- पूर्णप्रसाद न्याैपाने

ओखलढुंगा- एक महिना लामो पर्व विदामा चुप बसेका शिक्षकहरुले विद्यालय खुलेसँगै आन्दोलन सुरु गरेका छन् । दशंैं अगावै देखि बन्द भएका विद्यालयहरु विहिबारबाट खुलेका छन् । विद्यालय बन्द हुँदा छुट्टी मनाएका शिक्षकहरु विद्यालय सञ्चालनमा आएपछि पठनपाठन गराउन छाडेर ओखलढुंगाका शिक्षकहरु आन्दोलनमा उत्रिएका हुन् । विभिन्न समयमा भएका सम्झौताहरु सरकारले कार्यान्वयन नगरेको भन्दै सदरमुकाममा भेला भएका शिक्षकहरुले शिक्षा विकास तथा समन्वय इकाइमा शुक्रबार पाँच घण्टा धर्ना दिएका छन् । विहान १० बजेबाट सुरु भएको धर्ना दिउँसो २ बसे सकिएको थियो । धर्ना तथा विरोध कार्यक्रममा नेपाल शिक्षक संघ, एकिकृत अखिल नेपाल शिक्षक संगठन, नेपाल राष्ट्रीय शिक्षक संगठनमा आवद्ध शिक्षकहरुको सहभागिता थियो । शिक्षक आन्दोलनमा हिँड्पछि विद्यालयको पठनपाठन प्रभावित भएको छ ।

नेपाल शिक्षक महासंघको आयोजनामा शिक्षकहरु आन्दोलनमा उत्रिएका हुन् । नेपाल सरकार र नेपाल शिक्षक महासंघ विच भएको सम्झौताको कार्यन्वयन नभएको भन्दै शिक्षकहरुले गरेको यो तेस्रो चरणको आन्दोलन हो । अघिल्लो दुई चरणमा भएका आन्दोलनमा नेपाल सरकार र नेपाल शिक्षक महासंघ विच भएको लिखित सहमतिहरु कार्यन्वयन नभएकाले फेरी तेस्रोचरणको आन्दोल गर्नुपरेको एकिकृत अखिल नेपाल शिक्षक संगठनका केन्द्रीय अर्थ उपमहासचिव कुलप्रसाद खतिवडाले बताए । ‘नेपाल सरकारलाई स्थायी, अस्थायी, राहत, विद्यालय कर्मचारी, बालकक्षाका शिक्षक लगायतको समस्यालाई प्याकेजमा समाधान गराउनका लागि तेश्रो चरणको आन्दोलन गरिएको हो ।’ खतिवडाले भने । सहमती कार्यान्वयन नभए थप कडा आन्दोलन गर्ने चेतावनी दिए ।

सरकार र शिक्षकहरु विच धेरै बुँदाहरुमा सहमति भएको तर सरकारले थोरै पनि कार्यान्वयनमा नल्याएकाले फेरि आन्दोलन थालिएको नेपाल राष्ट्रिय शिक्षक संगठन जिल्ला समिति ओखलढुंगाका अध्यक्ष ठाकुरनाथ अधिकारीको भनाई छ । उनले भने ‘माग पुरा नभए फेरी अर्को चरणको आन्दोन गरिने छ ।’ यस अघि सरकार र शिक्षक महासंघ विच सहमतिको नाममा मात्र सहमति भएको जस्तो सरकारको व्यबहारबाट देखिएकाले पुन ः आन्दोलन थालिएको नेपाल शिक्षक संघ जिल्ला कार्यसमितीका उपाध्यक्ष खिलाराज श्रेष्ठको भनाई छ । ‘विद्यालय कर्मचारीको दरबन्दी व्यवस्था र दरबन्दी मिलानका विषयमा समेत लिखित सहमती भएका थिए तर कार्यन्वय भएनन् ।’ उपाध्यक्ष श्रेष्ठले भने ।

स्थायी शिक्षकलाई समय पुगेपछी बढुवा गर्ने, अस्थायी लाई प्रक्रिया पु¥याएर स्थायी गर्ने, राहत शिक्षकलाई दरबन्दीमा ल्याउने, बाल कक्षाका शिक्षहरुलाई विद्यालय भित्र ल्याएर आधारभुत तहको शिक्षक बराबर तलब भत्ताको व्यवस्था गर्ने लगायतका विषयमा सरकार र शिक्षक महासंघ बिच लिखित सहमती भएको थियो ।

तपाईको प्रतिक्रिया

राजकुमार मगरको ‘सुनकोशीको पुल’ बजारमा Download Listen
अागलागी र बाढी पहिराे राेकाैं Download Listen
बालविवाह नगराैं / नगराअाैं Download Listen
जनहितमा जारी सन्देश : दशै‌ंमा जुवा तास नखेलौं Download Listen
audio 3 Download Listen
audio 2 Download Listen
asudio 1 Download Listen