- पूर्णप्रसाद न्याैपाने

ओखलढुंगा- नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ ओखलढुंगाको जिल्ला अधिवेशन पौष भित्रै हुने भएको छ । दोस्रो साता भित्रै गाउँ तथा नगर अधिवेशन गरेर पौष अन्तीम सम्ममा जिल्ला अधिवेशन गर्ने नेविसंघले तयारी गरेको हो ।


१८ गते जिल्लाका सबै ८ वटै नगर तथा गाउँपालिका स्तरीय अधिवेशन सम्पन्न गर्ने मिति तय भएको नेविसंघ नेता रोशन महताराले जानकारी दिए । स्थानीय तह अनुसारको अधिवेशन पछि पौष २३ गते केन्द्रिय प्रतिनिधिको उपस्थितीमा बैठक बसेर जिल्ला अधिवेशनको मिति तोक्ने उनको भनाई छ । ओखलढुंगामा अधिवेशन गर्न नेविसंघको केन्द्रले केन्द्रिय सदस्य पवन नेपालीलाई जिम्मेवारी दिएको छ । नगर–गाउँ तथा जिल्ला अधिवेशनका लागि संगठन विस्तार सहितको तयारी पुरा भएको नेविसंघ ओखलढुंगाले जनाएको छ ।
पाँच हजार विद्यार्थीलाई नेविसंघको सदस्यता
नेपाली कांग्रेस निकट विद्यार्थी संगठनमा ओखलढुंगाका ५ हजार विद्यार्थीले सदस्यता लिएका छन् । अधिवेशनको तयारी स्वरुप संगठन विस्तारमा जुटेको नेविसंघले जिल्लाका थप ५ हजार विद्यार्थीलाई सदस्यता दिएको हो ।
कांग्रेसको साख बचाउन विद्यार्थी संगठनलाई बलियो बनाउने उद्धेश्यले संगठन सुढृडीकरणमा जुटेको नेता महताराले बताए । पार्टी पराजित हुनुको एउटा कारण नेविसंघ कमजोर हुनुपनि रहेको भन्दै नेता महताराले कांग्रेसको पुरानो विरासत फर्काउन विद्यार्थी राजनितीले भूमिका खेल्ने उनको तर्क छ । अहिलेका विद्यार्थीहरु भोलिका मतदाता भएकाले आगामी निर्वाचनमा कांग्रेसलाई पहिलो पार्टी बनाउने अभियानमा आफुहरु अहिल्यै देखि जुटेको नेविसंघका नेताहरुको भनाई छ ।

तपाईको प्रतिक्रिया

छोरालाई शिक्षकले जुत्ता चटाएको भन्दै यसरी गुनासो गरिन् रिकेशकी आमाले (आवाज सुन्नुहोस् ) Download Listen
राजकुमार मगरको ‘सुनकोशीको पुल’ बजारमा Download Listen
अागलागी र बाढी पहिराे राेकाैं Download Listen
बालविवाह नगराैं / नगराअाैं Download Listen
जनहितमा जारी सन्देश : दशै‌ंमा जुवा तास नखेलौं Download Listen
audio 3 Download Listen
audio 2 Download Listen
asudio 1 Download Listen