- एसबी जेराे

ओखलढुंगा-मानेभञ्ज्यांग–३ उबुँमा सम्पन्न महिला भलिबल खेल प्रतियोगिताको उपाधी सकृय स्वास्थ्य आमा समूह टिम ‘बी’ ले जितेको छ । सकृय स्वास्थ्य आमा समूह उबुँको आयोजनामा सम्पन्न प्रतियोगितामा प्रथम उपाधी सकृय स्वास्थ्य आमा समूहकै टिम ‘बी’ ले जितेको हो । आयोजक समूहकै टिम ‘ए’ प्रतियोगिताको दोश्रो भएको छ । मानेभञ्ज्यांग गाउँपालिका–३ उबुँ भित्रका आठ महिला समूहले प्रतिष्पर्धा गरेको खेलमा सौजन्य युवा क्लब दार्बु तेश्रो भएको छ ।प्रतियोगितामा पहिलो, दोश्रो र तेस्रो भएका महिला भलिबल टिमहरुले क्रमशः नगद १३ हजार, नौ हजार, पाँच हजार साथमा शिल्ड मेडल र प्रमाण–पत्र पुरस्कार पाएका छन् । तिहारको अवसरमा सकृय स्वास्थ्य आमा समूहले उबुँ भित्रका महिला भलिबल तथा पुरुष ब्याटमिन्टन खेल प्रतियोगिताको आयोजना गरेको थियो । पुरुष ब्याटमिन्टन तर्फ बिकेन राई र हेमन राईको समूह पहिलो भएको छ । सौराज राई र रोहित राईको समूहले द्वितिय स्थान हासिल गरे भने युवराज राई र कोयल राई साथै मनिष राई र एकजुकेएल राईको समूहले सान्त्वना स्थान हासिल गरेका थिए । विजेता टिमहरु नगद, शिल्ड, मेडल प्रमाण–पत्र द्वारा पुरस्कृत भएका छन् ।आमा समूहले स्थानिय विभिन्न व्यक्तिहरुको आर्थिक तथा भौतिक सहयोगमा प्रतियोगिताको आयोजना गरिएको समूहकी सह–सचिव कृष्णकुमारी राईले बताईन् । राईका अनुसार बृटिश तथा ईन्डीयन आर्मिका भुपु शैनिक लगायत शिक्षक तथा समाजसेवीहरुको सहयोगमा प्रतियोगिता सञ्चालन गरिएको हो । प्रतियोगिता सञ्चालनका लागि आर्थिक तथा भौतिक सहयोग गर्ने व्यक्तिहरुलाई सम्मान–पत्र द्वारा सम्मानित गरिएको छ । मानेभञ्ज्यांग गाउँपालिकाका उपाध्यक्ष सविता राईको प्रमुख आतिथ्यतामा विजेता समूह तथा सहयोगि व्यक्तीहरुलाई सम्मान तथा पुरस्कृत गरिएको थियो ।

तपाईको प्रतिक्रिया

राजकुमार मगरको ‘सुनकोशीको पुल’ बजारमा Download Listen
अागलागी र बाढी पहिराे राेकाैं Download Listen
बालविवाह नगराैं / नगराअाैं Download Listen
जनहितमा जारी सन्देश : दशै‌ंमा जुवा तास नखेलौं Download Listen
audio 3 Download Listen
audio 2 Download Listen
asudio 1 Download Listen