- पूर्णप्रसाद न्याैपाने

ओखलढुंगा- ओखलढुंगाको रुम्जाटार विमानस्थलमा मंगलबारबाट नियमित उडान हुने भएको छ । दुई वर्षदेखि अवरुद्ध जिल्लाको एक मात्र विमानस्थल रुम्जाटार विमानस्थल मंगलबार देखि पुन : सुचारु हुने भएको हो ।
नेपाल एरलाईन्सको विमानले काठमाण्डौ–रुम्जाटार उडान भर्ने तयारी गरिरहेको प्रदेश सांसद अम्बिरबाबु गुरुङले बताए । ‘रुम्जाटारमा पर्सि मंगलबार देखि नियमित उडान गराउने सहमति अनुसार तयारी भईरहेको छ ।’ गुरुङले भने ‘जिल्लाको समृद्धिका लागि महत्वपूर्ण मानिएको यो रुम्जाटार विमानस्थल अब कुनै पनि बहानामा बन्द हुन दिदैनौं ।’ रुम्जाटार विमानस्थल नियमित सञ्चालनमा आएपछि पर्यटन प्रवद्र्धन सँगै यस क्षेत्रका नागरिकलाई आवतजावतमा निकै सहज हुने उनको भनाई छ । सांसद गुरुङका अनुसार सातामा १ दिन रुम्जाटार विमान स्थलमा उडान हुनेछ । विभिन्न बहानामा नेपाल वायुसेवा निगम र विभिन्न निजी कम्पनीले भर्दै आएको उडान रोकिएको दुई वर्ष पछि नेपाल एरलाईन्सले सातामा १ दिन रुम्जाटारमा उडान भर्ने तालिका सार्वजनिक गरेको छ ।

रुम्जाटारलाई हवाई इन्धन केन्द्र बनाईने
रुम्जाटार विमानस्थललाई पूर्वी पहाडको हवाई इन्धन केन्द्र बनाउने विषयमा अध्ययान भईरहेको प्रतिनिधि सभा सदस्य सांसद यज्ञराज सुनुवारले बताए । केन्द्रका लागि उपयुक्त ठाउँ भएको विज्ञले बताएसँगै वायु सेवा निगम र सरोकारवाला बिच छलफल गरेर पहल थालिएको उनको भनाई छ । ‘लामो समयको अथक प्रयासपछि रुम्जाटारमा नियमित उडान गराउन सफल भईयो । अब हवाई इन्धन केन्द्र पनि बनाईने छ ।’ सांसद सुनुवारले भने ‘दर्जनौं पटक म आफैं मन्त्रालय र निगममा पुगेर समस्या राखेको छु । अरु साथीहरुको सकृयता पनि उत्तिकै छ । अब उडानलाई व्यवस्थित बनाउने तर्फ हामी लाग्छौं ।’ सांसद सुनुवारले यात्रु नपाएर उडान भर्न नसकिने अवस्था आउन नदिन सबैको ध्यान केन्द्रित हुनुपर्ने बताएका छन् । दुई वर्ष अघि धावनमार्गमा कालोपत्रे गरिएको रुम्जाटार विमानस्थल पूर्विपहाडको सुरक्षित हवाई गन्तव्यका रुपमा मानिन्छ । कालोपत्रेका लागि रोकिएको उडान यात्रु नहुने भन्दै रोकिएको थियो ।

नियमित उडान  हुने भएपछि जिल्लाबासी हर्षित
रुम्जाटारमा नियमित उडान हुने भएपछि जिल्लाबासी हर्षित भएका छन् । उडान नियमित भएपछि स्थानीयलाई फाईदा हुने सिद्धिचरण नगरपालिकाका प्रमुख मोहन कुमार श्रेष्ठले बताए । चाडपर्वको समयमा सवारी साधन रिर्जभ गरेर ओखलढुंगा आउनुपर्ने सर्वसाधारणलाई रुम्जाटारमा उडान भएपछि जिल्ला आवजाउ गर्न सजिलो हुने उनको भनाई छ । जिल्ला अस्पतालबाट रिफर गरिएका बिरामी हेलिकोप्टर चार्टर गर्न बाध्य हुनुपर्ने अवस्थाको पनि अन्त्य हुने नगरप्रमुख श्रेष्ठले सुनाए ।
निर्वाचनताका दलका नेताले उडान सूचारु गराउने प्रतिबद्धता समेत जनाएका थिए । सिद्धिचरण नगरपालिका ४ मा पर्ने उक्त विमानस्थलको उडान नियमित गर्ने वर्तमान मेयर मोहन श्रेष्ठको मुख्य कार्यसूची थियो । रुम्जाटारकै प्रदेश सभाका सांसद अम्बिरबाबु गुरुङले पनि मुख्य चुनावी एजेण्डा बनाएका थिए । प्रतिनिधिसभा सदस्य यज्ञराज सुनुवारले तत्काल विमान सुचारु गराउने प्रतिवद्धता जनाएका थिए । विमान सुचारु गराएर नियमित सञ्चालन गर्न स्थानीयले माग गरिरहेका छन् ।

तपाईको प्रतिक्रिया

राजकुमार मगरको ‘सुनकोशीको पुल’ बजारमा Download Listen
अागलागी र बाढी पहिराे राेकाैं Download Listen
बालविवाह नगराैं / नगराअाैं Download Listen
जनहितमा जारी सन्देश : दशै‌ंमा जुवा तास नखेलौं Download Listen
audio 3 Download Listen
audio 2 Download Listen
asudio 1 Download Listen