- भिजन समाचार

ओखलढुंगा- ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका ६ थाक्लेका वडा अध्यक्ष हेमराज राई विरुद्ध प्रहरीले सार्वजनिक अपराधको मुद्दा दर्ता गरेको छ । मादक पदार्थ सेवन गरेर सर्वसाधारणलाई कुटेको आरोपमा राई विरुद्ध प्रहरीले मुद्दा चलाएको हो ।

वडाअध्यक्ष राईले मापसे गरेर स्थानीय व्यवसायी र युवलाई कुटेको भन्ने उजुरी आएपछि पक्राउ गरेर एकसाताको म्याद थप गरि मुद्दा चलाईएको जिल्ला प्रहरी प्रमुख अनन्तराम शर्माले बताए । शर्माका अनुसार वडाअध्यक्ष राईले शनिबार मापसे गरेर अर्पण आयल हर्कपुरमा काम गर्ने मदन तिमिल्सीना स्थानीय युवा ठाकुर अधिकारीमाथि आक्रमण गरेपछि राई प्रहरी खोरमा पुगेका हुन् । जिम्मेवार व्यक्ति नै झपडमा उत्रिएपछि कानुनी कारवाही गर्नुपरेको प्रहरीले जनाएको छ ।
वडा अध्यक्षबाटै असुरक्षित भएपछि प्रहरीमा उजुरी गर्नुपरेको पीडित पक्षको गुनासो छ । घटनापछि पीडितले उजुरी गरेसँगै जिल्ला सदरमुकामबाट खटिएको प्रहरीले वडाअध्यक्ष राईलाई हर्कपुरबाटै पक्राउ गरेको थियो । राई स्थानीय निर्वाचनमा नेपाली कांग्रेसबाट उमेद्वार बनेर वडा अध्यक्षमा निर्वाचित भएका थिए ।

तपाईको प्रतिक्रिया

राजकुमार मगरको ‘सुनकोशीको पुल’ बजारमा Download Listen
अागलागी र बाढी पहिराे राेकाैं Download Listen
बालविवाह नगराैं / नगराअाैं Download Listen
जनहितमा जारी सन्देश : दशै‌ंमा जुवा तास नखेलौं Download Listen
audio 3 Download Listen
audio 2 Download Listen
asudio 1 Download Listen