ओखलढुंगा- ओखलढुंगाको खिजीदेम्बा गाउँपालिका ४ का अध्यक्ष कमलप्रसाद न्यौपानेले आफ्नो घर प्रवलिकरण गरेर नमुना देखाउने भएका छन् । भूकम्पबाट गाउँका धेरै घरहरु जोखिममा रहेकाले ति संरचनाहरु भूकम्प प्रतिरोधक बनाउन सन्देश दिने उद्देश्यले अध्यक्ष आफैंले नमुना प्रस्तुत गर्ने भएका हुन् ।

२०७२ को भूकम्पबाट जिर्ण भएका घर संरचनाकै कारण अर्को ठुलो क्षति नहोस् भनेर आफुले प्रवलिकरणको अभियानलाई प्राथमिकता दिएको अध्यक्ष न्यौपानेले बताए । ‘सक्नेहरुले अर्को घर बनाए,नसक्नेहरु तिनै चर्के–मर्केका घरमा बसिरहेका छन् । अझ सुरक्षित आवास निर्माण गरेकाहरुले पनि पुरानो संरचना भत्काएका छैनन् ।’ वडा अध्यक्ष न्यौपानेले भने ‘अर्को विपद् आइपरे ठुलो जनधनको क्षति हुने प्रवल सम्भावना छ । त्यसैले कि जिर्ण संरचना भत्काऔं होइन भने जस्तोसुकै विपद् आउँदा नढल्ने गरि बलियो बनाऔं ।’ वडाका सबै नागरिकलाई जुनसुकैबेला प्राविधिक सहयोग गर्न वडा पालिकाले संयन्त्र तयार गरेको अध्यक्ष न्यौपानेले जानकारी दिए ।
विविसी मिडिया एक्सनको सहयोगमा खिजीकातीमा भिजन एफएमले आयोजना गरेको सामुदायिक छलफलका सहभागीहरुले विशेषखालको मर्मत (रेट्रोफिट) बारे अनविज्ञता प्रकट गरेपछि अध्यक्ष न्यौपानेले आफ्नो घर प्रवलिकरण गरेर नमुना देखाउने बचन दिएका हुन् । ‘जतिसुकै भनेपनि बोलेका भरमा नागरिकलाई बुझाउन नसकिने रहेछ । मैले अर्को घर बनाइसकेँ आवश्यकता त छैन तर नागरिकलाई नमुना देखाउन म आफ्नै घर प्रवलिकरण गर्छु र गाउँका सबैलाई बोलाएर देखाउँछु ।’ गाउँपालिकाको सार्वजानिक सेवा तथा क्षमता विकास समितिका संयोजक समेत रहेका न्यौपानेले भने ‘त्यहाँ आएर हेर्नुस्, कतिखर्च लाग्छ र के–के सामान जुटाउनुपर्छ भन्ने अनि गएर आफ्नो घर सुरक्षित बनाउनुस् । पालिका भित्रका सबै वडामा यो अभियान पु¥याउने मेरो पहल हुनेछ ।’ खिजीदेम्बा गाउँपालिका जिल्लामा भूकम्पबाट बढी प्रभावित क्षेत्र भएकाले रेट्रोफिट गर्दा हुने घर संरचना रेट्रोफिट गराउन र भत्काउनै पर्ने संरचना भत्काएर जोखिम न्यूनिकरणमा भूमिका खेल्ने बताए ।


भूकम्प प्रभावितहरुले मर्मतका नाममा लिपपोत र टालटुल मात्रै गरेकाले जोखिम झन बढेको प्राविधिक देबकृष्ण खड्काले बताए । ‘मर्मतका नाममा लिप्ने र टाल्नेहरु बढे यसले जोखिम ह्वात्तै बढेको छ ।’ खड्काले भने ‘त्यस्ता कतिपय घरहरु ठुलो हावा आउँदा पनि लड्ने सम्भावना रहन्छ त्यसैले विशेषखालको मर्मत रेट्रोफिट गर्नुपर्दछ ।’ खिजीकातीमा वडा अध्यक्षले नमुना देखाउने भएपछि त्यो हेरेर मिल्ने भए आफुहरुका घर प्रवलिकरण गर्ने स्थानीयले बताएका छन् । वडा कार्यालयका अनुसार खिजीकातीमा ७० भन्दा बढि घर प्रवलिकरण गर्नुपर्ने अवस्थाका छन् ।

विविसी मिडिया एक्सनको सहयोगमा भिजन एफएमले अाेखलढुंगा र खाेटाङ्गमा प्रवलिकरण सम्बन्धी सामुदायिक छलफल सञ्चालन गरिरहेकाे छ ।

 

तपाईको प्रतिक्रिया

राजकुमार मगरको ‘सुनकोशीको पुल’ बजारमा Download Listen
अागलागी र बाढी पहिराे राेकाैं Download Listen
बालविवाह नगराैं / नगराअाैं Download Listen
जनहितमा जारी सन्देश : दशै‌ंमा जुवा तास नखेलौं Download Listen
audio 3 Download Listen
audio 2 Download Listen
asudio 1 Download Listen