पूर्णप्रसाद न्याैपाने

परिचय :  थोलेदेम्बा, काठमाडौंबाट करिब २१०–२१५ किलो मिटर पर पूर्वोत्तरमा अवस्थित, ओखलढुङ्गाको सबैभन्दा अग्लो रमणीय डाँडा हो । समुन्द्र सतह देखि ३ हजार १ सय ५० मिटर उचाईमा रहेको त्रिभुजाकार थोलेदेम्बा, नेपालका उस्ता–उस्तै उचाईका ७ प्रख्यात डाँडाहरु मध्येको एक हो । पूर्व क्षेत्रमा धनकुटामा १, ओखलढुंगामा १, रामेछाप र दोलखा साँधमा रहेको सैलुङ डाँडा १ गरी ३, मध्य क्षेत्रमा (ललितपुरको फुलचोकी) १, र पश्चिम क्षेत्रमा ३ गरी जम्मा ७ प्रख्यात डाँडाहरुबाट छिमेकी मुलुक भारत र चीनको सिमानाको नक्सा लिन समेत प्रयोग भएको मानिन्छ । किल्खोरदिङ गुम्बाका धर्मगुरु लामाहरुका अनुसार थोलेदेम्बा डाँडालाई पनि उक्त काममा प्रयोग गरिएको थियो ।

ओखलढुङ्गाका साविकका ६ वटा गाविस पात्ले, खिजीफलाटे, खिजीचण्डेश्वरी, खिजीकाती, रावादोलु र भुसिङ्गाको बीचमा उभिएको थोलेदेम्बा, आदिवासी जनजाति कोइँच सुनुवारको चाइँ शिकारी अर्थात् पुख्र्यौली भूभागको सुरक्षा किल्लाका साथै पित्रीहरुको पवित्र बासस्थान मानिन्छ । सुनुवार भाषामा देल्शा देम्शा बाअÞबा थेम देम्बा अर्थात् पितृहरु जमघट भएर बस्ने थलो, पवित्र स्थान भएको हुँदा थोलेदेम्बा नाम रहन गएको कोइँच सासि मुक्दुममा उल्लेख छ । यसर्थ थोेलेदेम्बालाई कोइँच सुनुवारको कुलपुरोहित पोइँबोग्याँमि, नाअÞसोले लहरे चाइँ, मेहेले चाइँ, देम्बा चाइँ, थोले चाइँ पुकार गर्दै चाइँसिकारी पुजा गर्दछन् । हरेक वर्ष श्रावण पूर्णिमाका दिन शेर्पाहरुले थोलेदेम्बामा याज्र्याङ अर्थात् कुल देवताको पूजा गर्दछन् । त्यसैगरी कुलपितृहरुको आत्म तथा विश्वशान्तिको कामना गर्दै तामाङहरुले उभौलीमा सङ्रीत्बोन र उधौली दाल्बोन पूजा गर्ने चलन छ । अन्य जातजातिहरुले भने थोलेदेम्बालाई विभिन्न देवीदेवताहरुको पवित्र बासस्थान मानेर विश्व शान्तिको कामना गर्दै चैत–बैशाखमा सन्सारी, देवी र वातावरणको पूजा गर्ने चलन रहेको छ ।

