- पूर्णप्रसाद न्याैपाने

काठमाण्डाै – ओखलढुंगाको रगनीका तेजबहादुर बुढाथोकी आजभोली निकै दंग छन् । केही वर्ष अगाडी सम्म सामान्य खेती किसानी गर्ने तेजबहादुर अहिले गाडी मालिक बनेसँगै दंग परेका हुन् । ‘आफु मालिक पनि भईयो, गाउँलेलाई सेवा पनि दिइयोे’ बुढाथोकीले भन्छन् ‘मैले त सडकमा सवारी हालेर सेवा दिन थालिसकेँ । गाउँका अरु दाजुभाईलाई पनि समेटेर अघि बढ्ने योजनामा छु ।’ सडक निर्माण र स्थानीयको जागरुकताले व्यवसाय मार्फत सेवा प्रवाहमा आफुहरु जुटेको उनले सुनाए ।


तेजबहादुर बुढाथोकीको अध्यक्षतामा खिजीदेम्बा गाउँका दुई दर्जन स्थानीयले यातायात व्यवसायी संघ गठन गरेर सेवा थालेका छन् । उनिहरुले गाउँकै नाम राखेर लिखुदेम्बा यातायात प्रा.लि दर्ता गरेर व्यवसाय माफर्त सेवा सुरु गरेका हुन् । दुर्गममा सडक पुगेपनि नियमित चल्ने सवारी नहुँदा सडक काम बिहिन भएकाले आफुहरुले सेवा सहितको व्यवसाय गरेर समृद्धिको अभियानमा लागेको खिजीफलाटेका भिमराज सुनुवारले बताए । ‘सडक त बने सवारी चलेनन्’ लिखुदेम्बाका प्रा.लिका सचिव समेत रहेका सुनुवारले भने ‘आफ्नो गाउँ आफैं बनाऔं भनेर गाउँले जुटेर सेवा सहितको व्यवसाय थाल्यौं ।’ ओखलढुंगा र रामेछापका विभिन्न गाउँहरुमा सुविधा सम्पन्न बस मार्फत गुणस्तरीय यात्राको सेवा पु¥याईने उनको भनाई छ । गाउँका स्थानीय मिलेर सवारी सञ्चालन सुरु मात्रै गरेका छैनन् गाउँकै चालकहरुले पनि गाउँमै सेवा दिन थालेका छन् । लिखुदेम्बा यातायातले राजधानीबाट रामेछाप हुँदै ओखलढुंगाको रगनी, खिजीचण्डेश्वरी, खिजीफलाटे, पोकली, गाम्नाङ लगायतका क्षेत्रमा सेवा सुरु गरेको छ ।


सांसदले गरे सेवाको उद्घाटन
गाउँलेले थालेको सेवा सहितको व्यवसायको विहिबार सांसद यज्ञराज सुनुवारले उद्घाटन गरेका छन् । लिखुदेम्बाको पहिलो साधारण सभा तथा सेवा शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै प्रतिनिधि सभा सदस्य सुुनुवारले त्यसक्षेत्रका नागरिकले खेलेको भूमिकाले जिल्लाको समृद्धिका लागि टेवा पुग्ने बताए । ‘सडक गाउँ गाउँमा पुगेका मात्रै छैनन् गाउँलेहरु चालक र मालिक बन्न थालेका छन् यो सुखद् कुरा हो ।’ सांसद सुनुवारले भने ‘ग्रामिण सडकको स्तरोन्न्ती र व्यवसायीक विकासका लागि थप पहल हुनेछ ।’ व्यवसायीहरुले हात्तेमालो गरेर सर्वसाधारणलाई सहज सेवा प्रवाह गर्नुपर्नेमा जोड दिए ।

लिखुदेम्बा यातायात प्रालिका अध्यक्ष तेजबहादुर बुढाथोकीको अध्यक्षता तथा सांसद यज्ञराज सुनुवारको प्रमुख आतिथ्यतामा राजधानीमा भएको प्रालिको पहिलो साधारणसभा तथा सेवा शुभारम्भ कार्यक्रमलाई ओखलढुंगाका पूर्व सभाषद् रामहरि खतिवडा, रामेछापका पूर्व सांसद देबशंकर पौडेल, कांग्रेस जिल्ला सभापति प्रदिप सुनुवार, समाजसेवी डेण्डी शेर्पा, नेकपाका नेता सुदिप सुनुवार, कलाकार गोम्बु शेर्पा लगायतले सम्बोधन गरेकाे प्रालिका काेषाध्यक्ष लिला श्रेष्ठले जानकारी दिए ।


कार्यक्रममा ओखलढुंगाका पूर्व सभाषद् रामहरि खतिवडा, रामेछापका पूर्व सांसद देबशंकर पौडेल लगायतले शुभकामना मन्तव्य राखेका थिए । दुवै पूर्वसांसदहरुले सडकको विकाससँगै स्थानीयहरु समृद्धिको यात्रामा अघि बढेको बताएका थिए । नयाँ व्यवसायीहरुलाई आफुहरुले साथ दिने ओखलढुंगाका पूर्वसभाषद् रामहरि खतिवडाले बताए । ‘सिन्डकेट त अन्त्य भईसकेको भनिएको छ तर पनि नयाँ व्यवसायीलाई पुरानाले हेप्ने चलन छ’ खतिवडाले भने ‘कसैले असहयोग गरे हामीलाई भन्नुस् आवश्यक परेको ठाँउमा हामी सहयोग गछौं ।’ रामेछापका नेता पौडेलले ओखलढुंगाको विकास र त्यसक्षेत्रको समृद्धिका लागि आफुहरुको सहयोग रहने बताए ।


ओखलढुंगाका दुर्गम गाउँहरुमा सुविधा सम्पन्न बसले सेवा दिन थालेपछि स्थानीय दंग परेका छन् । केही वर्ष अगाडी सम्म पूर्वको कर्णाली भनेर चिनिने खिजीदेम्बा र लिखु गाउँपालिकाको क्षेत्रमा सडक निर्माण भएसँगै सुविधा सम्पन्न सवारीमा यात्रा गर्न पाउँदा स्थानीय खुसी भएका हुन् ।

तपाईको प्रतिक्रिया

राजकुमार मगरको ‘सुनकोशीको पुल’ बजारमा Download Listen
अागलागी र बाढी पहिराे राेकाैं Download Listen
बालविवाह नगराैं / नगराअाैं Download Listen
जनहितमा जारी सन्देश : दशै‌ंमा जुवा तास नखेलौं Download Listen
audio 3 Download Listen
audio 2 Download Listen
asudio 1 Download Listen