- पूर्णप्रसाद न्याैपाने

ओखलढुंगा-  नेपाली कांग्रेसका युवा नेता रामहरि खतिवडाले जिल्लाको विकासमा सकृयता बढाएका छन् । संघिय प्रतिनिधिसभा निर्वाचनमा पराजय व्यहोरेका अाेखलढुंगाका युवा नेता खतिवडाले निर्वाचनका बेला गरेका बाचा अनुसार काम गर्न थालेका हुन् ।
निर्वाचनमा पराजित भएपनि जनताको सेवामा आफु लागिरहने नेता खतिवडाले बताए । ‘जनताको सेवा गर्न पद नै चाहिन्छ भन्ने छैन । म जति सक्छु ओखलढुंगाको विकासका लागि खट्छु ।’ भिजन समाचारसँग कुरा गर्दै पूर्व सांसद समेत रहेका नेता खतिवडाले भने ‘पद र पहुँचमा भए जस्तो नहोला, फेरि फरक पार्टीको सरकार छ, अपेक्षा गरे अनुसार नसकुँला तर मेरो सकृयतामा कमि आउँदैन ।’ आफुले निर्वाचनका बेला गरेका बाचा अनुसारको काम गरिरहेको उनको दावी छ । खतिवडा नेकपाका नेता यज्ञराज सुनुवारसँग ५ हजार २ सय ५३ मतले पराजित भएका थिए ।
खतिवडाले प्रतिनिधिसभा निर्वाचनमा दूधकोसी, सुनकोसी र मोलुङखोलाबाट सिंचाइका लागि बैकल्पिक उर्जा प्रणालीमार्फत सुख्खाग्रस्त क्षेत्रमा सिंचाइ सुविधा पुर्याउने प्रतिबद्धता गरेका थिए । त्यो प्रतिवद्धता अनुसार पछिल्लो पटक आफुले बैकल्पिक उर्जा प्रबद्र्धन केन्द्रमार्फत गृहजिल्ला ओखलढुंगाका लागि ८ वटा योजना पारेको सुनाए ।
केन्द्रको आर्थिक वर्ष २०७५–७६ को वार्षिक कार्यक्रम अन्तर्गत सौर्य सिंचाई पम्पिङ्ग कार्यक्रमका लागि छनोट भएका देशभरिका ४ सय ६० योजना मध्ये ओखलढुंगाका ८ वटा योजना छनोटमा परेका हुन् । जसमा चिशंखुगढी गाउँपालिका १ माझीटारमा १ वटा, सुनकोसी गाउँपालिका १ र २ बलखुबेँसीमा २ वटा, लिखु गाउँपालिका १ नौबीसे र रातमाटेमा २ वटा, चम्पादेवी गाउँपालिका २ भुल्केटार र ६ ताप्केमा २ वटा योजना रहेका छन् । यी योजना आफुले पारेको खतिवडाको दावी छ ।
केन्द्रको नवीकरणीय ऊर्जा अनुदान परिचालन कार्यविधि, २०७३ बमोजिम कृषिमा आधारीत सौर्य सिंचाई पम्पीङ्ग प्रणाली जडान गर्ने कार्यक्रमलाई व्यक्तिगत सौर्य सिंचाई योजना र सामुदायिक सौर्य सिंचाई योजना गरी २ भागमा विभाजन गरिएको छ । जसअन्तर्गत व्यक्तिगत सौर्य सिंचाई योजनाको हकमा ५ लाखभित्रका योजना केन्द्रमा सुचिकृत भएका कम्पनी मार्फत सोझै जडान गरिने र ५ लाख भन्दामाथिका योजनाहरु कार्यान्वयन गर्दा सुचिकृत कम्पनी आफैले विस्तृत संभाव्यता अध्यन गरी केन्द्रको स्वीकृती लिई जडान प्रकृया अगाडी बढाउने केन्द्रले जनाएको छ ।

तपाईको प्रतिक्रिया

राजकुमार मगरको ‘सुनकोशीको पुल’ बजारमा Download Listen
अागलागी र बाढी पहिराे राेकाैं Download Listen
बालविवाह नगराैं / नगराअाैं Download Listen
जनहितमा जारी सन्देश : दशै‌ंमा जुवा तास नखेलौं Download Listen
audio 3 Download Listen
audio 2 Download Listen
asudio 1 Download Listen