- पूर्णप्रसाद न्याैपाने

ओखलढुंगा- ओखलढुंगाका २ पर्यटकिय गन्तव्यलाई सरकारले प्रवद्र्धन गर्ने भएको छ । संस्कृती, पर्यटन तथा नागरिक उड्यान मन्त्रालयले ओझेलमा परेका देशका एक सय वटा नयाँ छनौट गरेको पर्यटकीय गन्तव्यमा ओखलढुंगाको थोलेदेम्बा डाँडा र पोकली झरना परेका हुन् । स्थापित तथा प्रवद्र्धन गरिनुपर्नेमा पोकली झरना र नयाँ तथा विकास गरिनुपर्नेमा थोलेदेम्बा डाँडा उल्लेख गरिएको छ ।
पोकली झरना :
ओखलढुंगाको जिल्लाको लिखु गाउँपालिकामा पर्ने पोकली झरना १ सय ३० मिटर उचाईको झरना हो । पोकली झरनाको पर्यटन प्रवद्र्धनका लागि २०६५ बैशाख २२ गते पर्यटन महोत्सव गरिएको थियो । तत्कालीन प्रधानमन्त्री पुष्पकलम दाहालले पोकली झरनाको पर्यटन प्रवद्र्धनका लागि पहल गर्ने प्रतिवद्धता जनाएका थिए । गतवर्ष देखि पोकली झरना अंकित हुलाक टिकट समेत प्रचलनमा आईसकेको छ । २०६४ सालमा बालकृष्ण ढुंगेल सभाषद निर्वाचित भएपछि पहिलो पटक पोकली झरनालाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने योजना अघि सारेका थिए ।
थोलेदेम्बा डाँडा :
ओखलढुंगाको खिजीदेम्बा गाउँपालिकामा पर्ने थालेदेम्बा डाँडा नेपालका प्रमुख उस्ता उस्तै अग्ला सात वटा अग्ला डाँडा मध्येको एक हो । ओखलढुंगा जिल्लाकै उच्च भागमा रहेको देम्बा डाँडाको उचाई एक ३ हजार १ सय ५० मिटर छ । दर्जनौं हिमश्रङखला सहितका मनोरम रमणीय दृष्यको प्रत्यक्ष अवलोकन गर्न सकिने देम्बा डाँडाको प्रचार प्रसार र पुर्वाधार निर्माण नहुँदा अझेलमा थियो ।

२०७० सालमा यज्ञराज सुनुवार सभाषद निर्वाचित भएपछि पहिलो पटक देम्बालाई पर्यटकिय क्षेत्र विकासको योजना अघि सारेका थिए । देम्बा डाँडालाई पर्यटकिय क्षेत्रको रुपमा विकास गर्ने उद्देश्यले २०७४ बैशाख १ गते प्रथम थोलेदेम्बा महोत्सव गरिएको थियो । महोत्सव उद्घाटन गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले थोलेदेम्बो विकास र पवद्र्धनका लागि सरकारले योजना बनाएर काम गर्ने प्रतिवद्धता जनाएकी थिईन् । यसवर्ष पनि दोस्रो थोलेदेम्बा महोत्सव गर्ने तयारी भईरहेको छ । 

आफुहरुको पहल र राष्ट्रपतिको प्रतिवद्धता अनुसार सरकारको थोेलेदेम्बालाई प्राथमिकतामा राखेर पर्यटन प्रवद्र्धन गर्ने भएपछि अब त्यसक्षेत्रले मुहारफेर्ने पोकली थोलेदेम्बा पिके पर्यटन विकास संरक्षण समितिका अध्यक्ष डेण्डी शेर्पाले बताए । ‘हामी आफैंले पहल गरेर त थोलेदेम्बाको पर्यटन प्रवद्र्धनमा जुटिरहेका थियौं सरकारको साथ मिल्यो । अब झन धेरै विकास गरेर पर्यटक भित्राईन्छ ।’ शेर्पाले भने ।
सोलुखुम्बुका तीन गन्तव्य सरकारको प्राथमिकतामा : 
सरकारले प्रबद्र्धन गर्न लागेको एक सय वटा पर्यटकीय गन्तव्यमा सोलुखुम्बुका तीन वटा गन्तव्य परेकाछन् । सोलुखुम्बुमा पर्ने विश्वको सर्वोच्च शिखर सगरमाथा सहित खुम्बु पासाङल्हामु गाउँपालिकामा रहेको स्याङबोचे र महाकुलुङ गाउँपालिकामा रहेको पाँच पोखरी सय पवद्र्धन गरिने पर्यटकीय गन्तव्य भित्र परेका हुन् । सगरमाथा र स्याङबोचेलाई स्थापित तथा प्रवद्र्धन गरिनुपर्ने र पाँच पोखरीलाई नयाँ तथा विकास गरिनुपर्ने गन्तव्यका रुपमा सुचिकृत गरिएको छ ।
स्थानीय, प्रदेश सरकार तथा नेपाल पर्यटन बोर्डवाट सिफारिस गरिएका नयाँ ६ सय भन्दा बढी गन्तव्यवाट एक सय वटा नयाँ गन्तव्य छनोट गरिएको संस्कृति, पर्यटन तथा नागरिक उड्यान मन्त्रालयका प्रवक्ता घनश्याम उपाध्यायले जानकारी दिए । पर्यटन उद्योगलाई राष्ट्रिय अर्थतन्त्रको एक प्रमुख आधारको रुपमा विकास गर्ने लक्ष्य अनुसार पयर्यटकीय क्षेत्र विकासमा सरकार लागि परेको प्रवक्ता उपाध्यायको भनाई छ । ‘नयाँ पर्यटकीय गन्तव्यहरुको विविधिकरण गर्दै सो बाट प्राप्त लाभ जनस्तर सम्म लैजाने सरकारको योजना हो ।’ उपाध्ययाले भने ।
मन्त्रालयका अनुसार छनोटमा परेका पर्यटकीय गन्तव्यहरु निजी क्षेत्र, स्थानीय सरकार र स्थानीयको सहयोगमा घुम्न योग्य बनाइनेछन् । प्रशस्त सम्भावना भएपनि ओझेलमा परेका यस्ता गन्तव्यको प्रचार प्रसार तथा संरक्षण गर्न सरकारले आवश्यक बजेट विनियोजन गरेको छ । नयाँ पर्यटकीय गन्तव्य प्रवद्र्धन गर्न चालु आर्थिक वर्षमा ५० करोड रुपैयाँ बिनियोजन गरिएको संस्कृती, पर्यटन तथा नागरिक उड्यान मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया

राजकुमार मगरको ‘सुनकोशीको पुल’ बजारमा Download Listen
अागलागी र बाढी पहिराे राेकाैं Download Listen
बालविवाह नगराैं / नगराअाैं Download Listen
जनहितमा जारी सन्देश : दशै‌ंमा जुवा तास नखेलौं Download Listen
audio 3 Download Listen
audio 2 Download Listen
asudio 1 Download Listen