- पूर्णप्रसाद न्याैपाने

ओखलढुंगा- ओखलढुंगाको खिजीफलाटेमा मालपोतको सेवा सुरु भएको छ । जिल्लाको सबैभन्दा दुर्गममा पर्ने खिजीदेम्बा गाउँपालिकाको केन्द्रमा पर्ने फलाटेबजारमा सोमबारबाट मालपोतको सेवा सुरु गरिएको हो । आवश्यक व्यवस्थानि पछि सेवा सुरु गरिएको मालपोत कार्यालय खिजीफलाटेका प्रमुख राजन दाहालले बताए । पायक पर्ने क्षेत्रका नागरिकले कार्यालयमा आएर सेवा लिन सक्ने उनको भनाई छ । ‘हामीले सेवा सुरु गरिसकेका छौं । पायक पर्ने क्षेत्रका सेवाग्राहीले सेवा लिन सक्नुहुन्छ ।’ प्रमुख दाहालले भने । मालपोतसँगै नापी कार्यालयबाट उपलब्ध सेवा पनि सुरु गरिएको छ ।

गाउँमै मालपोत र नापीको सेवा पाउने भएपछि त्यसक्षेत्रका स्थानीयलाई निकै सहज भएको छ । यसअघि छिमेकी तीन जिल्ला रामेछाप, सिन्धुली र उदयपुर घुमेर सदरमुकाम आई जग्गा कारोबार गर्नुपर्ने स्थानीयको बाध्यता थियो । सोमबारबाट गाउँमै सेवा सुरु भएसँगै खिजीदेम्बा र आसपासका क्षेत्रका नागरिकको त्यो बाध्यता हटेको छ । गाउँमै सेवा पाएपछि त्यस क्षेत्रका नागरिक खुसी भएका छन् ।
यज्ञराजका बाचा पाँच वर्षमा पुरा
खिजीफलाटेमा मालपोत र नापी कार्यालय स्थापनाका लागि करिब दुई दशक अघि नै प्रकृया अघि बढाईएको थियो । राज्यको माथिल्लो निकायसम्म त्यस क्षेत्रका नागरिकको पहुँच नपुग्दा त्यो निर्णय हुनसकेको थिएन । यज्ञराज सुनुवार पहिलो पकट २०७० सालमा सभाषद्मा निर्वाचित भएपछि त्यहाँका स्थानीयले मालपोत नापी र ईलाका प्रशासन स्थापनाका लागि पहल गर्न अनुरोध गरेका थिए । ६ सय १ सांसदले प्रतिनिधित्व गर्ने तत्कालिन संविधानसभामा भएका अरु सांसदको भन्दा उत्कृष्ट काम गर्न र बाचा पुरा गर्न भन्दै खिजीदेम्बा गाउँबासीले ६ सय १ मिटर लामो फुलको माला लगाएर सम्मान गरेका थिए । त्यो बेला जसरी खिजीमा मालपोत,नापी र इलाका प्रशासन स्थापना गराएर गाउँमै सेवा दिने यज्ञराजको बाचा पाँच वर्ष पछि पुरा भएको छ । ‘मलाई २०७० सालमा खिजीबासीले बोक्नै नसक्ने गरि माला लगाएर खबरदारीपूर्ण सम्मान गर्दै माग गरेका कुरा आज पुरा भएका छन् ।’ प्रतिनिधिसभा सदस्य सांसद सुनुवारले भने,‘गाउँमा सेवा पाउँदा खिजीबासी जति खुसी छन् त्यो भन्दा बढि म खुसी छु, थप गुणस्तरीय सेवाका लागि पहल गरिनेछ ।’ यसअघि कांग्रेस र एमालेको सरकार हुँदा खिजीमा मालपोत,नापी र प्रशासन स्थापना गर्ने निर्णय भएको थियो । इलाका प्रशासनको सेवा अघिल्लो वर्ष नै सुचारु भईसकेको छ । खिजीमा बैंक नभएको र प्राविधिक कुरा मिलाउन समय लागेकाले मालपोत र नापीको सेवा केही ढिला गरेर सुरु गरिएको जनाईएको छ ।
तत्काल मालपोत र नापीको सेवा सुरु गराउन माग गर्दै खिजीदेम्बा ४ का अध्यक्ष कमल न्यौपाने र सांसद यज्ञराज सुनुवार गत जेठमा कृषि भूमि तथा सहकारी मन्त्रालयमा पुगेर ताकेता गरेका थिए ।


सेवा सोमबारबाट सुरु भएपनि औपचारिक उद्घाटन केही दिन पछि गरिने मालपोत कार्यालय खिजीफलाटेले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया

राजकुमार मगरको ‘सुनकोशीको पुल’ बजारमा Download Listen
अागलागी र बाढी पहिराे राेकाैं Download Listen
बालविवाह नगराैं / नगराअाैं Download Listen
जनहितमा जारी सन्देश : दशै‌ंमा जुवा तास नखेलौं Download Listen
audio 3 Download Listen
audio 2 Download Listen
asudio 1 Download Listen