- एसबी जेराे

ओखलढुंगा–संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गरेको वर्गीकरणमा ओखलढुंगाका पाँच स्थानीय तह ‘क’ बर्गमा अर्थात् अति दुर्गमको सूचीमा परेका छन् । एक नगरपालिका र सात गाउँपालिका सहित आठ स्थानिय तह रहेको जिल्लाको पाँच ओटा स्थानिय तह अति दुर्गमको सूचिमा परेका हुन् ।
खिजिदेम्बा, लिखु, चम्पादेवी, मोलुङ्ग र चिशंखुगढी गाउँपालिका ‘क’ वर्ग अर्थात अति दुर्गमको सूचिमा परेका छन् । सुनकोशी गाउँपालिका र मानेभञ्ज्याङ्ग गाउँपालिका ‘ख’ वर्ग अर्थात दुर्गमको सूचिमा परेका छन् । जिल्लाको एक मात्र नगरपालिका सिद्धिचरण नगरपालिका मध्यम अर्थात ‘ग’ वर्गमा सूचिकृत भएको छ । जिल्ला समन्वय समितीले दिएको सूचनाका आधारमा स्थानिय तहरुको वर्गिकरण गरिएको हो ।
स्थानीय तहको यातायातको सुविधा, प्रदेश राजधानीदेखिको दुरी जिल्ला सदरमुकामदेखिको दूरी, शिक्षा, स्वास्थ्य, दुरसञ्चार सेवा, बिद्युत, मानव विकास सूचकांक, भौगोलिक अवस्थितिलाई समेत ध्यानमा राखी उक्त वर्गीकरण गरिएको मन्त्रालयले जनाएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको प्रारम्भीक प्रशासनिक वर्गीकरण अनुसार स्थानीय तहलाई क, ख, ग र घ गरी चार वर्गमा विभाजन गरेको छ । ‘क’ वर्गलाई अतिदुर्गम, ‘ख’ वर्गलाई दुर्गम, ‘ग’ वर्गलाई मध्यम र ‘घ’ वर्गलाई सुगम स्थानीय तहको संज्ञा दिइएको छ ।

तपाईको प्रतिक्रिया

राजकुमार मगरको ‘सुनकोशीको पुल’ बजारमा Download Listen
अागलागी र बाढी पहिराे राेकाैं Download Listen
बालविवाह नगराैं / नगराअाैं Download Listen
जनहितमा जारी सन्देश : दशै‌ंमा जुवा तास नखेलौं Download Listen
audio 3 Download Listen
audio 2 Download Listen
asudio 1 Download Listen