- एसबी जेराे

ओखलढुंगा–सुनकोशी गाउँपालिका–९ ककनीका विपन्न बालबालिका लाई शैक्षिक सामाग्रि वितरण गरिएको छ । चम्पादेवी आधारभुत विद्यालयका १८ जना विपन्न छात्र–छात्रा लाई शैक्षिक सामाग्री वितरण गरिएको हो । नेपाली कांग्रेस महासमिती सदस्य कुमार लुईटेलको आर्थिक सहयोगमा उपलब्ध शैक्षिक सामाग्रि १८ जना विद्यार्थीहरुलाई वितरण गरिएको श्रोतले जनाएको छ । श्रोतका अनुसार प्रत्येक विद्यार्थीलाई एक–एक दर्जन कपि र डट्पेन वितरण गरिएको छ । केहि दिन अघि चम्पादेवी ककनीमा ककनी झरना युवा क्लब सुनकोशी गाउँपलिका–९ ले आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरिएको थियो । विद्यालयका अनुसार महासमिती सदस्य लुईटेल आफैले विद्यार्थीहरुलाई शैक्षिक सामाग्री हस्तान्तरण गरेका थिए । कार्यक्रममा पुर्व माननिय रामहरि खतिवडा, सुनकोशी गाउँपलिका प्रमुख रुद्रप्रसाद अधिकारी लगायत जनप्रतिनिधी सरोकारवालाहरुको सहभागिता थियो ।

तपाईको प्रतिक्रिया

राजकुमार मगरको ‘सुनकोशीको पुल’ बजारमा Download Listen
अागलागी र बाढी पहिराे राेकाैं Download Listen
बालविवाह नगराैं / नगराअाैं Download Listen
जनहितमा जारी सन्देश : दशै‌ंमा जुवा तास नखेलौं Download Listen
audio 3 Download Listen
audio 2 Download Listen
asudio 1 Download Listen