- पूर्णप्रसाद न्याैपाने

ओखलढुंगा- ओखलढुंगामा लेखा समुहका कर्मचारी आन्दोलित भएका छन् । लेखा समूह संघबाटै परिचालन र व्यवस्थापन हुनुपर्ने माग गर्दै आन्दोलन थालेका हुन् ।

कर्मचारी समायोजन गर्न बनेको अध्यादेश, २०७५ ले नेपाल प्रशासन सेवा, लेखा समूहको बारेमा उल्लेख नगरी कर्मचारी समायोजन प्रक्रिया अगाडी बढाएकाले आन्दोलन गर्न बाध्य हुनुपरेको आधिकारीक ट्रेड युनियनका उपाध्यक्ष निलकमल निरौलाले बताए । जिल्लामा कार्यरत लेखा समुहका कर्मचारीहरुले आईतबार कोष तथा लेखा नियन्त्रकको कार्यालयमा धर्ना दिएका छन् । आधिकारिक ट्रेड युनियन महालेखा नियन्त्रक विभागिय समितिको निर्णयमा ऐक्यबद्धता जनाउँदै जिल्लाका लेखा समुहका कर्मचारी धर्नामा बसेका हुन् । संघबाट नै लेखा समूहको संचालन र व्यवस्थापन गर्न सरकार तयार नभए अर्को चरणको आन्दोलन गर्न बाध्य हुने कर्मचारीहरुले चेतावनी दिएका छन् ।
प्रशासकिय अधिकृत लाई संघमा राख्ने र लेखाका कर्मचारीलाई तल्लो तहमा राख्ने सरकारको तयारीका विरुद्ध कर्मचारीले आन्दोलन थालेका हुन् ।
महालेखा नियन्त्रक कार्यालयले लेखा समूह संघबाटै परिचालन र व्यवस्थापन हुनुपर्ने माग गर्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई पत्र पठाएको छ । कार्यालयले लेखा समूहको व्यवस्थापन संघबाट गर्नुपर्ने विभिन्न १० वटा आधार र कारणसहित अर्थ र सामान्य प्रशासन मन्त्रालयलाइ समेत बोधार्थ पठाएको छ ।

तपाईको प्रतिक्रिया

राजकुमार मगरको ‘सुनकोशीको पुल’ बजारमा Download Listen
अागलागी र बाढी पहिराे राेकाैं Download Listen
बालविवाह नगराैं / नगराअाैं Download Listen
जनहितमा जारी सन्देश : दशै‌ंमा जुवा तास नखेलौं Download Listen
audio 3 Download Listen
audio 2 Download Listen
asudio 1 Download Listen