- भिजन समाचार

ओखलढुंगा । राष्ट्रिय गानका रचनाकार प्रदीपकुमार राई (व्याकुल माईला) लाई पितृशोक परेको छ । ‘व्याकुल माइला’ का बुवा समाजसेवी तथा भुपु शिक्षक मानबहादुर राईको ७१ वर्षको उमेरमा ओखलढुंंगाको मानेभञ्ज्याङ गाउँपालिका–६ हिलेपानि आफ्नै निवासमा बिहिबार राति निधन भएको हो । उनी केही वर्षदेखि मष्तिस्कमा रगत जम्ने (हेमाटोमा) र मधुमेह रोगबाट पीडित थिए । पारिवारिक श्रोतका अनुसार अस्पतालको नियमित सम्कर्पमा रही घरैमै राखेर उनको उपचार भइरहेको थियो । उनको स्वास्थ्यमा केही दिन यता अलि समस्या देखिएको थियो । बिहिबार राती शौचालयबाट फर्केर सुते लगत्तै निधन भएको राष्ट्रिय गानका रचनाकार व्याकुल माइलाले बताए ।

वि.सं २००४ साल असोजमा जन्मिएका स्वर्गीय राई २० वर्षसम्म शिक्षण पेषा गरेर सेवा निवृत्तपछि सामाजिक सेवामा संलग्न थिए । आर्दश र निष्ठावान व्यक्तिका धनी सामाजिक जीवनमा सधैँ समर्पित स्वः राई साविक थाक्ले गाविसका गाविस अध्यक्ष तथा ओखलढुङ्गा जिल्ला विकास समितिको सदस्य समेत भएका थिए । स्वर्गीय राईको किराँत राई परम्परा अनुसार ओखलढुंगामा अन्तिम संस्कार गरिएको छ । स्वर्गीय राईका दुई श्रीमती र (प्रदिपकुमार राई) व्याकुल माईला सहित तीन छोरा छन् ।

तपाईको प्रतिक्रिया

राजकुमार मगरको ‘सुनकोशीको पुल’ बजारमा Download Listen
अागलागी र बाढी पहिराे राेकाैं Download Listen
बालविवाह नगराैं / नगराअाैं Download Listen
जनहितमा जारी सन्देश : दशै‌ंमा जुवा तास नखेलौं Download Listen
audio 3 Download Listen
audio 2 Download Listen
asudio 1 Download Listen