ओखलढुंगा- वालविवाह गरेको आरोपमा ओखलढुंगा प्रहरीले २ बालबालिकालाई नियन्त्रणमा लिएको छ । वालविवाहको आरोपमा जिल्लाको चम्पादेवी गाउँपालिकाका १६ वर्षका उत्तम खत्री र १८ वर्षिय १ बालिकालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघका ईकाई अध्यक्ष समेत रहेका खत्री ज्ञान प्रकाश मावि घोराखोरीमा कक्षा १० मा अध्ययनरत विद्यार्थी हुन् । केही समय अघि खत्रीले ज्ञान प्रकाश मावि फुलवारीमा कक्षा ९ मा अध्ययनरत एक छात्रासंग विवाह गरेका थिए । ललाई फकाई प्रलोभनमा पारेर जवरजस्ती विवाह गरेको भन्दै स्थानीयले जिल्ला प्रहरी कार्यालय ओखलढुंगामा उजुरी गरेका थिए । मुलुकी अपराध संहिता ऐन २०७४ ले तोकेको विवाह गर्ने उमेर भन्दा कम उमेरमा नै बाध्य बनाएर विवाह गरेको भन्ने ठाडो उजुरी आएपछि खत्रीलाई नियन्त्रणमा लिईएको जिल्ला प्रहरी प्रमुख अनन्तराम शर्माले जानकारी दिए । वालविवाह गरेको हो वा होईन भन्ने वारेमा अनुसन्धान पछिमात्रै केही भन्न सकिने प्रहरी प्रमुख शर्माको भनाई छ ।
ललाई फकाई जवरजस्ती विवाह गरेको वा उमेर नपुगी विवाह गरेको भएमा स्वतः विवाह रद्द हुने मुलुकी अपराध संहिता ऐन २०७४, फौजदारी कसूर सजाय निर्धारण तथा कार्यान्वयन ऐन २०७४ मा व्यबस्था छ । त्यस्तै विवाह गर्ने ब्यक्तिको उमेर २० वर्ष नपुगी कसैले विवाह गरेको पाईएमा विवाह स्वतः बदर हुनुका साथै त्यस्तो कसुर गर्ने व्यक्तिलाई तीन वर्षसम्म कैद र ३० हजार सम्म जरीवाना हुने मुलुकी अपराध संहिता ऐन २०७४ को परिच्छेद ११ को विवाह सम्बन्धि कसुर अन्तर्गत दफा १७३ मा उल्लेख छ ।
ओखलढुंगाामा ५० प्रतिशत भन्दा बढि वालविवाह हुने गरेको विभिन्न अध्ययनहरुले देखाएको छ । वालविवाह न्युनिकरणका लागि विभिन्न प्रयासहरु गरिएपनि त्यो प्रभावकारी हुन सकेको छैन ।

तपाईको प्रतिक्रिया

राजकुमार मगरको ‘सुनकोशीको पुल’ बजारमा Download Listen
अागलागी र बाढी पहिराे राेकाैं Download Listen
बालविवाह नगराैं / नगराअाैं Download Listen
जनहितमा जारी सन्देश : दशै‌ंमा जुवा तास नखेलौं Download Listen
audio 3 Download Listen
audio 2 Download Listen
asudio 1 Download Listen