- पूर्णप्रसाद न्याैपाने

ओखलढुंगा- ओखलढुंगामा प्रहरी दिवस मनाईएको छ । जिल्ला प्रहरी कार्यालय ओखलढुंगाको आयोजनामा ६३ औं प्रहरी दिवस मनाईएको हो । दिवसकै अवसरमा ओखलढुंगा प्रहरीले निशुल्क जग्गा दिने जग्गादाताहरुलाई सम्मान गरेको छ । गाउँ गाउँमा प्रहरी चौकी स्थापनाका लागि जग्गा दिनेहरु चौकी स्थापनाका लागि जग्गा दिनेहरु सम्मानित भएका हुन् । दिवसको अवसर पारेर अमरप्रहरीका सन्तती र जग्गादातालाई सम्मान गरिएको जिल्ला प्रहरी प्रमुख अनन्तराम शर्माले जानकारी दिए । उनका अनुसार जग्गादाता २ जना र अमरप्रहरीका सन्तती ५ जनालाई प्रमाणपत्र र दोसल्ला ओडाएर सम्मान गरिएको छ ।


प्रहरी परिस्कृत हुनुपर्नेमा जोड
ओखलढुंगाका सरोकारवालाहरुले प्रहरी समयानुसार परिस्कृत हुनुपर्नेमा जोड दिएका छन् । प्रहरी दिवसका अवसरमा आयोजना गरिएको दिवस विशेष कार्यक्रमका बत्ताहरुले यस्तो बताएका हुन् । समय र प्रविधिको विकास बुझेर सरकारको नयाँ कानुन कार्यान्वयमा परिचालित हुनुपर्ने प्रमुख जिल्ला अधिकारी मुनका न्यौपानेले बताईन् । थोरै जनशक्तिले धेरै काम गरेको भन्दै प्रहरीको प्रशंसा गर्दै न्यौपानेले थप परिस्कृत भएर सेवाप्रवाहमा जुट्न निर्देशन समेत दिईन् ।

जिल्ला प्रहरी प्रमुख अनन्तराम शर्माले प्रहरी संगठन सुधार र क्षमता विकासमा पनि केन्द्रित रहेको बताए । समयको परिवर्तनसँगै समुदायमा प्रहरीको भूमिका बद्लिने भएकाले सोही अनुसार चन्न प्रहरीलाई चुनौती रहेको उनको भनाई थियो । कार्यक्रमका अधिकांश वत्ताहरुले प्रहरी थप जिम्मेवार भएर सेवामा खटिनुपर्नेमा जोड दिएका थिए ।

तपाईको प्रतिक्रिया

राजकुमार मगरको ‘सुनकोशीको पुल’ बजारमा Download Listen
अागलागी र बाढी पहिराे राेकाैं Download Listen
बालविवाह नगराैं / नगराअाैं Download Listen
जनहितमा जारी सन्देश : दशै‌ंमा जुवा तास नखेलौं Download Listen
audio 3 Download Listen
audio 2 Download Listen
asudio 1 Download Listen