- पूर्णप्रसाद न्याैपाने

ओखलढुंगा- ओखलढुंगाका सांसद अम्बिरबाबु गुरुङले जिल्लाको खिजीकातीमा निर्माणाधिन गुम्बाका लागि ५ लाख सहयोग गर्ने घोषणा गर्नुभएको छ । खिजीदेम्बा गाउँपालिका ४ स्थित चर्नालुमा ङवाङ थोचेन लामाको पहलमा बन्दै गरेको गुम्बाका लागि सांसद गुरुङले सहयोग गर्ने बताउनु भएको हो ।
नाम्ड्रोल थर्पालिङ गोन्पाले बुधबार शुभकामना आदान–प्रदान र छ्योकर पुजा कार्यक्रम आयोजना गरेको थियो । उक्त कार्यक्रमकै दिन राजधानीमा भिजनसमाचारसँग कुरा गर्दै सांसद गुरुङले सहयोगको घोषणा गर्नु भएको हो । ‘तत्काल म चर्नालु गुम्बालाई पाँच लाख सहयोग गर्छु ।’ प्रदेशसभा सदस्य गुरुङले भन्नुभयो ‘गुम्बा निर्माण र व्यवस्थापनका लागि पछिल्ला दिनहरुमा पनि मेरो सहयोग रहन्छ ।’ सांसद गुरुङले समृद्ध ओखलढुंगा बनाउने अभियानमा आफु प्रयत्नशिल रहेको बताउनुभयो ।
गुम्बामा भएको अनुगमन तथा शुभकामना आदान प्रदान कार्यक्रमका प्रमुख अतिथि सांसद यज्ञराज सुनुवारले गुम्बा निर्माणमा जुट्न सबैलाई आग्रह गर्नुभयो । सबैको एकताले मात्रै विकास सम्भव रहेको भन्दै सांसद सुनुवारले एकताबद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिनुभयो । खिजीदेम्बा सहित समग्र जिल्लाको विकासका लागि जनप्रतिनिधिले पहल गरिरहेको उहाँको भनाई थियो ।
कार्यक्रममा सांसद सहितका अतिथिलाई स्वागत गर्दै वडा अध्यक्ष कमलप्रसाद न्यौपानेले खिजीकातीलाई केन्द्रभागमा राखेर जिल्लाको विकासमा जुट्न सांसदहरुलाई आग्रह गर्नुभएको थियो । जिल्लाकै दुर्गम क्षेत्रमा पर्ने खिजीदेम्बा क्षेत्रको विकासलाई प्राथमिकतामा राख्न अध्यक्ष न्यौपानेले सांसदहरुको ध्यानाकर्षण समेत गराउनुभएको थियो । कार्यक्रमका अन्य वत्ताहरुले गुम्बा निर्माणमा सक्दो सहयोग गर्ने बचन दिएका छन् । कार्यक्रममा विभिन्न स्थानीय जातजातीको झाँकी समेत प्रदर्शन गरिएको थियो । कार्यक्रममा स्थानीयकाे उल्लेख्य सहभागीता थियाे ।
नाम्ड्रोल थर्पालिङ गोन्पाका अध्यक्ष ङवाङ थोचेन लामाले सहयोगी सबैलाई धन्यवाद दिनुभयो । सबैको साथ र सहयोगबाट गुम्बा निर्माणको काम अघि बढाईरहेको भन्दै सहयोगीहरुलाई सम्मान गर्ने समेत उद्घोष गर्नुभयो । गुम्बा निर्माणको काम सक्न अझै करिब ४० लाख बजेट आवश्यक पर्ने जनाईएको छ ।

तपाईको प्रतिक्रिया

राजकुमार मगरको ‘सुनकोशीको पुल’ बजारमा Download Listen
अागलागी र बाढी पहिराे राेकाैं Download Listen
बालविवाह नगराैं / नगराअाैं Download Listen
जनहितमा जारी सन्देश : दशै‌ंमा जुवा तास नखेलौं Download Listen
audio 3 Download Listen
audio 2 Download Listen
asudio 1 Download Listen