- पूर्णप्रसाद न्याैपाने

ओखलढुंगा- ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिकाले वाक्साका अग्नी पीडितलाई राहत दिएको छ । दुई दिन अघि आगलागीबाट पशु चौपाय सहितको धनमाल गुमाएका पीडितलाई जनप्रतिनिधिहरुले घरैमा पुगेर राहत दिएका हुन् ।

सडकको पहुँच नभएकाले तत्कालित आवश्यकिय सामानहरु बोकर लगेर वितरण गरिएको गाउँपालिका उपाध्यक्ष सविता राईले बताईन् । ‘पीडितको पिडामा थोरै भएपनि मल्हम लगाउन प्रयास गयौं ।’ राईले भनिन् ‘सडकको सहज पहुँच नभएकाले काँधमै राहत सामाग्री लिएर गयौं, स्थानीय सरकारको तर्फबाट हुने सहयोग उपलब्ध गराएर फर्कियौं ।’ राहत बोकेर गाउँपालिका अध्यक्ष मोतीराज राई, उपाध्यक्ष सविता राई सहितका जनप्रतिनिधि र स्थानीय सरोकारवाला वाक्सा पुगेका थिए ।

गाउँपालिकाको तर्फबाट त्रिपाल, ब्लाङ्केट, नुन, तेल, चामल र वडाको तर्फबाट नगद सहयोग गरिएको वडा अध्यक्ष उमेश कार्कीले जानकारी दिए । ‘सबैतिर तिहारको रौनकहुँदा उनिहरुलाई पनि थप निराशा नहोस् भनेर तत्काल स्थानीय सरकारले अभिभावकत्व प्रदान गरेको छ ।’ अध्यक्ष कार्कीले भने । उनका अनुसार वडाले प्रति परिवार ५ हजारका दरले नगद सहयोग गरेको छ । वडाले अागलागी भएकै दिन पनि  प्रति परिवार १-१ बाेरा चामल,चिउरा,नुन र तेल सहयाेग गरेकाे थियाे । नेपाली कांग्रेसका स्थानीय नेता राममणी राईले पनि वाक्साका अग्नी पिडितलाई चामल,नुन तेल लगायतका सामाग्री सहयोग गरेका छन् ।

केही दिन अघि बच्चाले महुरीलाई आगो लगाउन खोज्दा सुरु भएको आगोले मानेभञ्ज्याङ गाउँपालिका–२, वाक्सामा आगलागी हुँदा चार घर जलेर नष्ट भएका थिए । आगोमा परेर चार वटै घरका पशु चौपाय र घर भित्र भएको धनमाल पूर्ण रुपमा नष्ट भएको थियो ।

आगोले नृपबहादुर कार्कीको घर तथा दुई भैंसी जलेका छन् । त्यस्तै जीतमाया राईको घर, गोठ र ९ ओटा बाख्रा जलेर मरेका छन्, धीरेन्द्र कार्की र अमृतबहादुर कार्कीका पनि घर जलेका छन् । आगाले एक करोड हाराहारीमा क्षति भएको प्रहरीको अनुमान छ । आगलागी पीडितहरु छिमेकी र आफन्तको सहारामा बसेका छन् ।

तपाईको प्रतिक्रिया

राजकुमार मगरको ‘सुनकोशीको पुल’ बजारमा Download Listen
अागलागी र बाढी पहिराे राेकाैं Download Listen
बालविवाह नगराैं / नगराअाैं Download Listen
जनहितमा जारी सन्देश : दशै‌ंमा जुवा तास नखेलौं Download Listen
audio 3 Download Listen
audio 2 Download Listen
asudio 1 Download Listen