- पूर्णप्रसाद न्याैपाने

ओखलढुंगा- ओखलढुंगाका गुरुङ समुदायले नयाँ वर्षलाई स्वागत गर्दै आईतबार ‘ल्होसार’ पर्व मनाएका छन् । जिल्लाको रुम्जाटार, सल्लेरी, रावादोलु, भुसिंगा लगायत क्षेत्रमा बसोबास गर्ने गुरुङ समुदायले विभिन्न कार्यक्रम गरेर ‘ल्होसार’ मनाएका हुन् ।

धार्मीक परम्परा अनुसार पर्व मनाईएको सिद्धिचरण नगरपालिकाका उपप्रमुख इच्छाकुमारी गुरुङले बताईन् । गुरुङ समुदायको पेशा, पोशाक र पहिचान झल्काउँदै संस्कृतीको संरक्षण र विकास गर्ने लक्ष्यका साथ ‘ल्होसार’ मनाईएको उनको भनाई छ ।
‘ल्होसार’को अवसरमा शुभकामना दिँदै ओखलढुंगाका सांसद अम्बिरबाबु गुरुङले यस्ता पर्वले जातजाती, भाषा र धर्मका बीचमा बन्धुत्व, प्रेम र एकताको भावना बढाउन मद्दत गरेको बताए । सांसद गुरुङले सल्लेरी र रुम्जाटारमा आयोजना कार्यक्रमलाई सम्बोधन गरेका थिए । जिल्लाको भौतिक विकाससँगै जिल्लामा बसोबास गर्ने सबै जातजाती र वर्ग समुदायको पहिचान संरक्षणमा आफुले सहयोग गर्ने सांसद गुरुङले बताए । ‘जनताको भावना अनुसार हामीले काम गरिरहेका छौं ।’ सांसद गुरुङले भने ‘जनता र अगुवासँग कनेन्टीविटि गरेका आधारमा आगामी दिनमा जिल्लाबासी सबै जातजातीको भाषा, धर्म र पहिचानको विकास र संरक्षणमा हामी लाग्ने छौं ।’ सांसद गुरुङले बहुजात बिचको बसोबास र बहुसंस्कार नै नेपाल र नेपालीको पहिचान भएको बताए ।
कार्यक्रममा सिद्धिचरण नगरपालिका प्रमुख मोहन श्रेष्ठ,उपप्रमुख इच्छाकुमारी गुरुङ, प्रमुख जिल्ला अधिकारी मुनका न्यौपाने, जिल्ला प्रहरी प्रमुख अनन्तराम शर्मा सहितको उपस्थिती थियो । कार्यक्रमका वत्ताहरुले सभ्य समाज निर्माणमा नेपाली पर्वहरुको विशेष भूमिका रहने भन्दै ‘ल्होसार’को शुभकामना दिएका थिए ।
‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘ल्होसार’ भनिएको हो । यो पर्व सूर्यको किरणसँग पनि सम्बन्धित छ । गुरुङ बाहुल्य रहेको लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वतलगायत जिल्लामा सूर्यको ताप पहिले आउने भएकाले पुस १५ मगते यो पर्व मनाउने गरिएको विश्वास गरिन्छ । यसपछि क्रमशः तामाङ र शेर्पा जातिको बसोबास भएको क्षेत्रमा सूर्यको ताप आउने भएकाले माघ र फागुनमा तामाङ्ग र शेर्पा समुदायले यो पर्व मनाउने गरेका छन् ।
तमु ल्होसारका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, प्रदेश नम्बर १ का मुख्य मन्त्री शेरधन राई लगाएतका शीर्ष व्यक्तिहरुले ल्होसारका अवसरमा गुरुङ्ग समुदायलाई शुभकामना दिएका छन् ।

तपाईको प्रतिक्रिया

राजकुमार मगरको ‘सुनकोशीको पुल’ बजारमा Download Listen
अागलागी र बाढी पहिराे राेकाैं Download Listen
बालविवाह नगराैं / नगराअाैं Download Listen
जनहितमा जारी सन्देश : दशै‌ंमा जुवा तास नखेलौं Download Listen
audio 3 Download Listen
audio 2 Download Listen
asudio 1 Download Listen