
बालविवाह नगराैं / नगराअाैं Download Listen
जनहितमा जारी सन्देश : दशै‌ंमा जुवा तास नखेलौं Download Listen
audio 3 Download Listen
audio 2 Download Listen
asudio 1 Download Listen