- भिजन समाचार

ओखलढुंगाका चारवटा स्थानीय तहमा नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघको अधिवेशन सम्पन्न भएको छ । जिल्लाको सुनकोशी, मोलुङ, मानेभञ्ज्याङ र खिजीदेम्बामा नेविसंघ गाउँ अधिवेशन सकिएको हो ।

जिल्ला अधिवेशनको पूर्व तयारी स्वरुप गाउँ अधिवेशनहरु धमाधम भइरहेको नेविसंघ नेता रोशन महताराले जानकारी दिए । उनका अनुसार सम्पन्न अधिवेशनले गाउँपालिका स्थतरीय संरचना बनाएको छ । मोलुङ गाउँपालिकामा विनोद पोख्रेल, मानेभञ्ज्याङमा एलीना मगर, सुनकोशीमा हविन्द्र राई र खिजीदेम्बामा सुजन तामाङको संयोजकत्वमा नेविसंघको पालिका स्तरीय संरचना निर्माण गरिएको छ ।
बाँकी अन्य स्थानीय तहमा २२ गते भित्र अधिवेशन गरेर २३ गते जिल्ला अधिवेशनको मिति तय गरिने नेता महताराको भनाई छ । उनका अनुसार पौष २३ गते केन्द्रिय प्रतिनिधिको उपस्थितीमा बस्ने बैठकले जिल्ला अधिवेशनको मिति तोक्ने छ । पौष महिना भित्रै जिल्ला अधिवेशन गर्ने नेविसंघ ओखलढुंगाले जनाएको छ ।

तपाईको प्रतिक्रिया

राजकुमार मगरको ‘सुनकोशीको पुल’ बजारमा Download Listen
अागलागी र बाढी पहिराे राेकाैं Download Listen
बालविवाह नगराैं / नगराअाैं Download Listen
जनहितमा जारी सन्देश : दशै‌ंमा जुवा तास नखेलौं Download Listen
audio 3 Download Listen
audio 2 Download Listen
asudio 1 Download Listen