- भिजन समाचार

ओखलढुंगा- ओखलढुंगामा चक्रपथ बन्ने भएको छ । प्रदेशसांसद अम्बिबाबु गुरुङले आफ्नो निर्वाचन क्षेत्रका सबै गाउँहरुलाई जोडेर चक्रपथ निर्माण गर्ने योजना अघि सारेका हुन् । दुर्गम गाउँहरुलाई शहरीकरण गर्न यो अवधारणा अघि सारिएको सांसद गुरुङको भनाई छ । ‘सबै गाउँमा रिङरोड पुग्नेछ र दुर्गम ठाउँहरु अब सुगम बन्नेछन् ।’ गुरुङले भने ‘सडक, विद्युत, शिक्षा र स्वास्थ्यको सुविधा नभएकै कारण गाउँ छाडेर हिडेकाहरु घर फर्कने अवस्था आउने छ । केही समय लाग्ला तर नागरिक सबै सेवाको पहँचमा हुनेछन् ।’ प्रक्रियामा रहेकाले चक्रपथ निर्माणको काम तत्काल सुरु हुने सांसद गुरुङले जानकारी दिए । गुरुङले निर्वाचनका बेला सबै गाउँबस्तिलाई सडक सञ्जालमा जोड्ने बाचा गरेका थिए ।
१ नम्बर प्रदेश सरकारले ओखलढुंगा ‘क’ मा रिङरोट बनाउनका लागि बजेट समेत विनियोजन गरेको छ । क्रमागत बजेटबाट ४ वर्षमा निर्माण सम्पन्न गर्ने ओखलढुंगा चक्रपथ आयोजनाका लागि चालु आर्थिक वर्षमा २ करोड बजेट छुट्याइएको छ । यो आयोजनालाई प्राथमिकताका दिन प्रदेशको रातो किताबमा समेत लेखिएको छ ।


चक्रपथको मुख्य केन्द्र रुम्जाटार रहनेछ । रुम्जाटारबाट ओखलढुंगा हुँदै जन्तरखानीबाट माथिल्लो बाटो खिजीदेम्बाको रावादोलु पुगेर तल्लोबाटो खिजीफलाटे हुँदै हर्कपुर जोडिने छ । हर्कपुरबाट निर्वाचन क्षेत्र ‘ख’ को बेतिनि रुप्से पुग्ने छ । त्यहाँबाट निशंखे हुँदै खानीभञ्ज्याङ पुगेर रातमाटे माम्खा हुँदै फेरि रुम्जाटारमा आएर जोडिने छ ।
यो चक्रपथ बनेपछि ओखलढुंगाका दुर्गम गाउँहरु शहरसँग जोडिने छन् । आफ्नै जिल्लाको सदरमुकाम वा गाउँपालिकाको केन्द्र पुग्न पनि अर्को जिल्ला घुम्नुपर्ने बाध्यता हट्ने अपेक्षा गरिएको छ । गाउँमा उत्पादीत कृषि उपजको बजारीकरण सहितका सेवा सुविधाका लागि स्थानीयको पहुँच पुग्ने सांसद गुरुङको तर्क छ ।
चक्रपथ व्यवस्थीत बन्ने भएकाले दुर्घटनाको जोखिम पनि कम हुने जनाईएको छ । गाउँ गाउँमा रिङरोड बन्ने भएपछि स्थानीय दंग परेका छन् ।

तपाईको प्रतिक्रिया

राजकुमार मगरको ‘सुनकोशीको पुल’ बजारमा Download Listen
अागलागी र बाढी पहिराे राेकाैं Download Listen
बालविवाह नगराैं / नगराअाैं Download Listen
जनहितमा जारी सन्देश : दशै‌ंमा जुवा तास नखेलौं Download Listen
audio 3 Download Listen
audio 2 Download Listen
asudio 1 Download Listen