- पूर्णप्रसाद न्याैपाने

ओखलढुंगा- ओखलढुंगा कांग्रेसका नेताहरुले जिल्लामा आफ्नो पार्टीलाई पहिलो बनाउने उद्घोष गरेका छन् । ४३ औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवसका अवसरमा सोमबार बेतिनीमा आयोजित कार्यक्रममा जिल्ला स्तरीय नेताहरुले यस्तो उद्घोष गरेका हुन् ।

केन्द्रिय सदस्य बलबहादुर केशीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा ओखलढुंगा कांग्रेसका सबैजसो नेताहरु सहभागी थिए । कार्यक्रमलाई सम्बोधन गर्दै केन्द्रिय सदस्य केशीले विपिको सिद्धान्त भन्दा बाहिर जान खोज्दा कांग्रेस कमजोर बनेको बताए । आफैंमा मिल्न नसकेका कारण देशमै कमजोर पार्टी बन्न पुगेको उनको भनाई थियो । तीन वटै तहको निर्वाचनमा टिकट वितरण प्रभावकारी नभएकाले उमेद्वारहरु पराजित भएको उनको तर्क थियो । ‘वडा सदस्य देखि केन्द्रिय सांसद सम्मको टिकट वितरणमा ध्यान दिन नसक्दाको परिणाम अहिले हामीले भोग्नुपरेको छ ।’ केशीले भने ।
कांग्रेस युवा नेता तथा पूर्व सभाषद् रामहरि खतिवडाले कांग्रेस एक भए कसैले हराउन नसक्ने बताए । कार्यक्रमलाई सम्बोधन गर्दै खतिवडाले भने,‘संधै कांग्रेस बन्ने उमेद्वार सँगै हिँड्ने,सँगै खाने अलि अलि खर्च पानी पनि लिने अनि ड्याम्म अर्को पार्टीमा भोट हाल्ने कांग्रेसका कार्यकर्ताका कारण चुनाव हारिने दिन अब दोहो¥याउन दिँदौन भन्ने हामीले कसम खाऔं कांग्रेस जिल्लामा मात्रै होईन देशमै पहिलो पार्टी बन्छ ।’ उनले वर्तमान सरकार मेलमिलापलाई लत्याएर एकलौटीरुपमा हिँड्न चाहेको बताए । एकलौटी हिँडेर गन्तव्यमा पुग्न कठिन हुने भन्दै खतिवडाले वर्तमान सरकार असफल भईसकेको टिप्प्णी गरे ।
कांग्रेस जिल्ला सभापति प्रदिप सुनुवारले कार्यकर्ता धेरै भएको पार्टी कांग्रेस जिल्लामा पराजित हुनुपर्ने अवस्था आउनु दुखद् भएको बताए । उनले कांग्रेसको इतिहाँस बचाएर पहिलो पार्टी बनाउने अभियानमा लाग्न भातृ संगठनलाई आग्रह समेत गरे । जिल्ला सचिव तथा सुनकोशी गाउँपालिकाका अध्यक्ष रुद्रप्रसाद अधिकारीले अरुलाई गाली गरेर कांग्रेस बलियो नहुने बताए । नेताहरु आफु आफुमा लड्दा पार्टी कमजोर भएकाले यसको समिक्षा गर्नुपर्नेमा जोड दिए । उनले केन्द्रिय समितिले अनुशासनको कारबाहीलाई अघि बढाउन नसके आगामी निर्वाचनको मत परिणाम कांग्रेसका पक्षमा नआउने संकेत गरे । बीपी कोइरालाको मेलमिलापको नीति अहिले पनि उत्तिकै सान्दर्भिक रहेको नेता अधिकारीको भनाई थियो ।
कार्यक्रममा नेता बालकृष्ण दाहालले गुट उपगुट छाडेर कांग्रेसको संगठन निर्माणमा लाग्न नेतृत्वलाई सुझाए । उनले आफुले पदको लोभ अब नगर्ने भन्दै मिलेर कांग्रेसलाई कमजोर हुन नदिने बताए । नेता डिल्ली खनालले पार्टी भित्र अनुशासन पालना नगर्दा सोचेजस्तो नतिजा नआएको बताए । स्थानीय सरकारका कामहरु नागरिकको चाहाना अनुसार नभएको भन्दै खबरदारीमा जुट्न आग्रह गरे । नेता तेजेन खनालले सबैलाई मिलाउन सक्ने कांग्रेस आफैं भित्र नमिल्दा कमजोर बनेको बताए । नेता महेश कोर्मोचाले कांग्रेस बचाउन आफुहरु फेरि कांग्रेसमा फकीएर संगठन विकासमा होमिएको तर्क गरे । जिल्ला समन्वय समितिका सभापति समेत रहेका नेता जयबहादुर श्रेष्ठले सबै कांग्रेसले भोट दिए पार्टीले कुनै पनि चुनाव नहार्ने ठोकुवा गरे ।

ट्रेड युनियन कांग्रेसका पूर्व केन्द्रिय अध्यक्ष खिला दाहालले केन्द्र देखि गाउँ सम्म विपिको मेलमिलापको नितिबारे छलफल आवश्यक रहेको बताए । नेतृ गोमा केशीले चुुनावी सन्दर्भलाई लिएर केही कार्यकर्ताहरुलाई कारबाहीको सिफारीस गरिएकोमा आपत्ती जनाईन् । उनले कारबाही फिर्ता लिन माग समेत गरिन् ।
कार्यक्रमका सबै वत्ताहरुले कांग्रेस मिलेको सन्देश फैलाउने कसम खाएका छन् । मन्तव्यकै क्रममा नेता खतिवडाले कांग्रेस मिलेको सन्देश दिने नारा समेत लगाएका थिए ।

तपाईको प्रतिक्रिया

राजकुमार मगरको ‘सुनकोशीको पुल’ बजारमा Download Listen
अागलागी र बाढी पहिराे राेकाैं Download Listen
बालविवाह नगराैं / नगराअाैं Download Listen
जनहितमा जारी सन्देश : दशै‌ंमा जुवा तास नखेलौं Download Listen
audio 3 Download Listen
audio 2 Download Listen
asudio 1 Download Listen