अाेखलढुंगाकाे उच्च भागमा रहेकाे थाेलेदेम्बा डाँडा 

थोलेदेम्बा भुसिंगा, रावादोलु, खिजीकाती, खिजीचण्डेश्वरी र खिजीफलाटेका सबै बासिन्दाहरुको वर्षे गोठखर्क मानिन्छ । ४०–५० को दशकसम्म पनि थोलेदेम्बा, छेर्माले, जोरपानीमा बेँसीबाट लेक खर्क गोठ लैजाने चलन थियो । र थोलेदेम्बा वरिपरीका चौरी पाल्ने शेर्पाहरुले भने वर्षा याममा चौरी खर्क राख्ने चलन अझै छँदैछ ।
नापी विभागले ३० को दशकमा रामेछापको जग्गा नापी गर्न देम्बामा नापी स्तम्भ गाडी वरिपरि काँडेतार वारी स्तम्भ सुरक्षाको लगि हेरालु राख्दा स्थानीयहरुले देम्बामा सुन र तामाखानी भएका कारण सिमेन्टेड खम्बा गाडिएको भन्ने हल्ला समेत चलेका थिए । थोलेदेम्बा क्षेत्रमा विभिन्न प्रजातिका जाडीबुटीहरु पाइन्छ । छोटा छोटा घाँसले ढाकिएको थोलेदेम्बाको वरिपरि कोणधारी रुखहरु लेसेङ, ठिङ्ग्रे, धुपी लगायत २० भन्दा बढी विभिन्न किसिमका लालीगुराँस र गुलावी तथा सेतो रङ्गको चिमाल प्रशस्त मात्रमा पाइन्छ ।
थोलेदेम्बा बाघ, भालु, चितुवा, बोँसो, थार, मृग, डाँफे, मुनाल, कालीज जस्ता वन्यजन्तु तथा पशुपन्क्षीहरुको बासस्थान छ । थोलेदेम्बाबाट रोल्वालिङ हिमश्रृङ्खलाको गौरीशंकर, नुम्बुर, महालङ्गुर हिमश्रृङ्लाको आमडब्लम, लोत्से, नुप्चे, सगरमाथा (चोमालुङ्मा) कञ्चनजङ्गा लगायत अन्य विभिन्न हिमालहरुलाई नजिकैबाट दृश्यावलोकन गर्न सकिन्छ ।
आदिवासी कोइँच सुनुवारको पुख्र्यौली थलो थोलेदेम्बाको आधार भू–भाग पोकाली, रगनी, खिजी, काती, रावादोलु, भुसिङ्गा, पात्ले, खिजी फलाटेमा शेर्पा, तामाङ, क्षेत्री बाहुन, गुरुङ, नेवार, मगर, भूजेल, विक, परियार र मिझार लगायतका जातजातीहरुको बसोबास छ । विभिन्न जातजातिहरुको बसोवास रहेको थोलदेम्बाको आधार भूमि भाषिक, साँस्कृतिक र सामाजिक विविधताले भरिपूर्ण रहेको छ । भाषिक रुपमा हेर्दा कोइँच सुनुवार भाषाको जन्मथलो थोलेदेम्बाको आधार भूमि नै हो । पहिलो भाषा अर्थात सम्पर्क भाषा खस नेपाली बोलिए पनि कोइँच सुनुवार, शेर्पा, तामाङ भाषा पनि सँग सँगै बोल्ने गरिन्छ ।
महोत्सवले महत्व बढायो
आन्तकि तथा बाह्य पर्यटकको राजाईमा पर्ने आकर्षक गन्तव्यका रुपमा विकास गर्न सकिने प्रचुर सम्भावना बोकेको ठाँउ हो थोलेदेम्बा । दर्जनौं हिमश्रङखला सहितका मनोरम रमणीय दृष्यको प्रत्यक्ष अवलोकन गर्न सकिने देम्बा डाँडाको प्रचार प्रसार र पुर्वाधार विकास नहुँदा ओझेलमा थियो । २०७० सालमा यज्ञराज सुनुवार सभाषद् निर्वाचित भएपछि पहिलो पटक देम्बालाई पर्यटकिय क्षेत्र विकासको योजना अघि सारेका थिए ।

पहिलाे थाेलेदेम्बा पर्यटन महाेत्सव उद्घाट गर्नुहुँदै राष्ट्रपति विद्यादेवी भण्डारी

