- एसबी जेराे

ओखलढुंगा–स्वर्गिय आमाको सम्झनामा स्वास्थ्य चौकीलाई आराम बेन्च प्रदान गरिएको छ । सुनकोशी गाउँपालिका–१ को बलखु स्वास्थ्य चौकीलाई स्वर्गिय आमाको सम्झनामा एक थान फलामे आराम बेन्च प्रदान गरिएको हो । पवित्रा अधिकारीको बार्षिक पुण्यतिथीको अवसरमा उनका तिनजना छोराहरु चन्द्रबहादुर अधिकारी, मानबहादुर अधिकारी र लोकेन्द्र अधिकारीले स्वास्थ्य चौकिलाई आराम बेन्च प्रदान गरेका हुन् । करिब दश हजार पर्ने फलामे आराम बेन्च स्वास्थ्य चौकीलाई निःशुल्क प्रदान गरिएको श्रोतले जनाएको छ । आफ्नो आमा, बुवाको बार्षिक पुण्यतिथीमा भाडाकुडा, लत्ता कपडा, गाई दान गर्ने चलन भन्दा फरक सामाजीक काम गरौँ भन्ने उद्देश्यले स्वास्थ्य चौकीलाई आराम बेन्च उपलब्ध गराईएको परिवारको भनाई छ । अधिकारी तिन दाजुभाईले प्रदान गरेको फलामे आराम बेन्चले उपचारका लागि बलखु स्वास्थ्य चौकीमा आएर पालो पर्खने विरामीलाई सहज भएको अनमी पुष्पा लुईटेलले बताईन् । 

बलखु स्वास्थ्य चौकीलाई आराम बेन्च हस्तान्तरण गर्दै । तस्विर–पुष्पा लुईटेल

तपाईको प्रतिक्रिया

राजकुमार मगरको ‘सुनकोशीको पुल’ बजारमा Download Listen
अागलागी र बाढी पहिराे राेकाैं Download Listen
बालविवाह नगराैं / नगराअाैं Download Listen
जनहितमा जारी सन्देश : दशै‌ंमा जुवा तास नखेलौं Download Listen
audio 3 Download Listen
audio 2 Download Listen
asudio 1 Download Listen