- भिजन समाचार

ओखलढुंगा- ओखलढुंगामा आयोजना भएको मैत्रीपूर्ण फुटबलको उपाधी निजामती कर्मचारी संगठनले जितेको छ । निजामती कर्मचारी संगठन र राष्ट्रिय स्वास्थ्यकर्मी संघको संयुक्त आयोजनामा भएको कार्यक्रममा निजामती कर्मचारी संगठनले उपाधी जितेको हो ।

भर्खरै सम्पन्न खेलमा राष्ट्रिय स्वास्थ्यकर्मी संघलाई ४ का विरुद्ध ६ गोल गर्दै कर्मचारी संगठन विजयी भएको आधिकारिक ट्रेड युनियनका उपाध्यक्ष निलकमल निरौलाले जानकारी दिनुभयो । निकै रोमाञ्चक भएको खेलमा लगातार ३ गोल गरेर डिभिजन वन कार्यालयका सहायक वन अधिकृत जमान सिहं मोक्तानले ह्याट्रिक गरेका थिए ।

प्रतियोगिताका विजेता र उप विजेताले क्रमश ४ हजार ३ हजार प्राप्त गरेका छन् । कार्यक्रममा सिद्धिचरण नगरपालिकाका प्रमुख मोहन श्रेष्ठ र उपप्रमुख इच्छा गुरुङ सहितका सरोकारवालाको सहभागीता थियो ।

तपाईको प्रतिक्रिया

राजकुमार मगरको ‘सुनकोशीको पुल’ बजारमा Download Listen
अागलागी र बाढी पहिराे राेकाैं Download Listen
बालविवाह नगराैं / नगराअाैं Download Listen
जनहितमा जारी सन्देश : दशै‌ंमा जुवा तास नखेलौं Download Listen
audio 3 Download Listen
audio 2 Download Listen
asudio 1 Download Listen