- पूर्णप्रसाद न्याैपाने

ओखलढुंगा- ओखलढुंगाको सुनकोशी गाउँपालिका ५ स्थित मुलखर्कमा निर्माण हुने गोम्बालाई निःशुल्क जग्गा प्राप्त भएको छ । मुलखर्कमा निर्माण हुने ऋसाङखु छ्योलिङ तामाङ गोम्बालाई स्थानीयहरुले २५ लाख रुपैयाँ बराबरको जग्गा निशुल्क उपलब्ध गराएका हुन् ।


गुम्बाका संस्थापक अध्यक्ष तथा साविक मुलखर्क गाविसका पूर्व अध्यक्ष पञ्चबहादुर तामाङको नेतृत्व दाताहरुले मंगलबार आफ्नो नाममा भएको जग्गा गोम्बाका नाममा नामसारी गरिदिएका छन् । अध्यक्ष तामाङले १ रोपनी,स्वर्गीय जवरबहादुर तामाङको नाममा रहेको १ रोपनी,चिनिमायाँ तामाङले ११ आना १ पैसा ३ दाम,फुलमान तामाङले १ रोपनी, धनज्योती तामाङले १ रोपनी, बीरबहादुर तामाङ १ रोपनी,सुमन कुमार तामाङ १ रोपनी र सुनकोशी गाउँपालिका ५ का वडा अध्यक्ष गोविन्दराम तामाङले २ रोपनी जग्गा गोम्बालाई दान गरेका छन् ।

यसअघि स्थानीय प्रतिमान तामाङले पनि २ रोपनी जग्गा गोम्बाको नाममा पास गरिदिईसकेका थिए । अझै करिब १० रोपनी जग्गा निशुल्क उपलब्ध हुने वडा अध्यक्ष गोविन्दराम तामाङले जानकारी दिए । उनका अनुसार गोम्बाका नाममा १४ रोपनी ८ आना १ पैसा १ दाम पुरानो जग्गा छ ।
गोम्बा निर्माण लागि वडा कार्यालयले समेत विशेष सहयोग गर्ने योजना अघि सारेको जनाईएको छ ।

तपाईको प्रतिक्रिया

राजकुमार मगरको ‘सुनकोशीको पुल’ बजारमा Download Listen
अागलागी र बाढी पहिराे राेकाैं Download Listen
बालविवाह नगराैं / नगराअाैं Download Listen
जनहितमा जारी सन्देश : दशै‌ंमा जुवा तास नखेलौं Download Listen
audio 3 Download Listen
audio 2 Download Listen
asudio 1 Download Listen