- भिजन समाचार

ओखलढुंगा– ओखलढुंगामा पूनर्निर्माणका असरहरुबारे छलफल गरिएको छ । राष्ट्रिय पुनर्निमार्ण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई अनुदान व्यवस्थापन स्थानिय पूर्वाधार ओखलढुंगाले जिल्लाका सबै स्थानीय तहमा पुगेर पूनर्निर्माणका असरहरुबारे छलफल गरेको हो ।


निजी आवास निर्माण गर्दा देखिएका वातावरणीय तथा सामाजिक असरहरुलाई न्युनिकरण गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको जिल्ला आयोजनाका ईकाईकाका सामाजिक विकास विज्ञ सुनिता अधिकारीले बताईन् । उनका अनुसार जिल्लाका विभिन्न ७ वटा स्थानिय तहमा अन्तक्रिया गरेर राज्यको नीति केन्द्रित छलफल गरिएको छ ।
आवास निर्माणको अवलोकन र देखिका समस्याको समाधानका लागि सहजिकरण समेत गरिएको आयोजना प्रमुख विजयमुनी बज्राचार्यले बताए ।


सबै पालिका र वडाहरुबाट आएका सुझावका आधारमा योजनालाई छनोट गरेर कार्यक्रम ल्याईने प्रमुख बज्राचार्यको भनाई छ ।
अधिकाशं गाउँपालिकामा निजि आवास निर्माण गर्दा खानेपानि र वृक्षारोपनमा समस्या देखिएकोले समस्या समाधानका लागि जिल्ला आयोजना कार्यान्वय इकाइले सहयोग गर्ने जनाईएको छ ।

तपाईको प्रतिक्रिया

राजकुमार मगरको ‘सुनकोशीको पुल’ बजारमा Download Listen
अागलागी र बाढी पहिराे राेकाैं Download Listen
बालविवाह नगराैं / नगराअाैं Download Listen
जनहितमा जारी सन्देश : दशै‌ंमा जुवा तास नखेलौं Download Listen
audio 3 Download Listen
audio 2 Download Listen
asudio 1 Download Listen