देम्बाडाँडालाई पर्यटकिय क्षेत्रको रुपमा विकास गर्ने उद्देश्यले २०७४ बैशाख १ गते प्रथम थोलेदेम्बा महोत्सव भयो । समाजसेवी डेण्डी शेर्पाको नेतृत्वमा भएको महोत्सव पछि थोलेदेम्बाको पर्यटन प्रबद्र्धनका कामहरु द्रुत गतिमा अघि बढिरहेका छन् । महोत्सवको तयारीकै क्रममा त्यहाँ विद्युतीकरण गरियो । खानेपानीको व्यवस्थापनका लागि मुहान देखि चुहान सम्मको अध्ययान गरियो । पैदलमार्ग निर्माणका लागि पहल सुरु भएको छ । जिल्लाकै अग्लो डाँडा थोलेदेम्बामा भ्युटावर निर्माणका लागि शिल्यान्यास भईसकेको छ । अन्य थुप्रै भौतिक विकासका कामहरुको संकेत देखिएको छ ।
महोत्सव उद्घाटन गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले थोलेदेम्बाको विकास र पवद्र्धनका लागि सरकारले योजना बनाएर काम गर्ने प्रतिवद्धता जनाएकि थिइन् । सरकारले भर्खरै छनौट गरेको देशका सय पर्यटकिय गन्तव्यमा थोलेदेम्बाको नाम समेटिएको छ । महोत्सवमा राष्ट्रपति र राज्यका विशिष्ट व्यक्तिहरुको आगमन र अवलोकन पछि थोलेदेम्बाको प्रचारप्रसार बढेको छ । पूर्वाधारको विकास नहुँदै पनि आन्तरिक पर्यटकहरुको आवागमन विगतको भन्दा बढेको छ । थोलेदेम्बा महोत्सव पछि त्यस क्षेत्रमा विभिन्न नामका पर्यटनसँग सम्बन्धीत काम गर्ने संस्थाहरु स्थापना भएका छन् । स्थानीय सरकारले पनि थोलेदेम्बाको पर्यटन प्रवद्र्धनका लागि योजना अघि सारेको छ । थोलेदेम्बामा पुग्ने पर्यटकका लागि विश्राम गर्ने पार्क निर्माणको चरणमा रहेको खिजीदेम्बा गाउँपालिका वडा नम्बर ४ का अध्यक्ष कमल न्यौपानेले बताए । गाउँपालिका भित्र २०७२ को भूकम्पमा परि ज्यान गुमाएकाहरुको शालिक समेत देम्बाडाँडामा निर्माण गर्ने योजना रहेको न्यौपानेले सुनाए ।
यो सबै महोत्सव पछिको उपलब्धि भएको मान्न सकिने पोकली थोलेदेम्बा पिके पर्यटन विकास तथा संरक्षण समितिका अध्यक्ष डेण्डी शेर्पा बताउँछन् । ‘थोलेदेम्बा देशकै महत्वपूर्ण सम्पत्ती हो । विकास र प्रचार नहुँदा ओझेलमा परेको छ ।’ शेर्पा भन्छन् ‘गतवर्ष महोत्सव गरेपछि सबैको ध्यान थोलेदेम्बाले खिचेको छ, आशा गरौं अब नेपालको प्रमुख पर्यटकिय गन्तब्य भित्र पर्ने छ ।’ लगातार ३ वर्ष सम्म निरञ्तरता दिने भनिएको थोलेदेम्बा महोत्सव यस वर्ष पनि आयोजना गर्ने तयारी भईरहेको छ ।
महोत्सवको औचित्य अझै पुष्टि भएन
स्थानीयको सकृयतामा चन्दा उठाएर गरिएको महोत्सवको औचित्य पुष्टि भईसकेको छैन । सरकारी नीतिको चुस्तदुरुस्त कार्यान्वयनको अभावका कारण नयाँ पर्यटन गन्तव्य स्थलहरु ओझेलमा परेका छन् । यस्तै ओझेलमा परेका धेरै पर्यटन गन्तव्यस्थलहरुमध्ये थोलेदेम्बा पनि पर्दछ । अर्गानिक कृषि पर्यटन प्रबद्र्वन गर्दै स्थानीय स्तरमा उत्पादन भएका विषादीमूक्त खाद्यलाई राष्ट्रिय–अन्तराष्ट्रिय पर्यटक माझ पु¥याउने महोत्सवको लक्ष्य थियो ।

स्थानीय सरकारले सम्बोधनका नाममा केही सामान्य बजेट विनियोजन गरेको छ भने केन्द्र सरकारले पर्यटन प्रवद्र्धन गरिनुपर्ने भनेर नाम छनौट गरेको छ । त्यस भन्दा बढि खास कुनै पहल हुन सकेको छैन ।
यस्तो अवस्थामा फेरिपनि पर्यटन व्यवसायमा संलग्न राष्ट्रिय तथा अन्तराष्ट्रिय व्यवसायी तथा साहासिक पदयात्रामा रमाउने पर्यटकहरुलाई नयाँ पर्यटन गन्तव्यस्थलको पहिचान गराउन गरिने महोत्सवले पक्कै सकारात्मक परिवर्तनका लागि योगदान गर्नेछ ।

