- भिजन समाचार

ओखलढुंगा- ओखलढुंगामा करको विरोध गर्दै नेकपा क्रान्तिकारी माओवादीले आन्दोलन थालेको छ । कर र मुल्य वृद्धि रोक्न माग गर्दै घोषणा गरिएको आन्दोलन अन्तरगत पहिलो चरणमा भित्ते लेखन सुरु गरेको छ । स्थानीय सरकारले कर बढाएर नागरिकलाई आर्थिक भार थपेको र महंगी बढाएको भन्दै मोहन बैद्य नेतृत्वको माओवादीले भित्ते लेखन सुरु गरेको हो ।


संघ, प्रदेश र स्थानीय सञ्चालनका नाममा विपन्न नागरिकबाट शुल्क उठाउने काम रोक्न माग गर्दै पहिलो चरणमा भित्तेलेखन मार्फत सबैलाई सचेत गराईएको नेकपा क्रान्तिकारी माओवादीका जिल्ला सेक्रेटरी रुद्र फुयाल पर्वतले बताए । स्थानीय सरकारले मनोमानी रुपमा उठाएको कर फिर्ता नगरे कडा आन्दोलन गर्ने पार्टीको निति रहेको उनको भनाई छ । ‘गरिब जनतासँग कर का नाममा जथाभावी पैसा उठाएर केही निश्चित व्यक्तिले रजाँई गरिरहेका छन् त्यसको हामी भण्डाफोर गर्छौं ।’ सेक्रेटरी फुयालले भने,‘पहिलो चरणमा भित्तेलेखन थालेका छौं । अर्को चरण जनताको बलमा कडा आन्दोलन हुनेछ ।’ कर बढाएपछि त्यसको मौका छोपेर व्यापारीले मंहगी बढाएको क्रान्तीकारी माओवादीको ठहर छ ।

करका कारण महंगी बढेको भएपनि अनुगमन र कारबाही तर्फ सरकारको ध्यान नपुगेको माओवादी नेताहरु बताउँछन् ।
मुल्य वृद्धि कर वृद्धि तत्काल फिर्ता गर,वैज्ञानिक शिक्षा लागु गर लगायतका नारा माओवादीले गाउँपालिका तथा वडा कार्यालय र विद्यालयहरुका भित्तामा लेखेको छ । मोलुङ र खिजीदेम्बाबाट अभियान थालेको माओवादीले अहिले जिल्लाका अन्य स्थानीय तहका कार्यलयका भित्ता लेखिरेको छ ।

तपाईको प्रतिक्रिया

राजकुमार मगरको ‘सुनकोशीको पुल’ बजारमा Download Listen
अागलागी र बाढी पहिराे राेकाैं Download Listen
बालविवाह नगराैं / नगराअाैं Download Listen
जनहितमा जारी सन्देश : दशै‌ंमा जुवा तास नखेलौं Download Listen
audio 3 Download Listen
audio 2 Download Listen
asudio 1 Download Listen