- पूर्णप्रसाद न्याैपाने

ओखलढुंगा- ओखलढुंगाका सांसद अम्बिरबाबु गुरुङले जनप्रतिनिधि बिचमा सहकार्य नहुँदा विकास प्रभावित भएको बताएका छन् । उद्योग वाणिज्य संघ ओखलढुंगाले आयोजना गरेको दशैं विशेष शुभकामना आदान–प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश सभा सदस्य गुरुङले यस्तो बताएका हुन् । ‘प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहमा निर्वाचित जनप्रतिनिधि बीचमा पटक्कै सहकार्य भएन । कहाँ कस्ले के गर्दैछ भन्ने कसैलाई थाहा नभएको परिस्थिती छ ।’ सांसद गुरुङले भने ‘जनप्रतिनिधि एकैठाँउ बसेर विकासको गुरु योजना बनाएर अघि नबढ्ने हो भने जनताको चाहाना अनुसार केही काम हुँदैन र हामीले भनेको समृद्धि सपनामा सिमित हुन्छ ।’ सांसद गुरुङले स्थानीय तहहरुले विकासको खाका बनाउन नसकेको समेत बताए । संविधानको परिकल्पना देशमा तीनवटा सरकारको सहकार्यबाट समृद्धि ल्याउने भएपनि जनप्रतिनिधिहरुले संघियता नबुझेकाले समस्या आएको उनको तर्क थियो । रुम्टाजारमा अायाेजित कार्यक्रममा पनि सांसद गुरुङले अाेखलढुंगाका जनप्रतिनिधि बिचमा समन्वयकाे अभाव रहेकाे बताएका थिए ।

राम्रो काम गर्ने स्थानीय सरकारलाई पुरस्कृत गर्ने १ नम्बर प्रदेश सरकारको योजना रहेको भएपनि चर्चा योग्य काम कुनै स्थानीय तहले गर्न नसकेको बताएका हुन् । ‘बजेट जतिपनि आएको छ तर खै कहाँ कति भयो विकास ? त्यसको गोठालो गर्ने मान्छे भएन । स्थानीय सरकारले टुक्रे योजना छानेर रकम सक्यो ।’ उनले भने ‘कनिका छरेझैं छरेको बजेटबाट हुने विकासले समृद्धि आउँदैन ।’ आगामी वर्ष देखि विकास बजेट कम्तीमा १० लाख विनियोेजन गर्नुपर्ने निति बनाउन आफुले पलह गरिरहेको सांसद गुरुङले बताए । स्थानीय सरकारका पदाधिकारीका विरुद्ध अख्तियारमा उजुरी पर्न थालेको बताउँदै विवादमा नमुछिन स्थानीय तहका जनप्रतिनिधिलाई सुझाएका छन् ।

सांसद गुरुङले १ नम्बर प्रदेशको नामाकरण र राजधानीको विषय विवादरहित ढंगले टुंग्याउने तयारी भईरहेको जानकारी दिए । विवाद नगरी सर्वसम्मत हुनेगरि मुख्य मन्त्री शेरधन राईले राजधानी र प्रदेशको नामबारे गृहकार्य गरिरहेको सुनाउँदै सांसद गुरुङले भने,‘कसैले विमत्ति राख्नु नपर्नेगरि प्रदेशको नाम र राजधानीको विषय टुंग्याउने मुख्य मन्त्रीको तयारी छ । केही समयमै निर्णय हुन्छ ।’ ओखलढुंगाको विकासका लागि आफुले गरेका सक्दो पहल गरिरहेको सांसद गुरुङको भनाई थियो । उनले भ्रष्टाचार अन्त्य गर्न सबैले भूमिका खेल्नुपर्नेमा जोड दिएका छन् ।

तपाईको प्रतिक्रिया

राजकुमार मगरको ‘सुनकोशीको पुल’ बजारमा Download Listen
अागलागी र बाढी पहिराे राेकाैं Download Listen
बालविवाह नगराैं / नगराअाैं Download Listen
जनहितमा जारी सन्देश : दशै‌ंमा जुवा तास नखेलौं Download Listen
audio 3 Download Listen
audio 2 Download Listen
asudio 1 Download Listen