महोत्सव स्थलमा व्यवसाय गरेर आर्थिकोपार्जन गर्ने मात्रै होइन अब त्यहाँका व्यवसायीहरुले होमस्टेको अवधारणा अघि बढाउन थालेका छन् । व्यवस्थित पर्यटन व्यवसाय सुरु गर्ने तयारी गरेका छन् । यसरी हेर्दा थोलेदेम्बाको आधारभूमिमा बासोबास गर्ने जनताका जीवनस्तर उकासी आर्थिक समृद्धिको बाटोमा छलाङ मार्न परिकल्पना गरिएको थोलेदेम्बा पर्यटन महोत्सवलाई निरञ्तरता दिन र पूर्वाधार विकासमा जोड दिन स्थानीयले माग गरेका छन् ।

ओखलढुङ्गाको आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनको लागि पोकली झरना, ककनी र रुम्जाटार महोत्सवहरू आयोजना भैसकेको भए पनि समग्र ओखलढुङ्गाको समृद्धिका लागि थोलेदेम्बा महोत्सवलाई निरन्तरता दिनु अपरिहार्य रहेको जानकारहरु बताउँछन् ।
थोलेदेम्बाको विकासका चुनौति, अवसर र सम्भावना 
थोलेदेम्बालाई नयाँ पर्यटकीय गन्तव्यस्थलको रूपमा परिचित गराउनका लागि थोलेदेम्बा पदयात्राको विषयमा व्यापक प्रचारप्रसार र भौतिक पूर्वाधार निर्माणमा जोड दिनु नै पहिलो आवश्यकता हो । त्यसमा राजनीतिक प्रतिवद्धता र स्थानीय नागरिकको जनचासो हुनु पनि जरुरी छ । पर्यटकीय दृष्टिकोणमा अनेक सम्भावना बोकेको थोलेदेम्बा, सामाजिक, सांस्कृतिक, भाषिक, जैविक विविधता सम्बन्धि सूचना सामाग्रीहरु (पदयात्रा सङ्केत तथा तालिका सहितको नक्सा), यातायातको सहज पहुँच, पर्यटकीय भौतिक पूर्वाधार निर्माण नहुनु जस्ता विविध कारणले अझै पछाडि छ । वर्तमान परिस्थितिमा स्थानीयस्तरको पर्यटन विकासमा सरकारी निकाय, राजनीतिकर्मी र स्थानीयहरुको गहिरो लगाव र जनजासोको कमि नै थोलेदेम्बाको विकासको मुख्य चुनौति देखिन्छ ।
तर चुनौतिसँगै अवसर पनि धेरै छन् । अहिले केही हदसम्म स्थानीय पर्यटन व्यवसायी लगायत सरोकारवाला निकाय, बुद्धिजीवि, राजनीतिकर्मीहरू थोलेदेम्बाको पर्यटन प्रवद्र्धनमा एकजुट हुन थालेका छन् । यस विषयमा बेला बखत छलफल र अन्तरक्रियाहरु भईरहेका छन् । स्थानीयहरुमा पनि पर्यटन सम्बन्धि दिनानुदिन जनचेतना बढेको छ ।

थोलेदेम्बा, तल्लो सोलुखुम्बुु ट्रेकिङ ट्रेल अन्तर्गत पर्ने पोकली–थोलेदेम्ब–पिके टे«किङ ट्रायल पैदलयात्रीहरूको लागि सहज र सुरक्षित गन्तव्यस्थल बन्ने सम्भावना छ । त्यस अनुसार विकास गर्न सके राष्ट्रिय तथा अन्तराष्ट्रिय पर्यटन व्यवसायी र आन्तरिक तथा वाह्य पर्यटकहरुको रोजाईमा पर्ने प्रवल सम्भावना छ ।

तपाईको प्रतिक्रिया

राजकुमार मगरको ‘सुनकोशीको पुल’ बजारमा Download Listen
अागलागी र बाढी पहिराे राेकाैं Download Listen
बालविवाह नगराैं / नगराअाैं Download Listen
जनहितमा जारी सन्देश : दशै‌ंमा जुवा तास नखेलौं Download Listen
audio 3 Download Listen
audio 2 Download Listen
asudio 1 Download Listen