- भिजन समाचार

ओखलढुंगा- प्याब्सन ओखलढुंगाको अध्यक्षमा सुर्यबहादुर श्रेष्ठ निर्वाचित भएका छन् । सदरमुकाममा सम्पन्न संस्थागत विद्यालयको छाता संगठन प्याब्सनको जिल्ला अधिवेशनले श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।

लाली गुरास बोर्डिङ स्कुलका प्रिसिपल श्रेष्ठको अध्यक्षतामा सर्वसम्ममत चयन भएको समितिको उपाध्यक्षमा शुभलक्ष्मी बोर्डिङ स्कुलका संस्थापक ज्ञानेन्द्र रुम्दाली, सचिवमा बरुणेश्वर एकेडेमी रामपुरका प्रिसिपल खिलनाथ दाहाल, कोषाध्यक्षमा ग्रीन भिलेज बोर्डिङ स्कुल ज्यामीरेका प्रिसिपल रामकुमार श्रेष्ठ र सदस्यहरुमा सोबु्र बोर्डिङ स्कुलका प्रिसिपल सुमन राई, सनराईज बोर्डिङ स्कुलका प्रिसिपल जन्ताराम राई र ग्रिन भिलेज ईङलिस स्कुल सल्लेरीका प्रिसिपल ठमप्रसाद चौलागाई रहेका छन् ।
निर्वाचित भएपछि प्याब्सन अध्यक्ष श्रेष्ठले संस्थागत विद्यालयको विकास र शैक्षिक गुणस्तर अझै बढाउन लागिपर्ने प्रतिवद्धता जनाएका छन् । संस्थागत विद्यालयको शैक्षिक गुणस्तरका विषयमा खासै टिप्पणी गर्नेठाँउ नभएपनि सुधारगर्नुपर्ने धेरै विषय रहेकाले त्यसतर्फ प्याब्सन लागि पर्ने उनको भनाई थियोे ।


ओखलढुंगा प्याब्सनमा जिल्लाका १३ वटा संस्थागत विद्यालय आवद्ध छन् ।

तपाईको प्रतिक्रिया

राजकुमार मगरको ‘सुनकोशीको पुल’ बजारमा Download Listen
अागलागी र बाढी पहिराे राेकाैं Download Listen
बालविवाह नगराैं / नगराअाैं Download Listen
जनहितमा जारी सन्देश : दशै‌ंमा जुवा तास नखेलौं Download Listen
audio 3 Download Listen
audio 2 Download Listen
asudio 1 Download Listen